मुख्य समाचार
म्यानचेस्टर प्रहरीले पक्राउ गरेपछि पाकिस्तान क्रिकेट बोर्डले राष्ट्रिय टोलीका मध्यक्रमका ब्याट्सम्यान हैदर अलीलाई निलम्बन गरे
म्यानचेस्टर प्रहरीले पक्राउ गरेपछि पाकिस्तान क्रिकेट बोर्डले राष्ट्रिय टोलीका मध्यक्रमका ब्याट्सम्यान हैदर अलीलाई निलम्बन गरे

: बेलायतमा ग्रेटर म्यानचेस्टर प्रहरीले पक्राउ गरेपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले राष्ट्रिय टोलीका मध्यक्रमका ब्याट्सम्यान हैदर अलीलाई निलम्बन गरेको छ। तर, पछि उनले जमानत पनि पाएका छन्।



हैदर अलीले २०२० मा राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यू गरेका थिए। त्यसयता उनले ३५ टी–२० अन्तर्राष्ट्रिय खेल र दुई एकदिवसीय खेलमा पाकिस्तानको प्रतिनिधित्व गरिसकेका छन्।


क्रिकेटर हैदर अलीबारे रोयटर्सलगायतका समाचार एजेन्सीले उनलाई एक महिलाको उजुरीमा म्यानचेस्टर प्रहरीले हिरासतमा लिएको जनाएका छन्।


प्रहरीका अनुसार पक्राउ परेका हैदर अलीलाई थप अनुसन्धान नभएसम्म जमानत दिइएको छ।

यद्यपि, अनुसन्धान पूरा नभएसम्म उनी बेलायत छोड्न पाउने छैनन्।

पाकिस्तान क्रिकेट बोर्डले बिहीबार राति क्रिकेटर हैदर अलीको म्यानचेस्टर प्रहरीले हिरासतमा लिएको सम्बन्धमा एक विज्ञप्ति जारी गरेको छ।

विज्ञप्तिमा पीसीबीलाई क्रिकेटर हैदर अलीविरुद्ध ग्रेटर म्यानचेस्टर प्रहरीले गरिरहेको आपराधिक अनुसन्धानबारेमा जानकारी गराइएको भनिएको छ।

पीसीबीको विज्ञप्ति अनुसार अनुसन्धान पाकिस्तान शाहिन्सको हालैको इङ्गल्याण्ड भ्रमणका क्रममा भएको घटनासँग सम्बन्धित छ।

पीसीबीले ग्रेटर म्यानचेस्टर प्रहरीले हैदर अलीमाथि अनुसन्धान गरिरहेको र राष्ट्रिय क्रिकेटरलाई पीसीबीले कानुनी सहयोग दिएको भनेको छ।

पीसीबीले विज्ञप्तिमा भनेको छ, ‘पीसीबीले बेलायतको कानुनी प्रक्रियाको पूर्ण सम्मान गर्दछ र यसको महत्त्वलाई स्वीकार गर्दछ। पीसीबीले हैदर अलीलाई तत्काल प्रभावबाट निलम्बन गर्ने निर्णय गरेको छ।’

‘कानुनी प्रक्रिया पूरा भएपछि र सबै तथ्यहरू प्रकाशमा आएपछि, पीसीबीले आफ्नो आचारसंहिता अन्तर्गत उपयुक्त कारबाही गर्ने अधिकार सुरक्षित राख्छ। कानुनी प्रक्रिया पूरा नभएसम्म पीसीबीले यस विषयमा थप कुनै टिप्पणी गर्ने छैन,’ विज्ञप्तिमा भनिएको छ।

हैदर अली पक्राउ परेपछि पाकिस्तानी क्रिकेट प्रशंसकहरूले सामाजिक सञ्जालमा तिखो प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...