मुख्य समाचार
आजदेखि भुटानको थिम्पुमा सुरु हुने एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालले घरेलु टोली भुटानसँग खेल्दै
आजदेखि भुटानको थिम्पुमा सुरु हुने एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालले घरेलु टोली भुटानसँग खेल्दै

। आजदेखि भुटानको थिम्पुमा सुरु हुने एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालले घरेलु टोली भुटानसँग खेल्दैछ ।

समूह ए मा रहेको नेपाल र भुटानबीचको खेल थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा साँझ पौने ६ बजे सुरु हुनेछ । नेपाल र भुटान दुवै सुखद सुरुवात गर्ने लक्ष्यमा छ ।


केही दिनअघि बंगलादेशको ढाकामा भएको साफ यू२० च्याम्पियनसिपमा नेपालले भुटानलाई दुई खेलमा सहजै हराएको नेपालको मनोबल उच्च हुनेछ । भुटानलाई भने घरेलु मैदान र दर्शकको साथ हुनेछ ।

मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले साफ यू२० र एएफसी यू-२० एसियन कप छनोट फरक किसिमको प्रतियोगिता भएको बताए । साथै उनले घरेलु टोली भुटानलाई कमजोर टिमको रुपमा समेत नलिने बताए ।



साफ यू२० महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई दुवै खेलमा सहजै पराजित गरेको थियो । ‘साफ र एएफसी छनोट खेल्नु फरक छ । यसमा भुटान घरेलु मैदानमा खेल्दैछ । हामी भुटानलाई सम्मान गर्छौं । उनीहरु डे बाई डे राम्रो खेल्दैछ,’ गुरुङले भने ‘भुटानलाई दर्शकको साथ छ र घरेलु मैदानको साथ हुन्छ । साफको नतिजाले भुटानलाई कमजोर सोच्दिन ।’

साफ यू२० महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई ६-१ र ८-० ले पराजित गरेको थियो । यसैगरी गुरुङले समूहको तीनवटै टिमलाई सम्मान गरेर खेल्ने बताएका थिए ।

यस्तै भुटानकी प्रशिक्षक टंक माया घलेले पनि छनोट प्रतियोगिताका लागि तयार रहेको बताइन् । ‘हामी छनोट प्रतियोगिताको लागि तयार छौँ र खेलाडीहरु सबै सकरात्मक छन् ।

भोलीको खेलका लागि तयार छौँ’ उनले भनिन्, ‘भर्खरै हामीले साफ यू२० खेलेका थियौँ र धेरै अनुभव हासिल गर्‍यौँ । हामी गल्तीहरुलाई सच्याउँदै यस पटक राम्रो नतिजा ल्याउने आशा छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...