मुख्य समाचार
प्लाष्टिक प्रदूषण नियन्त्रणमा बाध्यकारी कानुन बनाउन जेनेभामा निर्णायक वार्ता
प्लाष्टिक प्रदूषण नियन्त्रणमा बाध्यकारी कानुन बनाउन जेनेभामा निर्णायक वार्ता

। समुद्री वातावरण सहित प्लास्टिक प्रदूषण नियन्त्रणमा बाध्यकारी अन्तर्राष्ट्रिय कानुनी उपकरण विकास गर्न स्वीट्जरल्यान्डको जेनेभामा निर्णायक वार्ता सुरु भएको छ ।

संयुक्त राष्ट्रसंघ वातावरण कार्यक्रम र स्वीटजरल्यान्ड सरकारको आयोजनामा ग्लोबल प्लाष्टिक सन्धि अनुमोदनको प्रयासस्वरुप निर्णायक वार्ता सुरु भएको हो ।

अन्तरसरकारी वार्ता समितिको पाँचौं सत्रको दोस्रो भाग (आईएनसी ५.२) नाम दिइएको वार्तामा १५९ देशका सरकारी प्रतिनिधि, पर्यवेक्षक सहभागी छन् ।

सत्रले सम्झौताको पाठलाई अन्तिम रूप दिई अनुमोदन गर्ने र यसलाई भविष्यमा हुने पूर्णाधिकारीहरूको कूटनीतिक सम्मेलनमा पेश गरिने छ ।


सन् २०२२ मा संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूले कानुनी रुपमा बाध्यकारी सम्झौता बनाउने निर्णय गरेका थिए, जसलाई ग्लोबल प्लाष्टिक सन्धि भनिन्छ ।

यस सन्धिमा प्लाष्टिकको सम्पूर्ण जीवनचक्र समेटिएको छ । २०२२ मा बाध्यकारी कानुनी सम्झौता बनाउने निर्णय भए पनि यसले मूर्त रुप लिन भने सकिरहेको छैन् ।



केही राष्ट्रले आ–आफ्ना सरोकारको सम्बोधन नभएको भन्दै समय लिइरहेका छन् । सन्धि अनुमोदनका लागि पाँचौं चरणको पहिलो वार्ता दक्षिण कोरियामा गत वर्ष भएको थियो । सो वार्ताले सहमति जुटाउन नसकेपछि जेनेभामा पाँचौं चरणको दोस्रो भाग सुरु भएको हो ।

१४ अगस्टसम्म चल्ने दोस्रो सत्रको उद्घाटन सत्रमा नेपालको तर्फबाट वन तथा वातावरण मन्त्रालयका सहसचिव शिव वाग्ले, उपसचिव शोभाकर रेग्मी, सिफेडका कार्यकारी निर्देशक वातावरणविद् रामचरित्र साह लगायत सहभागी छन् ।

उद्घाटन सत्रपछि विभिन्न देशहरूबीच समूहगत छलफल हुनेछन् । त्यसमा नेपालले पनि आफ्नो धारणा प्रस्तुत गर्ने सहसचिव वाग्लेले जानकारी दिए ।

नोभेम्बर र डिसेम्बर २०२४ मा दक्षिण कोरियाको बुसानमा आईएनसी ५को बैठक भएको थियो । त्यसअघि २०२४ को अप्रिलमा ओटावामा आईएनसी ४, २०२३ को नोभेम्बरमा नैरोबीमा आईएनसी ३ का बैठक भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम