मुख्य समाचार
महिला भलिबल लिगको इन्टरटेन्मेन्ट पार्टनरमा टिकटक
महिला भलिबल लिगको इन्टरटेन्मेन्ट पार्टनरमा टिकटक

— वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लूभी) को दोस्रो संस्करणका लागि टिकटक आधिकारिक इन्टरटेन्मेन्ट पार्टनरको रूपमा जोडिएको छ ।


आयोजक इन्फिनिटी ड्रिम्सले बिहीबार विज्ञप्ति जारी गर्दै टिकटक लिगको आधिकारिक मनोरञ्जन पार्टनर बनेको जनाएको छ । दोस्रो एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि २८ सम्म हुनेछ ।

यो साझेदारी नेपालको राष्ट्रिय खेलका लागि एक परिवर्तनकारी अध्याय रहने आयोजकको विश्वास छ ।

‘विश्वकै चर्चित छोटो भिडियो प्लेटफर्म टिकटक अब वात्सल्य ईडब्लूभी लिगको अन्तर्राष्ट्रियकरण, राष्ट्रिय भावना, महिला खेलाडीको सशक्तीकरण र सांस्कृतिक महत्वलाई अझ फैलाउने उद्देश्यका साथ भलिबल कोर्टमा प्रवेश गर्दै छ,’ विज्ञप्तिमा जनाइएको छ ।

टिकटक साउथ एसियाका कन्टेन्ट अप्रेसन प्रमुख उमैस नविदले वात्सल्य एभरेस्ट महिला भलिबल लिगसँग सहकार्य गर्न पाउँदा टिकटक निकै उत्साही रहेको बताए ।


यसलाई नेपाली राष्ट्रिय खेललाई उत्सवको रूपमा मनाउन, महिला सशक्तीकरणमा टेवा दिन र नेपाली भलिबललाई अन्तर्राष्ट्रिय मञ्चमा लैजाने ऐतिहासिक अवसरको रूपमा हेरेको उनले जनाए ।

एभरेस्ट महिला भलिबल लिगकी सीईओ स्नेभी चापागाईंले एक गेम चेन्जर साझेदारी भएको बताइन् । दोस्रो संस्करणको लिगका लागि खेलाडीको अक्सन समेत भइसकेको छ । नेपाल भलिबल संघको स्वीकृति लिग हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...