: चेल्सीले आफ्नो मुख्य स्ट्राइकर निकोलस ज्याक्सनलाई क्लब छाड्न अनुमति दिएको छ।
२४ वर्षीय सेनेगाली स्ट्राइकरलाई शुक्रबार जर्मन क्लब बायार लेभरकुसेनसँगको खेलमा टोलीबाट बाहिर राखेको थियो।
उनीसँग इंग्लिस क्लब न्युक्यासल युनाइटेडले सम्झौता गर्ने चासो देखाएको छ।
चेल्सीले २०२३ मा भिल्लारियलबाट ३२ मिलियन पाउन्ड खर्चेर ज्याक्सनलाई भित्र्याएको थियो।
उनले अहिले कम्तीमा ६४ मिलियन पाउन्ड मागेको जनाइएको छ। क्लबले उनलाई पुनः टोलीमा फर्काउने योजना बनाएको छ।
ज्याक्सनले चेल्सीका लागि ८० खेलमा ३० गोल र १२ असिस्ट गरेका छन्। उनले २०२४ मा क्लबसँग ९ वर्षे सम्झौता गरेका थिए।