मुख्य समाचार
मोदीले गरे ब्राजिलका राष्ट्रपतिसँग कुरा
मोदीले गरे ब्राजिलका राष्ट्रपतिसँग कुरा

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा ५० प्रतिशत कर लगाउने घोषणा गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्राजिलका राष्ट्रपति लुला दा सिल्भासँग कुरा गरेका छन्।



सामाजिक सञ्जाल एक्समा कुराकानीबारे जानकारी दिँदै प्रधानमन्त्री मोदीले ब्राजिलका राष्ट्रपति लुलासँग धेरै राम्रो छलफल भएको बताए। उनले भारत र ब्राजिल व्यापार, ऊर्जा, प्रविधि, रक्षा, स्वास्थ्य र अन्य क्षेत्रमा रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउन प्रतिबद्ध रहेको बताए।


उनले भने,‘ग्लोबल साउथका देशबीचको बलियो र जनता–केन्द्रित साझेदारीले हाम्रा नागरिकलाई मात्र नभई सम्पूर्ण विश्वलाई फाइदा पुर्‍याउँछ।’


यसअघि अमेरिकाले ब्राजिलमा ५० प्रतिशत कर लगाउने घोषणा गरेको थियो। ट्रम्प ब्रिक्ससँग धेरै रिसाएका छन्। ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका यसका महत्त्वपूर्ण सदस्य हुन्।

ट्रम्पले ब्रिक्सले डलरलाई कमजोर पार्न खोजे अमेरिकाले कडा कारबाही गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...