मुख्य समाचार
गाजा नियन्त्रणको निर्णयविरुद्ध बढ्दो दबाबलाई इजरायलद्वारा खारेज
गाजा नियन्त्रणको निर्णयविरुद्ध बढ्दो दबाबलाई इजरायलद्वारा खारेज

— गाजा शहर नियन्त्रणमा लिने इजरायली सुरक्षा क्याबिनेटको निर्णयलाई लिएर विश्वभर भइरहेको आलोचनालाई इजरायलले खारेज गरेको छ ।


इजरायलका रक्षामन्त्री इजरायल कात्जले कुनै पनि देशद्वारा इजरायलको निन्दा गर्ने, प्रतिबन्धको धम्की दिने कार्यले आतंकवादविरुद्धको संकल्पलाई कमजोर पार्न नसक्ने बताएका छन् ।

उनले भनेका छन्, ‘हाम्रो शत्रु हामीलाई मजबुद र एकजुट मुट्ठीका रुपमा पाउनेछ, जसले उनीहरुविरुद्ध शक्तिशाली आक्रमण गर्नेछ ।’

गाजा शहरमा पूर्ण नियन्त्रण गर्ने इजरायलको निर्णयलाई लिएर यतिबेला विश्वभर आलोचना भइरहेको छ । संयुक्त राष्ट्रसंघ, बेलायत, फ्रान्स र क्यानडासहित कैयौं देशले निन्दा गरेका छन् । जर्मनीले इजरायलमा सैन्य सहयोग रोक्ने चेतावनीसमेत दिएको छ ।

शुक्रबार इजरायली सुरक्षा क्याबिनेटले गाजामा नियन्त्रण गर्ने योजनामा अनुमति दिएको थियो । यसका साथै मुख्य पाँच बिन्दु पनि निर्धारित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर दुर्घटना भएको थियो । मथुराका एसएसपी श्लोक कुमारका अनुसार दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । एसएसपी श्लोक कुमारका अनुसार यमुना एक्सप्रेसवेमा ८ ...
। ब्राजिलको गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ । आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढलेर टुक्रा टुक्रा भएको छ । यो अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो । स्थानीय प्रशासनका अनुसार मूर्ति ढल्दा कुनै पनि किसिमको मानवीय क्षति भएको छैन । गुआइबामा सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आँधी आएको ...
। ‘अवतार ३’ रिलिज हुन केही दिन बाँकी रहँदा प्रतिष्ठित अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले हलिउडका महान निर्देशक जेम्स क्यामरुनलाई अर्बपतिको रुपमा घोषणा गरेको छ । यो सिक्वेल क्यामरुनको ब्लकबस्टर ‘अवतार’ फ्रान्चाइजीको तेस्रो फिल्म हो, जसमा सन् २००९ को “अवतार’ (२.९ बिलियन डलरको साथ सबै समयको सबैभन्दा धेरै कमाउने फिल्म) र सन् २०२२ को “अवतार : द ...
। थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ । थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउँदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारहरूसँगको साक्षातकारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा ‘इमानदारीपूर्वक’ सहयोग गर्नुपर्ने बताएका छन् । यस ...
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...