मुख्य समाचार
भारतस्थित नेपलाी दूतावासले उत्तराखण्ड प्रदेशको उत्तरकाशीमा आएको बाढीपहिरोमा हालसम्म नेपाली नागरिक मृत फेला नपरेको जानकारी
भारतस्थित नेपलाी दूतावासले उत्तराखण्ड प्रदेशको उत्तरकाशीमा आएको बाढीपहिरोमा हालसम्म नेपाली नागरिक मृत फेला नपरेको जानकारी

: भारतस्थित नेपलाी दूतावासले उत्तराखण्ड प्रदेशको उत्तरकाशीमा आएको बाढीपहिरोमा हालसम्म नेपाली नागरिक मृत फेला नपरेको जानकारी दिएको छ।



शुक्रबार एक विज्ञप्ति जारी गर्दै दूतावासले बाढी पहिरोमा बेपत्ता भएपनि हालसम्म कुनै पनि नेपालीको शव फेला नपरेको स्पष्ट पारेको छ। दूतावासले बाढी प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको अवस्था,हराइरहेका नेपालीको खोजी तथा उद्दारका लागि नेपाली दूतावासले निरन्तररुपमा उत्तरखण्ड सरकारका सम्बन्धित निकाय र भारतको विदेश मन्त्रालयसँग समन्वयन गरिरहेको जनाएको छ।


'बाढी पहिरोपछि त्यस क्षेत्रमा रहेका नेपालीहरूको अवस्था ,हराइरहेका नेपालीहरूको खोजि तथा उद्दार,घाइतेहरूको उपचार एवं अन्य आवश्यक सहयोगका लागि राजदूतावासले निरन्तर रुपमा उत्तरखण्ड सरकारका सम्बन्धित निकायहरू तथा सरकारको विदेश मन्त्रालयसँग समन्वय गरिरहेको छ,'दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ


दूतावासका अनुसार हालसम्म ३७२ जनाको सकुशल उद्धार गरिएको र घटनास्थलबाट दुईजनाको शव फेला परेको छ। उत्तराखण्ड प्रदेश पौडी गढवालको बागोडामा अकस्मात आएको बाढीमा पाँचजना नेपाली बेपत्ता भएका छन्।

घाइते भएका ४ जना नेपालीहरूमध्ये उपचारपछि ३ जना घर फर्किएको र एकजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बेलायतमा बलात्कार तथा यौन दुराचारको अभियोगमा एक नेपालीलाई २५ वर्ष जेल सजाय भएको छ । बेलायतको पिटरबरो बस्दै आएका ४९ वर्षीय प्रमोद ढकाललाई क्याम्ब्रिज क्राउन कोर्टले २५ वर्षको जेल सजाय मात्र हैन, त्यसपछिका ८ वर्षसम्म समेत लाइसेन्स अर्थात् कडा निगरानीमा राख्ने फैसला सुनाएको हो । ढकाललाई विगत १७ वर्षको अवधिमा भएका यौन दुराचारसम्बन्धी विभिन्न २५ वटा ...
— दक्षिण कोरियामा पछिल्ला महिना शरणार्थी (शरणार्थी/मानवीय) प्रयोजनका लागि प्रदान गरिने जी–१ भिसासम्बन्धी भ्रामक प्रचार तीव्र रूपमा बढेको भन्दै सियोलस्थित नेपाली दूतावासले सजग रहन चेतावनी जारी गरेको छ । दूतावासले सामाजिक सञ्जालमार्फत ‘जी–१ भिसा सजिलै पाइन्छ’, ‘काम गर्न मिल्छ’, ‘बस्न मिल्छ’ जस्ता भ्रामक सामग्रीले नेपालीलाई गलत रूपमा आकर्षित गरिरहेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको हो । दूतावासका ...
— भारतको उत्तर प्रदेशमा बस दुर्घटनामा केही नेपाली घाइते भएका छन् । उत्तर प्रदेशको बलरामपुर जिल्लाको फुलवरिया बाइपासमा भएको सडक दुर्घटनामा २१ जना नेपाली घाइते भएका छन् । सुनौलीबाट दिल्ली गइरहेको यूपी २२ एटी ०२४ नम्बरको बस मंगलबार बिहान यूपी २१ डीटी ५२३७ नम्बरको मालवाहक ट्रकसँग ठोक्किएको हो । ट्रकसँग ठोक्किएपछि बसमा आगलागी भएको बलरामपुरका एसपी ...
: अमेरिकाले थप पाँच जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी तरिकाले बस्दै आएका पाँच जना नेपालीलाई निष्कासन गरिएको स्रोतले जानकारी दिएको छ। निष्कासनमा पर्नेमा दाङका ओली र खड्का, प्युठानका बुढाथोकी, रुकुमका शाही र रुकुम पूर्वका खड्का थरीका एक-एक जना रहेका छन्। उनीहरूलाई भारतको दिल्ली हुँदै नेपाल फर्काइएको हो। स्रोतका अनुसार उनीहरू बुधबार करिब ५ बजे काठमाडौं अवतरण ...
। लमजुङका राम लामा (परिवर्तित नाम) वैदेशिक रोजगारी खोज्दै सन् २०१९ मा पनामा पुगे । पानीजहाज कम्पनीमा रोजगारी पाइने भन्दै उनीसहित ९ नेपाली त्यहाँ पुगेका थिए । जहाजमा काम गर्ने सर्तसहित ६ महिनाको सम्झौता (एग्रिमेन्ट) गरी लाखौं रुपैयाँ ऋण निकालेर गएका उनीहरू पनामाको बाटो समातेका थिए । लामासँगै स्याङ्जा, काभ्रे र काठमाडौंका युवा पनि थिए । तर, ...