मुख्य समाचार
अस्ट्रेलियाको डर्विनमा आयोजना हुने टप एण्ड टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा
अस्ट्रेलियाको डर्विनमा आयोजना हुने टप एण्ड टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा

: अस्ट्रेलियाको डर्विनमा आयोजना हुने टप एण्ड टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ।



आउँदो अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलियामा हुने यस प्रतियोगिताका लागि कुशल मल्लले टिममा पुनरागमन गरेका छन्। यसअघि स्कटल्यान्ड टुरमा टिममा नअटेका मल्लले पुनरागमन गरेका हुन्।


यसै टोलीमा आदिल आलम र अनिल कुमार शाह भने टिममा अटाउन सकेनन्। लामो समयपछि राष्ट्रिय टिमको प्रशिक्षणमा फर्किएका आलमले अन्तिम टोलीमा भने स्थान बनाउन सकेनन्।


सिरिजमा नेपालसहित ११ टोलीले सहभागिता जनाउनेछन्। नेपालले लिग चरणमा छ खेल खेल्नेछ। नेपालले आफ्नो पहिलो खेल १५ अगस्टमा स्थानीय टिम नर्दन टेरिटोरी स्ट्राइक विरुद्ध खेल्नेछ।

नेपालसहित प्रतियोगितामा पाकिस्तान साहिन्सी (पाकिस्तान ए) , बंगलादेश ए र अमेरिकाबाट सिकागो किङ्ग्समेन सँगै अस्ट्रेलियाका पाँच बिग ब्यास एकाडेमी टोलीले सहभागिता जनाउनेछन्।

अस्ट्रेलियाबाट हर्बर्ड फुर्केन्स पर्थ स्कोचर्स, एडिलेट स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनिगट्स, एसीटी कोमट्स र स्थानीय टिम एन्टि स्ट्राइकले सिरिजमा भाग लिनेछन्।

खेलको शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन्। नेपालले यस प्रतियोगितालाई आगामी अक्टोबरमा हुने आइसिसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीको रूपमा लिएको छ।

नेपालले आगामी सेप्टेम्बरमा ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ।

टप एण्ड टी२० सिरिजका लागि नेपाली टिम:
रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, आरिफ शेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र ललित नारायण राजबंशी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...