। भारतको बाटो भएर तेस्रो मुलुक लैजान लागिएका ४० जना नेपाली महिलाको उद्धार गरिएको छ ।
गैर कानुनी तरिकाले भारत हुँदै तेस्रो मुलुक लैजान लागिएका महिलाहरुको उद्धार गरी बुधबार नेपाल फर्काइएको दिल्लीस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।
दलालको प्रलोभनमा परेका उनीहरुलाई भारत हुँदै घरेलु कामदारका रुपमा खाडी मुलुक लैजान लागिएको थियो ।
तर, भारतीय प्रहरीसँगको सहयोगमा उनीहरुलाई विभिन्न ठाउँबाट उद्धार गरी नेपाल फिर्ता पठाइएको दूतावासले जनाएको छ ।