मुख्य समाचार
साउदी अरेबीयालाई अन्तिम मिनेटको गोलसँगै नेपालले एसिया कपमा छनोट हुने सम्भावना कायमै
साउदी अरेबीयालाई अन्तिम मिनेटको गोलसँगै नेपालले एसिया कपमा छनोट हुने सम्भावना कायमै

: एएफसी यु-२० महिला एसियन कपको दोस्रो खेलमा साउदी अरेबीयालाई अन्तिम मिनेटको गोलसँगै नेपालले एसिया कपमा छनोट हुने सम्भावना कायमै राखेको छ।



भुटानको थिम्पुस्थित चाङ्लिमिथान रंगशालामा भएको खेलको निर्धारित समयको अन्तिम मिनेटमा सुक्रिया मियाँको गोलसँगै नेपालले एसिया कप खेल्ने सम्भावना जीवित राखेको हो।




निर्धारित ९० मिनेटको अन्तिम केही सेकेन्ड बाँकी हुँदा मिना देउवाले दायाँतर्फबाट दिएको क्रसलाई पूर्णिमा राईले छोडिदिँदा सुक्रियाले बाँया तर्फबाट गोल गर्दै नेपालको लागि निर्णायक र निकै महत्वपूर्ण गोल गरेकी हुन्। अनमार्क रहेकी सुक्रियाले गोल गर्दै नेपालको एसिया कपको यात्रा जारी राखेकी हुन्।
खेलको छैटौं मिनेटमा नेपालकी डिफेन्डर सरिता नाथले हानेको फ्री किक सिधा किपरको हातमा गयो। खेलको ३६औं मिनेटमा नेपालकी मनिषा सेनलाई बल अगाडि बढाउँदै गर्दा साउदीका खेलाडीले पेनाल्टी बक्सभित्र लडाउँदा नेपालले पेनाल्टी पाएको थियो।

खेलको ३८औं मिनेटमा नेपालकी फर्वाड मिना देउवाले प्रहार गरेको पेनाल्टी दोस्रो बारमा लाग्दै रिबाउन्ड भयो। यहाँ नेपालले अग्रता बनाउने राम्रो अवसर खेर फाल्यो। पहिलो हाफ शून्य बराबरीमा सकिएको थियो।

दोस्रो हाफमा नेपालले निकै आक्रमक फुटबल खेल्यो। जसको फलस्वरुप दोस्रो हाफको अन्तिम सेकेन्डमा नेपालले विजयी गोल गरेको हो।

यसअघि नेपालले पहिलो खेल आयोजक टिम भुटानसँग १-१ बराबरी खेलेको थियो। नेपालले छनोट चरणको अन्तिम खेल १० अगष्टमा बलियो उत्तर कोरियासँग खेल्नेछ। साउदी अरेबीयाले पहिलो खेलमा उत्तर कोरियासँग १५-० को हार व्यहोरेको थियो। उत्तर कोरियाले आजको दोस्रो खेल घरेलु टिम भुटानसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...