मुख्य समाचार
बाबुराम भट्टराईले रवि लामिछानेलाई जमानत दिएर थुना बाहिर बसेर मुद्दा लड्न दिनुपर्ने बताएका छन्
बाबुराम भट्टराईले रवि लामिछानेलाई जमानत दिएर थुना बाहिर बसेर मुद्दा लड्न दिनुपर्ने बताएका छन्

: नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले रवि लामिछानेलाई जमानत दिएर थुना बाहिर बसेर मुद्दा लड्न दिनुपर्ने बताएका छन्।



बिहीबार भैरहवा कारागारमा लामिछानेसँग भेट गरेर बाहिरिने क्रममा भट्टराईले जनताको प्रतिनिधि भएको व्यक्तिलाई बाहिर जमानतमा रहेर मुद्दा लड्न दिने व्यवस्था गर्नुपर्ने बताए।


सांसदलाई थुनामा राख्दा जनतालाई अन्याय हुने भएकाले कसैमाथि पनि राजनीतिक ढङ्गले अन्याय हुन नहुने उनको भनाइ छ। उनले रवि लामिछानेलाई पत्रपत्रिका समेत पढ्न नदिने गरेको पाइएको भन्दै कसैलाई पनि सूचनाबाट वञ्चित गर्न नहुने बताए।


भैरहवा कारागारमा लामिछानेलाई राखेको ठाउँ पनि आफूलाई उचित नलागेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यमा ईश्रा मुल्ला मियालाई मनोनित गरेको छ । रास्वपाका संस्थापक केन्द्रीय सदस्य मियाले हज कमिटीको अध्यक्ष हुनका लागि केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले मियालाई पुन: केन्द्रीय सदस्य बनाउने निर्णय गरेको हो ।
विद्यालय शिक्षा विधेयकमा निःशुल्क शिक्षाको ग्यारेन्टी हुनुपर्छ : नैनसिंह महर
। भन्सार सुरक्षा बलको व्यवस्था गर्न सरकारलाई संसदीय समितिले निर्देश गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले देशका विभिन्न क्षेत्रका उद्योग र भन्सारको स्थलगत अध्यनपछि यस्तो निर्देश गरेको हो । समितिका सभापति अब्दुल खांनको नेतृत्वमा सांसदहरूले २०८२ साल वैशाख ३ गतेदेखि ७ गतेसम्म रुपन्देही, दाङ, नवलपरासी (बर्दघाट सुस्तापूर्व) तथा नवलपरासी ...
। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दल नेकपा एमालेले पनि ह्वीप लगाएको छ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भएर पक्षमा मत दिन ह्वीप लगाएको हो । एमालेले २७ साउन दिउँसो १ बजे संसदीय दलको बैठक राखेको छ ...
। रामेछापबाट खुर्कोट हुँदै हेटौंडा जाँदै गरेको गाडी (डबलक्याप स्कारपियो जिप) दुर्घटना हुँदा एकको मृत्यु एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मन्थली नगरपालिका-११ बस्ने ४१ वर्षीया राधा कार्की चौहान रहेकी छन् । उनको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । उनी स्वास्थ्यकर्मी हुन् । दुर्घटनामा राधाका श्रीमान् ४६ वर्षीय उत्तम चौहान घाइते भएका छन् ...