मुख्य समाचार
ट्रम्पको धम्कीमा भारतको जवाफ : अमेरिका आफैं रुससँग व्यापार गरिरहेको छ
ट्रम्पको धम्कीमा भारतको जवाफ : अमेरिका आफैं रुससँग व्यापार गरिरहेको छ

— भारतविरुद्ध लगातार निशाना साँधिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भारत सरकारले जवाफ दिएको छ । सोमबार ट्रम्पले भारतमाथि अझ धेरै कर लगाउने धम्की दिएका थिए । त्यसको जवाफमा भारतले मध्यराति प्रतिक्रिया दिएको हो ।


भारतीय विदेश मन्त्रालयले यस्तो प्रकारको धम्की अनुचित र तर्कहिन बताएको छ । भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘अमेरिका अहिले पनि रुससँग परमाणु उद्योगका लागि युरेनियम हेक्साफ्लोराइड, इलेक्ट्रिक सवारी उद्योगका लागि पेडेलियम, उर्वरक र रसायन आयायत गरिरहेको छ ।’

ट्रम्पले सोमबार सोसल मिडिया प्लेटफर्ममा लेखेका थिए, ‘रुसको युद्ध मेसिनले यक्रेनमा कति मानिस मरिरहेका छन् भन्ने कुरा भारतले बेवास्ता गर्दै आएको छ । यसकारण भारतमाथि अतिरिक्त कर लगाउने तयारी गरिरहेको छु ।’

रुसी तेल खरिदकर्तामध्ये भारत सबैभन्दा ठूलो हो । सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि यूरोपियन देशले व्यापार घटाएका थिए । त्यसयता रुसका लागि भारत एक महत्त्वपूर्ण बजार बनेको छ ।

व्हाइट हाउसका डिप्टी चिफ स्टीफन मिलरले फक्स न्युजलाई दिएको एक अन्तर्वार्तामा भनेका छन्, ‘तेल खरिद गरेर रुसलाई युक्रेन विरुद्ध आर्थिक सहायता दिनु भारतको कदम स्वीकार्य छैन ।’

ट्रम्पले कति प्रतिशत कर बढाउने भन्ने चाहिँ स्पष्ट पारेका छैनन् । ट्रम्पको धम्की केही दिनअघि भारतविरुद्ध २५ प्रतिशत कर लगाएका समयमा आएको छ ।

भारतको विदेश मन्त्रालयले ट्रम्पको आलोचना खारेज गर्दै अमेरिका र यूरोपियन देशहरुले आफैं पनि रुससँग व्यापार जारी राखेको बताएको छ । गत वर्ष अमेरिकाले कडा प्रतिबन्धका बावजुद पनि रुसकसँग ३.५ अर्ब डलरको व्यापार गरेको थियो ।




युक्रेनमा संघर्ष सुरु भययता अमेरिका र यूरोपियन संघ भारतलाई रुससँग तेल खरिद गरेकोमा निशाना बनाउँदै आएको मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयले भनेको छ, ‘वास्तवमा भारतले रुससँग यसकारण तेल आयात सुरु गरेको हो, संघर्षपछि पारम्परिक सप्लाई यूरोपतर्फ मोडिएको थियो । त्यसबेला अमेरिका आफैंले पनि बजारमा तेलको स्थिरता मजबुद बनाइराख्नका लागि भारतलाई प्रोत्साहन गरेको थियो ।’

भारतले आफ्ना उपभोक्ताका लागि सस्तो र स्थिर ऊर्जा उपलब्ध गराउनका लागि आयात गरिरहेको जवाफ दिएको छ । ‘यो वैश्विक बजारको अवस्थाको बाध्यता हो । तर जो भारतको आलोचना गरिरहेका छन्, उनी आफैं रुससँग व्यापार गरिरहेका छन् ।’

भारतले कुनै पनि ठूलो अर्थव्यवस्था जस्तै भारत आफ्नो राष्ट्रिय हित र आर्थिक सुरक्षाको रक्षाका लागि सबै जरुरी कदम उठाउन सक्ने चेतावनीसमेत दिएको छ । भारतीय विदेशमन्त्री यस जयशंकरले भनेका छन्, ‘हामी जटिल र अनिश्चित समयमा बाँचिरहेका छौं । हाम्रो सामूहिक इच्छा एक न्यायापूर्ण र प्रतिनिधि वैश्विक व्यवस्था देख्नु हो, न कि कुनै देशको दबदबा ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर दुर्घटना भएको थियो । मथुराका एसएसपी श्लोक कुमारका अनुसार दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । एसएसपी श्लोक कुमारका अनुसार यमुना एक्सप्रेसवेमा ८ ...
। ब्राजिलको गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ । आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढलेर टुक्रा टुक्रा भएको छ । यो अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो । स्थानीय प्रशासनका अनुसार मूर्ति ढल्दा कुनै पनि किसिमको मानवीय क्षति भएको छैन । गुआइबामा सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आँधी आएको ...
। ‘अवतार ३’ रिलिज हुन केही दिन बाँकी रहँदा प्रतिष्ठित अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले हलिउडका महान निर्देशक जेम्स क्यामरुनलाई अर्बपतिको रुपमा घोषणा गरेको छ । यो सिक्वेल क्यामरुनको ब्लकबस्टर ‘अवतार’ फ्रान्चाइजीको तेस्रो फिल्म हो, जसमा सन् २००९ को “अवतार’ (२.९ बिलियन डलरको साथ सबै समयको सबैभन्दा धेरै कमाउने फिल्म) र सन् २०२२ को “अवतार : द ...
। थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ । थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउँदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारहरूसँगको साक्षातकारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा ‘इमानदारीपूर्वक’ सहयोग गर्नुपर्ने बताएका छन् । यस ...
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...