मुख्य समाचार
घानामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई मन्त्रीसहित ८ जनाको मृत्यु
घानामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई मन्त्रीसहित ८ जनाको मृत्यु

। घानामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा दुई मन्त्रीसहित ८ जनाको मृत्यु भएको छ ।

घानाको दक्षिणी असान्ती क्षेत्रमा भएको दुर्घटनामा रक्षामन्त्री एडवर्ड ओमान बोआमा र वातावरणमन्त्री इब्राहिम मुर्तला मुहम्मदसहित ८ जनाको मृत्यु भएको हो ।




अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार हेलिकप्टरमा दुई मन्त्रीसहित पाँच यात्रु र तीन जना चालक दलका सदस्य थिए ।

मृत्यु हुनेहरुमा उपराष्ट्रिय सुरक्षा संयोजक अल्हाजी मुहम्मद मुनिरु लिमुना, नेशनल डेमोक्रेटिक कांग्रेसका उपाध्यक्ष सामुएल सार्पोङ, सांसदका उम्मेदवार सामुएल अबोआग्ये रहेका छन् । यस्तै, तीन जना चालक दलका सदस्यहरूमा स्क्वाड्रन लिडर पिटर बाफेमी अनाला, फ्लाइङ अफिसर मालिन ट्वुम–अम्पाडु र सर्जेन्ट एर्नेस्ट एडो मेन्साह रहेका छन् ।



राजधानी अक्राबाट ओबुआसीतर्फ जाँदै गरेको जेड९ हेलिकप्टरसँग सम्पर्क टुटेको जानकारी दिइएको थियो । हेली ओबुआसी दक्षिण घानाको एक प्रमुख खानी क्षेत्र हो ।

राष्ट्रपतिको कार्यालयबाट जारी भिडियो सन्देशमा यो दुर्घटनालाई ‘राष्ट्रिय विपत्ति’ भन्दै समवेदना व्यक्त गरिएको छ । राष्ट्रिय शोक घोषणा गर्दै राष्ट्रपति कार्यालयले झण्डा आधा झुकाउन भनेको छ ।

यो पछिल्लो समय घानामा भएको ठूलो दुर्घटना हो । यसअघि सन् २०१४ र २०२१ मा पनि घानामा यस्तै विमान दुर्घटना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर दुर्घटना भएको थियो । मथुराका एसएसपी श्लोक कुमारका अनुसार दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । एसएसपी श्लोक कुमारका अनुसार यमुना एक्सप्रेसवेमा ८ ...
। ब्राजिलको गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ । आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढलेर टुक्रा टुक्रा भएको छ । यो अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो । स्थानीय प्रशासनका अनुसार मूर्ति ढल्दा कुनै पनि किसिमको मानवीय क्षति भएको छैन । गुआइबामा सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आँधी आएको ...
। ‘अवतार ३’ रिलिज हुन केही दिन बाँकी रहँदा प्रतिष्ठित अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले हलिउडका महान निर्देशक जेम्स क्यामरुनलाई अर्बपतिको रुपमा घोषणा गरेको छ । यो सिक्वेल क्यामरुनको ब्लकबस्टर ‘अवतार’ फ्रान्चाइजीको तेस्रो फिल्म हो, जसमा सन् २००९ को “अवतार’ (२.९ बिलियन डलरको साथ सबै समयको सबैभन्दा धेरै कमाउने फिल्म) र सन् २०२२ को “अवतार : द ...
। थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ । थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउँदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारहरूसँगको साक्षातकारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा ‘इमानदारीपूर्वक’ सहयोग गर्नुपर्ने बताएका छन् । यस ...
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...