मुख्य समाचार
रुसबाट तेल आयात गर्ने सम्बन्धमा अमेरिका र युरोपेली संघले उठाएका प्रश्नको भारतले जवाफ दिएको छ
रुसबाट तेल आयात गर्ने सम्बन्धमा अमेरिका र युरोपेली संघले उठाएका प्रश्नको भारतले जवाफ दिएको छ

: रुसबाट तेल आयात गर्ने सम्बन्धमा अमेरिका र युरोपेली संघले उठाएका प्रश्नको भारतले जवाफ दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले सामाजिक सञ्जाल एक्समा पोस्ट गदै अमेरिका र युरोपेली संघलाई जवाफ दिएका हुन्।



उनले भने, ‘युक्रेन द्वन्द्व सुरु भएदेखि नै रुसबाट तेल आयात गर्ने मुद्दामा भारत अमेरिका र युरोपेली संघको निशानामा परेको छ। वास्तवमा द्वन्द्व पछि परम्परागत आपूर्ति युरोपतिर मोडिएको कारण भारतले रुसबाट तेल आयात गर्न थाल्यो।’


रणधीर जयस्वालले त्यतिबेला अमेरिकाले नै विश्व तेल बजारको स्थिरता कायम राख्न भारतलाई रुसबाट आयात गर्न प्रोत्साहित गरेको उल्लेख गरेका छन्।


उनले लेखेका छन्,‘भारतले आफ्ना उपभोक्तालाई सस्तो र स्थिर ऊर्जा प्रदान गर्न आयात गर्छ। यो विश्वव्यापी बजारको अवस्थाको बाध्यता हो। तर भारतको आलोचना गर्ने देशहरू आफैं रूससँग व्यापार गरिरहेका छन्। भारत जस्तै यो व्यापार उनीहरूको देशका लागि आवश्यक बाध्यता होइन।’

रणधीर जयसवालले युरोप–रूस व्यापारमा ऊर्जा मात्र नभई मल, खनिज उत्पादन, रसायन, फलाम र स्टीलका साथै मेसिनरी र यातायातका सामान पनि रहेको बताए।

उनले भने,‘जहाँसम्म अमेरिकाको कुरा छ, उसले अझै पनि आफ्नो आणविक उद्योगका लागि युरेनियम हेक्साफ्लोराइड, विद्युतीय सवारी साधन उद्योगका लागि प्यालेडियम, मल र रसायन रूसबाट आयात गर्दछ।’

रणधीर जयसवालले त्यसैले भारतलाई लक्षित गर्नु अनुचित र तर्कहीन रहेको बताए। भारतले आफ्नो राष्ट्रिय हित र आर्थिक सुरक्षाको रक्षा गर्न सबै आवश्यक कदम चाल्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम