मुख्य समाचार
रोजगारीको प्रलोभन दिएर विदेश लैजाने भन्दै भारतको दिल्ली पुर्‍याइएका ४० नेपाली महिलाको उद्धार
रोजगारीको प्रलोभन दिएर विदेश लैजाने भन्दै भारतको दिल्ली पुर्‍याइएका ४० नेपाली महिलाको उद्धार

: रोजगारीको प्रलोभन दिएर विदेश लैजाने भन्दै भारतको दिल्ली पुर्‍याइएका ४० नेपाली महिलाको उद्धार गरिएको छ।



भिजिट भिसामा विदेश जानेहरूमाथि नेपालमा कडाइ हुन थालेपछि एजेन्टहरूले नेपाली महिलालाई भारतको बाटबाट लैजान थालेका हुन्। दुबई, कतार, ओमान, कुवेत तथा साउदी अरब लैजाने भन्दै एजेन्टले महिलाहरूलाई प्रलोभन देखाएर दिल्लीको होटलमा पुर्‍याएको प्रहरीले जानकारी दिएको छ।


नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरोका प्रबव नरेन्द्र कुँवरले दिल्लीका विभिन्न होटलबाट ४० जना नेपाली महिलाको उद्धार गरिएको पुष्टि गरे। भारतको विमानस्थल हुँदै खाडी लैजान लागेका महिलाहरू समस्यामा परेका हुन्। उनीहरूलाई दिल्लीको महिपालपुरको विभिन्न ४ वटा होटलहरूमा राखेर बन्धक बनाइएको प्रहरीको भनाइ छ।


केआइएन इण्डियाका निर्देशक नविन जोशी भन्छन्, 'नेपाली महिलालाई बन्धक बनाएर एजेन्ट सम्पर्कमा नआएको सूचना केही दिनअघि आएको थियो। सूचनालाई पुष्टि गरेपछि प्रहरी र दूतावासको सहयोगमा उद्धार गरेर नेपाल पुर्‍याउँदैछौं।'

होटलमा बन्धक बनाइएका धेरै महिला दिल्लीमा बेखर्ची भएका थिए। एजेन्टले उनीहरूलाई आज पठाउँछु, भोलि पठाउँछु भन्दै अल्झाउने र महिलाहरूलाई होटल बाहिर जान नदिने गरेका थिए। उनीहरूमध्ये ३ जनासँग त पासपोर्टसमेत छैन। एजेन्टले उनीहरूलाई पासपोर्ट बनाइदिने र कुवेत पठाउँछु भनेर आश्वासन दिएर सडक मार्ग हुँदै दिल्ली पुर्‍याएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बेलायतमा बलात्कार तथा यौन दुराचारको अभियोगमा एक नेपालीलाई २५ वर्ष जेल सजाय भएको छ । बेलायतको पिटरबरो बस्दै आएका ४९ वर्षीय प्रमोद ढकाललाई क्याम्ब्रिज क्राउन कोर्टले २५ वर्षको जेल सजाय मात्र हैन, त्यसपछिका ८ वर्षसम्म समेत लाइसेन्स अर्थात् कडा निगरानीमा राख्ने फैसला सुनाएको हो । ढकाललाई विगत १७ वर्षको अवधिमा भएका यौन दुराचारसम्बन्धी विभिन्न २५ वटा ...
— दक्षिण कोरियामा पछिल्ला महिना शरणार्थी (शरणार्थी/मानवीय) प्रयोजनका लागि प्रदान गरिने जी–१ भिसासम्बन्धी भ्रामक प्रचार तीव्र रूपमा बढेको भन्दै सियोलस्थित नेपाली दूतावासले सजग रहन चेतावनी जारी गरेको छ । दूतावासले सामाजिक सञ्जालमार्फत ‘जी–१ भिसा सजिलै पाइन्छ’, ‘काम गर्न मिल्छ’, ‘बस्न मिल्छ’ जस्ता भ्रामक सामग्रीले नेपालीलाई गलत रूपमा आकर्षित गरिरहेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको हो । दूतावासका ...
— भारतको उत्तर प्रदेशमा बस दुर्घटनामा केही नेपाली घाइते भएका छन् । उत्तर प्रदेशको बलरामपुर जिल्लाको फुलवरिया बाइपासमा भएको सडक दुर्घटनामा २१ जना नेपाली घाइते भएका छन् । सुनौलीबाट दिल्ली गइरहेको यूपी २२ एटी ०२४ नम्बरको बस मंगलबार बिहान यूपी २१ डीटी ५२३७ नम्बरको मालवाहक ट्रकसँग ठोक्किएको हो । ट्रकसँग ठोक्किएपछि बसमा आगलागी भएको बलरामपुरका एसपी ...
: अमेरिकाले थप पाँच जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी तरिकाले बस्दै आएका पाँच जना नेपालीलाई निष्कासन गरिएको स्रोतले जानकारी दिएको छ। निष्कासनमा पर्नेमा दाङका ओली र खड्का, प्युठानका बुढाथोकी, रुकुमका शाही र रुकुम पूर्वका खड्का थरीका एक-एक जना रहेका छन्। उनीहरूलाई भारतको दिल्ली हुँदै नेपाल फर्काइएको हो। स्रोतका अनुसार उनीहरू बुधबार करिब ५ बजे काठमाडौं अवतरण ...
। लमजुङका राम लामा (परिवर्तित नाम) वैदेशिक रोजगारी खोज्दै सन् २०१९ मा पनामा पुगे । पानीजहाज कम्पनीमा रोजगारी पाइने भन्दै उनीसहित ९ नेपाली त्यहाँ पुगेका थिए । जहाजमा काम गर्ने सर्तसहित ६ महिनाको सम्झौता (एग्रिमेन्ट) गरी लाखौं रुपैयाँ ऋण निकालेर गएका उनीहरू पनामाको बाटो समातेका थिए । लामासँगै स्याङ्जा, काभ्रे र काठमाडौंका युवा पनि थिए । तर, ...