मुख्य समाचार
बर्दियाका एकै परिवारका तीनजनासहित पाँच बेपत्ता
बर्दियाका एकै परिवारका तीनजनासहित पाँच बेपत्ता

: भारतको उत्तराखण्ड राज्यमा केही दिनअघि एक्कासी आएको बाढीमा परी बर्दियाको मधुवन नगरपालिका निवासी एकै परिवारका ३ जना र अन्य २ जना गरी ५ जना बेपत्ता भएका छन् । उनीहरू भारतको उत्तराखण्ड राज्य अन्र्तगत रहेको पौडी जिल्ला बाँकुडा गाउँमा मजदुरी गर्न गएको बुझिएको छ ।



बाढीमा परी मधुवन नगरपालिका वडा नम्बर ६ गाउँ नम्बर ४ निवासी अन्दाजी ३९ वर्षीय नरेन्द्र खड्का उनकी श्रीमती सरस्वती भण्डारी खड्का र नाबालक छोरा २ वर्षीय रोमन खड्का बेपत्ता भएको मधुवन नगरपालिकाका नगर प्रवक्ता मेक बहादुर गुरुङले बताए । त्यस्तै मधुवन नगरपालिका वडा नम्बर ५ गाउँ नम्बर ८ निवासी रामु परियारकी श्रीमती अमृता परियार र गुलरिया नगरपालिका संगमवस्तीस्थित सुकुमबासी टोल बस्ने अन्दाजी २०/२१ वर्षीय सुवास परियार पनि बाढीमा बेपत्ता भएको बुझिएको छ ।


उनीहरू नयाँ वर्ष मनाएर सडक मजदुरको रुपमा भारत गएको बुझिएको छ। मधुवन नगरपालिका वडा नम्बर ५ गाउँ नम्बर ८ का ठेकेदार चित्रबहादुर पौडेलमार्फत त्यहाँ पुगेको बुझिएको छ । उनले भने, 'ठेकेदार पौडेलसँग प्रहरीले सम्पर्क गर्दा सो ठाउँमा बाढी आई केही नेपाली घाइते भएको र स्थानीय मेडिकलमा औषधिउपचार भइरहेको छ । स्थानीय प्रशासनसँग समन्वय गरी बेपत्ता भएकाहरूको खोज तलास भइरहेको छ।'


मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले घटना थाहा पाउने वित्तिकै प्रहरीसहित पीडितका घरघर पुगी वस्तुस्थिती बुझेका थिए । बेपत्ता भएकाका कतिपय परिवारहरू खोजतलासको लागि घटना स्थलतर्फ गइसकेको प्रवक्ता गुरुङको भनाइ छ । नगरपालिकाले पीडितका परिवारलाई जनही २५ हजार रुपैयाँ क्रिया खर्च उपलब्ध गराउने तयारी रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उदयपुरको कटारी नगरपालिका– ६ बगवतीका गङ्गाबहादुर दर्नाल वैदेशिक रोजगारीका लागि दुबई उडेको चार महिनापछि दिल्लीमा बेवारिसे अवस्थामा फेला परेका छन् । दर्नाललाई वैदेशिक रोजगार उद्धार नेपालले उद्धार गरी हाल काठमाडौं ल्याएर शिक्षण अस्पतालमा उपचार गरिरहेको छ । एक भारतीय नागरिकले सामाजिक सञ्जालमा दर्नालको अवस्थाबारे सार्वजनिक गरेपछि उद्धार नेपालले तत्काल उद्धार गरी नेपाल ल्याएर उपचार गरिरहेको ...
: संयुक्त अरब इमिरेट्स ‘युएई’स्थित नेपाली दूतावासका श्रम काउन्सिलर दीपेन्द्र पौडेलको जिम्मेवारी खोसिएको छ। युएईमा बस्ने नेपालीहरू तथा श्रमिकहरूले दूतावासमा पठाएको उजुरीको विषयमा श्रम काउन्सिलर पौडेलले काम नै नगरी सिष्टममा पूरा गरिएको बनाएका थिए। परराष्ट मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले दीपेन्द्र पौडेललाई फिर्ता बोलाइएको जानकारी दिए। उनी भन्छन्, 'उहाँलाई परराष्ट्र मन्त्रालयको सरुवा निर्देशिका बमोजिम सरुवा ...
— बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लन्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो । ठगीमा परेको गुनासो गर्नेहरुमा नेपालबाट बेलायत आउन चाहनेहरुको सङ्ख्या धेरै रहेको दुतावासले जनाएको छ । कतिपय बेलायतमै रहेका ...
: वुडसाइडका पुराना बासिन्दा एवं प्रतिष्ठित सामाजिक अभियन्ता सोमनाथ घिमिरेले न्यूयोर्क राज्य सभाको डिस्ट्रिक्ट ३० का लागि उम्मेदवारी घोषणा गरेका छन् । उनका मुख्य एजेन्डाहरूमा सुलभ आवास, गुणस्तरीय सार्वजनिक शिक्षा, श्रमिक हकहितको संरक्षण, र डिस्ट्रिक्ट ३० का सबै बासिन्दाहरूको समावेशी प्रतिनिधित्व रहेको उल्लेख छ। उम्मेदवारी घोषणा गर्दै घिमिरेले भने, "क्विन्स एउटा यस्तो ठाउँ हो जहाँ हरेक ...
— रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा संलग्न बैतडीको मेलौली नगरपालिका–७ काँडाका ३३ वर्षीय मनोजसिंह भाटको मृत्यु भएको पुष्टि भएको छ । करिब दुई वर्षअगाडि रुसी सेनामा भर्ती भएका भाट केही समयदेखि सम्पर्कविहीन भएकामा ‘डिएनए’ परीक्षणबाट भाटको मृत्यु भएको जानकारी आएका मेलौली नगरपालिका–७ का वडाअध्यक्ष रामचन्द्र भट्टले बताए । भाटको कहिले मृत्यु भएको हो भन्नेबारे यकिन ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम