मुख्य समाचार
गाजामा सीमित राहत पहुँचले बालबालिकाको पोषण संकट गम्भीर बन्दै : संयुक्त राष्ट्रसंघ
गाजामा सीमित राहत पहुँचले बालबालिकाको पोषण संकट गम्भीर बन्दै : संयुक्त राष्ट्रसंघ

— संयुक्त राष्ट्रसंघको मानवीय समन्वय कार्यालय (ओसीएचए)ले गाजामा राहत सामग्रीको पहुँच अत्यन्त सीमित रहेकाले बालबालिकासहित सर्वसाधारणमा भोकमरी र कुपोषणको संकट दिनप्रतिदिन गहिरिँदै गएको जानकारी दिएको छ ।


मानवीय क्षेत्रका साझेदार संस्थाहरूका अनुसार, गाजाका बालबालिकामा अहिले तीव्र कुपोषणको दर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । साउन महिनामा करिब एक लाख छत्तीस हजार बालबालिकामध्ये झण्डै बाह्र हजार बालबालिका तीव्र कुपोषणको अवस्थामा पुगेका थिए । तीमध्ये दुई हजार पाँच सयभन्दा बढीमा गम्भीर कुपोषण देखिएको छ, जसमा करिब चालिस बालबालिकालाई तत्काल अस्पताल भर्ना गर्नुपर्ने अवस्था आएको हो ।

ओसीएचाले जानकारी गराएअनुसार, जेठ र असार महिनामा तीव्र कुपोषण भएका बालबालिकामध्ये १८ प्रतिशतको अवस्था अत्यन्त गम्भीर थियो, जुन चैत–वैशाखमा देखिएको १२ प्रतिशतको तुलनामा उल्लेखनीय रूपमा बढेको हो ।

संयुक्त राष्ट्रका साझेदार संस्थाहरूले अत्यावश्यक पोषण सामग्री गाजामा पुग्न नसकेको र यसले स्थिति थप जटिल बनाउने चिन्ता व्यक्त गरेका छन् । उनीहरूका अनुसार, यदि राहत आपूर्ति सहज र निरन्तर रूपमा हुन सकेन भने, कुपोषणका कारण थप बालबालिकाको अवस्था गम्भीर बन्ने सम्भावना छ ।

अन्तिम केही दिनमा केही व्यापारिक सामग्री गाजामा प्रवेश गरेपछि स्थानीय बजारमा केही खानेकुरा उपलब्ध भएको र थोरै मूल्य घटेको देखिए पनि, स्थायी समाधानका लागि नियमित, सुरक्षित र अबाधित राहत आपूर्ति अत्यावश्यक रहेको ओसीएचाले स्पष्ट पारेको छ ।

Global IME Updated May 12
Sunrise bank

यसका साथै, ओसीएचाले आश्रय सामग्रीको अभाव पनि गम्भीर बनिरहेको जानकारी दिएको छ । धेरैजसो परिवारहरू अहिले पनि भीडभाडयुक्त, असुरक्षित तथा अमानवीय परिस्थितिमा बस्न बाध्य छन् । केही त पूर्ण रूपमा आश्रयविहीन अवस्थामा छन्, जसले गर्दा उनीहरूको जीवन झनै कठिन बनेको छ ।

इजरायलले राहत सामग्री पुर्‍याउने क्रममा ‘सुरक्षित मार्ग’ प्रदान गर्ने घोषणा गरे पनि, स्थानीय अवस्थाको वास्तविकता फरक रहेको संयुक्त राष्ट्रको भनाइ छ । अझै पनि धेरै राहत सवारी साधनहरू अवरोध, ढिलाइ र जोखिमपूर्ण अवस्थाको सामना गरिरहेका छन् । कतिपय अवस्थामा राहत टोलीहरूलाई १८ घण्टासम्म प्रतीक्षा गर्नुपर्ने भएको छ ।



त्यस्तै, इन्धनको आपूर्ति पनि अत्यन्त सीमित र अनिश्चित रहेकोले आवश्यक सेवा सञ्चालन र राहत वितरणमा गम्भीर असर परेको छ । यसले स्वास्थ्य, खानेपानी, सञ्चारजस्ता आधारभूत सेवा प्रणालीमा समेत बाधा पुर्‍याइरहेको छ ।

संयुक्त राष्ट्रसंघ र यसका मानवीय साझेदारहरूले सबै सरोकारवाला पक्षहरूलाई सहज, सुरक्षित र स्थायी मानवीय पहुँच सुनिश्चित गर्न आग्रह गरेका छन्, ताकि गाजाका निर्दोष बालबालिकालगायत सम्पूर्ण पीडित जनताले आवश्यक सहयोग प्राप्त गर्न सकून् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर दुर्घटना भएको थियो । मथुराका एसएसपी श्लोक कुमारका अनुसार दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । एसएसपी श्लोक कुमारका अनुसार यमुना एक्सप्रेसवेमा ८ ...
। ब्राजिलको गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ । आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढलेर टुक्रा टुक्रा भएको छ । यो अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो । स्थानीय प्रशासनका अनुसार मूर्ति ढल्दा कुनै पनि किसिमको मानवीय क्षति भएको छैन । गुआइबामा सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आँधी आएको ...
। ‘अवतार ३’ रिलिज हुन केही दिन बाँकी रहँदा प्रतिष्ठित अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले हलिउडका महान निर्देशक जेम्स क्यामरुनलाई अर्बपतिको रुपमा घोषणा गरेको छ । यो सिक्वेल क्यामरुनको ब्लकबस्टर ‘अवतार’ फ्रान्चाइजीको तेस्रो फिल्म हो, जसमा सन् २००९ को “अवतार’ (२.९ बिलियन डलरको साथ सबै समयको सबैभन्दा धेरै कमाउने फिल्म) र सन् २०२२ को “अवतार : द ...
। थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ । थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउँदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारहरूसँगको साक्षातकारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा ‘इमानदारीपूर्वक’ सहयोग गर्नुपर्ने बताएका छन् । यस ...
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...