मुख्य समाचार
महिला भलिबल लिगको इन्टरटेन्मेन्ट पार्टनरमा टिकटक
महिला भलिबल लिगको इन्टरटेन्मेन्ट पार्टनरमा टिकटक

— वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लूभी) को दोस्रो संस्करणका लागि टिकटक आधिकारिक इन्टरटेन्मेन्ट पार्टनरको रूपमा जोडिएको छ ।


आयोजक इन्फिनिटी ड्रिम्सले बिहीबार विज्ञप्ति जारी गर्दै टिकटक लिगको आधिकारिक मनोरञ्जन पार्टनर बनेको जनाएको छ । दोस्रो एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि २८ सम्म हुनेछ ।

यो साझेदारी नेपालको राष्ट्रिय खेलका लागि एक परिवर्तनकारी अध्याय रहने आयोजकको विश्वास छ ।

‘विश्वकै चर्चित छोटो भिडियो प्लेटफर्म टिकटक अब वात्सल्य ईडब्लूभी लिगको अन्तर्राष्ट्रियकरण, राष्ट्रिय भावना, महिला खेलाडीको सशक्तीकरण र सांस्कृतिक महत्वलाई अझ फैलाउने उद्देश्यका साथ भलिबल कोर्टमा प्रवेश गर्दै छ,’ विज्ञप्तिमा जनाइएको छ ।

टिकटक साउथ एसियाका कन्टेन्ट अप्रेसन प्रमुख उमैस नविदले वात्सल्य एभरेस्ट महिला भलिबल लिगसँग सहकार्य गर्न पाउँदा टिकटक निकै उत्साही रहेको बताए ।


यसलाई नेपाली राष्ट्रिय खेललाई उत्सवको रूपमा मनाउन, महिला सशक्तीकरणमा टेवा दिन र नेपाली भलिबललाई अन्तर्राष्ट्रिय मञ्चमा लैजाने ऐतिहासिक अवसरको रूपमा हेरेको उनले जनाए ।

एभरेस्ट महिला भलिबल लिगकी सीईओ स्नेभी चापागाईंले एक गेम चेन्जर साझेदारी भएको बताइन् । दोस्रो संस्करणको लिगका लागि खेलाडीको अक्सन समेत भइसकेको छ । नेपाल भलिबल संघको स्वीकृति लिग हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...