मुख्य समाचार
डिजेल सेवनबाट वृद्धको मृत्यु
डिजेल सेवनबाट वृद्धको मृत्यु

: यातायातका साधनमा प्रयोग हुने डिजेल पिउँदा उदयपुरको चौदन्डिगढी नगरपालिका ६ सुगारेका एक वृद्धको बुधबार ज्यान गएको छ।



सोमबार बेलुकी ७ बजे आफ्नै घरमा बोतलमा राखिएको डिजेल झुक्किएर पिउँदा स्थानीय ९३ वर्षीय अन्त नारायण श्रेष्ठको बुधबार उपचारको क्रममा ज्यान गएको हो।


जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी हरिहरनाथ योगीका अनुसार डिजेल सेवनपछि बेहोस भएका श्रेष्ठको नगर अस्पताल चौदण्डीगढीमा सामान्य उपचारपश्चात थप उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पतालमा लगिएको थियो।


दुई दिनदेखि अस्पतालको सघनकक्षमा उपचारत श्रेष्ठलाई चिकित्सकले साँझ साढे ६ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यमा ईश्रा मुल्ला मियालाई मनोनित गरेको छ । रास्वपाका संस्थापक केन्द्रीय सदस्य मियाले हज कमिटीको अध्यक्ष हुनका लागि केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले मियालाई पुन: केन्द्रीय सदस्य बनाउने निर्णय गरेको हो ।
विद्यालय शिक्षा विधेयकमा निःशुल्क शिक्षाको ग्यारेन्टी हुनुपर्छ : नैनसिंह महर
। भन्सार सुरक्षा बलको व्यवस्था गर्न सरकारलाई संसदीय समितिले निर्देश गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले देशका विभिन्न क्षेत्रका उद्योग र भन्सारको स्थलगत अध्यनपछि यस्तो निर्देश गरेको हो । समितिका सभापति अब्दुल खांनको नेतृत्वमा सांसदहरूले २०८२ साल वैशाख ३ गतेदेखि ७ गतेसम्म रुपन्देही, दाङ, नवलपरासी (बर्दघाट सुस्तापूर्व) तथा नवलपरासी ...
। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दल नेकपा एमालेले पनि ह्वीप लगाएको छ । नेकपा एमाले बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री बानियाँले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भएर पक्षमा मत दिन ह्वीप लगाएको हो । एमालेले २७ साउन दिउँसो १ बजे संसदीय दलको बैठक राखेको छ ...
। रामेछापबाट खुर्कोट हुँदै हेटौंडा जाँदै गरेको गाडी (डबलक्याप स्कारपियो जिप) दुर्घटना हुँदा एकको मृत्यु एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मन्थली नगरपालिका-११ बस्ने ४१ वर्षीया राधा कार्की चौहान रहेकी छन् । उनको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ । उनी स्वास्थ्यकर्मी हुन् । दुर्घटनामा राधाका श्रीमान् ४६ वर्षीय उत्तम चौहान घाइते भएका छन् ...