मुख्य समाचार
नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा लगानी गरेर एक वर्षमा ९० अर्ब रुपैयाँ आम्दानी
नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा लगानी गरेर एक वर्षमा ९० अर्ब रुपैयाँ आम्दानी

। नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा लगानी गरेर एक वर्षमा ९० अर्ब रुपैयाँ आम्दानी गरेको छ ।

पछिल्लो समय विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च भएसँगै केन्द्रीय बैंकको आम्दानी पनि बढेको हो ।


राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा विदेशी विनिमय सञ्चितिमा लगानी गरेर ९० अर्ब रुपैयाँ आम्दानी भएको छ । यो आम्दानी अघिल्लो आवको तुलनामा करिब १२ अर्बले बढी हो । अघिल्लो आव २०८०/८१ मा यस्तो आम्दानी ७८ अर्ब १६ करोड रुपैयाँ थियो ।

२०८२ असार मसान्तसम्म राष्ट्र बैंकसँग १७ अर्ब ५ करोड अमेरिकी डलर बराबर विदेशी विनिमय सञ्चिति थियो । त्यसैगरी २०८१ असार मसान्तमा यस्तो सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर थियो ।

रेमिट्यान्स, निर्यात, प्रत्यक्ष वैदेशिक लगानीलगायत स्रोतहरुमार्फत मार्फत विदेशी मुद्रा भित्रिन्छ । उक्त विदेशी मुद्रालाई केन्द्रीय बैंकले राखेर नेपाली रुपैयाँ सम्बन्धित व्यक्ति तथा संस्थालाई भुक्तानी दिन्छ । यस प्रक्रियामा बैंक तथा वित्तीय संस्थाले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका हुन्छन् ।

यसरी आएको विदेशी मुद्रालाई केन्द्रीय बैंकले जम्मा गरेर राख्छ । जम्मा भएको विदेशी मुद्रालाई आयात, अन्तर्राष्ट्रिय ऋणको साँवाब्याज भुक्तानी लगायतमा प्रदान गर्छ । यसरी भुक्तानीका लागि दिइसकेपछि बचेको विदेशी मुद्रालाई केन्द्रीय बैंकले सञ्चितिसँगै अन्तर्राष्ट्रिय वित्तीय बजारमा लगानी गर्ने गरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताए ।

केन्द्रीय बैंकसँग भएको विदेशी विनिमयलाई धेरै अमेरिकी र भारतीय मुद्रा बजारमा लगानी गर्ने गरेको नेपालले बताए ।

‘केन्द्रीय बैंकले कुल विदेशी विनिमय सञ्चितिको ५५ देखि ६० प्रतिशतसम्म अमेरिकी मुद्रा बजारमा लगानी गरेको हुन्छ, त्यसपछि २० देखि २५ प्रतिशत भारतीय मुद्रा बजारमा लगानी हुन्छ,’ नेपालले भने, ‘यसरी गरिएको लगानीमा आउने प्रतिफल भनेको सम्बन्धित देशको केन्द्रीय बैंकले तोकेको ब्याजदर आधारमा निर्धारण हुन्छ, साथै उनीहरूको आवश्यकताका आधारमा पनि ब्याजदर घट्ने वा बढ्ने हुन्छ ।’

केन्द्रीय बैंकले कुल विदेशी विनिमय सञ्चितिको ५५ देखि ६० प्रतिशतसम्म अमेरिकी मुद्रा बजारमा लगानी गरेको हुन्छ, त्यसपछि २० देखि २५ प्रतिशत भारतीय मुद्रा बजारमा लगानी हुन्छ।
डलर र भारुसँगै अन्य मुद्रा बजारमा सानो–सानो लगानी गर्ने गरेको नेपालले जानकारी दिए । वैदेशिक ऋण किस्ता भुक्तानी गर्दा चिनियाँ युआन र बेलायती पाउन्ड पनि आवश्यक पर्ने भएकाले ती मुद्रामा लगानी लगानी गर्ने गरेको उनको भनाइ छ ।

नेपालका अनुसार केन्द्रीय बैंकले यसरी विदेशी मुद्रा बजारमा गरेको लगानीबाट मात्रै ९० अर्ब रुपैयाँ हाराहारी आम्दानी गरेको छ । नेपालको सन्दर्भमा धेरैजसो ठूला ऋणदाता भनेका विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) भएकाले पनि डलर धेरै हुने उनको भनाइ छ ।

‘यस्तो सञ्चिति मुद्रा लगानी गर्दा अधिकतम दुई वर्षको लगानी हुन्छ,’ उनले भने । यस्तो फन्डलाई समान्यतः निजी संस्थाका वित्तीय औजारमा लगानी नगर्ने उनले जानकारी दिए ।

उनका अनुसार राष्ट्र बैंकले केन्द्रीय बैंक, गभर्मेन्टको सोभरेन बन्ड, केन्द्रीय बैंकहरूले निष्कासन गर्ने बन्डहरूमा लगानी गर्दै आएको छ । त्यसका साथै बैंक फर इन्टरनेसनल सेटलमेन्टले निष्कासन गर्ने वित्तीय औजारमा पनि लगानी गरेर अन्य मुद्राहरूको व्यवस्थापन गर्ने गरेको उनी बताउँछन् ।



केन्द्रीय बैंकमा भएको विदेशी विनिमय सञ्चिति केन्द्रीय बैंक थुप्रिएर बस्ने नभई अन्तर्राष्ट्रिय बजारमा तत्काल नगदमा परिवर्तन गर्न सकिने गरी लगानी गर्ने गरेको नेपालले बताए ।

अन्तर्राष्ट्रिय मुद्रा बजार कारोबार समयका कारण त्यस्तो विदेशी विनिमय ६ दिन केन्द्रीय बैंकमा होल्ड हुन सक्ने उनको भनाइ छ ।

सामान्यतः अर्थतन्त्रको अवस्था र आकार अनुसार विदेशी विनियम सञ्चिति राख्नुपर्ने हुन्छ । विकसित राष्ट्रका सन्दर्भमा विदशी विनिमय सञ्चिति ३ महिनाको वस्तु तथा सेवा आयातका लागि पर्याप्त भए पुग्छ भन्ने मान्यता छ ।

त्यसैगरी विकासशील देशका सन्दर्भमा ६ महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त विदेशी मुद्रा सञ्चिति हुनुपर्छ भन्ने मान्यता छ । नेपालसँग अहिले करिब १५ महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त विदेशी विनिमय सञ्चिति छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरको नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले साविककै आकारमा रङमा परिवर्तन गरेर नयाँ विशेषतासहितको ‘सिरिज २०२५’ को १ हजार रुपैयाँको नोट चलनचल्तीमा ल्याएको जनाएको छ। एक सूचना जारी गर्दै राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आजदेखि नयाँ नोट चलनचल्तीमा आउने जानकारी दिएको छ। नयाँ नोटमा बैजनी रङको ...
। भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार प्रतिनिधिसभामा बाढीपछिको अवस्था र मन्त्रालयले गरिरहेको कामबारे जानकारी दिँदै समग्र ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि उक्त रकम आवश्यक पर्ने प्रारम्भिक मूल्यांकन भएको बताए ...
। नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन थालेका छन् । लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन चेकपोस्टका अनुसार कोरला नाकाबाट चार हुल भेडाच्याङ्ग्रा नेपाल भित्रिएको हो । गत वर्षको भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यहाँस्थित नेपाल–चीन उत्तरी कोरला नाकाबाट कानुनी प्रावधानअनुसार तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल भित्रिन थालेका हुन् । पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशुचिकित्सक ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी र व्यापारका पर्याप्त अवसर रहेको बताएका छन् । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री वाग्लेले नेपालमा रहेको लगानीको अवसरलाई सदुपयोग गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ । नयाँदिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई)द्वारा शनिबार आयोजित व्यापार तथा लगानी अन्तर्क्रियामा अर्थमन्त्री वाग्लेले उदीयमान ...
। सरकारले धितोपत्रको कारोबारमा हुने लाभमा लाग्ने पुँजीगत लाभ कर घटाउने भएको छ । अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ मार्फत सेयर कारोबारमा पुँजीगत लाभकर अधिकतम ५ प्रतिशत कायम गर्ने घोषणा गरेको हो । कार्ययोजना अनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको सेयरको हकमा व्यक्तिको हकमा तीन सय पैंसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम