मुख्य समाचार
बेन्जामिन नेतान्याहूको गाजा नियन्त्रण लिने योजनालाई अनुमोदन गरेको छ
बेन्जामिन नेतान्याहूको गाजा नियन्त्रण लिने योजनालाई अनुमोदन गरेको छ

: इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गाजा नियन्त्रण लिने योजनालाई अनुमोदन गरेको छ।



प्रधानमन्त्री नेतान्याहूको कार्यालयले विज्ञप्ति जारी गर्दै गाजा नियन्त्रणका लागि सहमति भएका योजना र ‘युद्ध अन्त्यका लागि पाँच बुँदे’ विवरण सार्वजनिक गरेको छ।


यसलाई शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकबाट बहुमतले पारित गरेको बताइएको छ। यसमा भनिएको छ, ‘आईडीएफले युद्ध क्षेत्र बाहिरका नागरिकलाई मानवीय सहायता प्रदान गर्दै गाजाको नियन्त्रण लिन तयारी गर्नेछ। युद्ध अन्त्य गर्न पाँच बुँदामा काम गर्नेछ।’


यस्ता छन् युद्ध अन्त्यका पाँच बुँदा

हमासको निशस्त्रीकरण
सबै बन्धकहरूको फिर्ती– जीवित र मृत
गाजामा निशस्त्रीकरण
इजरायलले गाजाको सुरक्षा नियन्त्रण लियो
हमास र प्यालेस्टिनी प्राधिकरणमुक्त वैकल्पिक नागरिक सरकार
बिहीबार फक्स न्यूजसँगको अन्तर्वार्तामा नेतान्याहूले भनेका थिए,‘हामी सम्पूर्ण गाजामाथि नियन्त्रण चाहन्छौं। हाम्रो सुरक्षा सुनिश्चित गर्न, हामी हमासलाई गाजाबाट हटाउन चाहन्छौं। हामी गाजालाई हमासको आतंकबाट मुक्त गर्न चाहन्छौं।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम