मुख्य समाचार
रुसबाट तेल आयात गर्ने सम्बन्धमा अमेरिका र युरोपेली संघले उठाएका प्रश्नको भारतले जवाफ दिएको छ
रुसबाट तेल आयात गर्ने सम्बन्धमा अमेरिका र युरोपेली संघले उठाएका प्रश्नको भारतले जवाफ दिएको छ

: रुसबाट तेल आयात गर्ने सम्बन्धमा अमेरिका र युरोपेली संघले उठाएका प्रश्नको भारतले जवाफ दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल एक्समा पोस्ट गदै अमेरिका र युरोपेली संघलाई जवाफ दिएका हुन्।



उनले भने, ‘युक्रेन द्वन्द्व सुरु भएदेखि नै रुसबाट तेल आयात गर्ने मुद्दामा भारत अमेरिका र युरोपेली संघको निशानामा परेको छ। वास्तवमा द्वन्द्व पछि परम्परागत आपूर्ति युरोपतिर मोडिएको कारण भारतले रुसबाट तेल आयात गर्न थाल्यो।’


रणधीर जयस्वालले त्यतिबेला अमेरिकाले नै विश्व तेल बजारको स्थिरता कायम राख्न भारतलाई रुसबाट आयात गर्न प्रोत्साहित गरेको उल्लेख गरेका छन्।


उनले लेखेका छन्,‘भारतले आफ्ना उपभोक्तालाई सस्तो र स्थिर ऊर्जा प्रदान गर्न आयात गर्छ। यो विश्वव्यापी बजारको अवस्थाको बाध्यता हो। तर भारतको आलोचना गर्ने देशहरू आफैं रूससँग व्यापार गरिरहेका छन्। भारत जस्तै यो व्यापार उनीहरूको देशका लागि आवश्यक बाध्यता होइन।’

रणधीर जयसवालले युरोप–रूस व्यापारमा ऊर्जा मात्र नभई मल, खनिज उत्पादन, रसायन, फलाम र स्टीलका साथै मेसिनरी र यातायातका सामान पनि रहेको बताए।

उनले भने,‘जहाँसम्म अमेरिकाको कुरा छ, उसले अझै पनि आफ्नो आणविक उद्योगका लागि युरेनियम हेक्साफ्लोराइड, विद्युतीय सवारी साधन उद्योगका लागि प्यालेडियम, मल र रसायन रूसबाट आयात गर्दछ।’

रणधीर जयसवालले त्यसैले भारतलाई लक्षित गर्नु अनुचित र तर्कहीन रहेको बताए। भारतले आफ्नो राष्ट्रिय हित र आर्थिक सुरक्षाको रक्षा गर्न सबै आवश्यक कदम चाल्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर दुर्घटना भएको थियो । मथुराका एसएसपी श्लोक कुमारका अनुसार दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । एसएसपी श्लोक कुमारका अनुसार यमुना एक्सप्रेसवेमा ८ ...
। ब्राजिलको गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ । आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढलेर टुक्रा टुक्रा भएको छ । यो अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो । स्थानीय प्रशासनका अनुसार मूर्ति ढल्दा कुनै पनि किसिमको मानवीय क्षति भएको छैन । गुआइबामा सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आँधी आएको ...
। ‘अवतार ३’ रिलिज हुन केही दिन बाँकी रहँदा प्रतिष्ठित अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले हलिउडका महान निर्देशक जेम्स क्यामरुनलाई अर्बपतिको रुपमा घोषणा गरेको छ । यो सिक्वेल क्यामरुनको ब्लकबस्टर ‘अवतार’ फ्रान्चाइजीको तेस्रो फिल्म हो, जसमा सन् २००९ को “अवतार’ (२.९ बिलियन डलरको साथ सबै समयको सबैभन्दा धेरै कमाउने फिल्म) र सन् २०२२ को “अवतार : द ...
। थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ । थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउँदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारहरूसँगको साक्षातकारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा ‘इमानदारीपूर्वक’ सहयोग गर्नुपर्ने बताएका छन् । यस ...
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...