मुख्य समाचार
मापदण्डविपरीत सञ्चालनमा रहेको एक मेडिकलमा जिल्ला प्रशासन कार्यालय उदयपुरले ताला
मापदण्डविपरीत सञ्चालनमा रहेको एक मेडिकलमा जिल्ला प्रशासन कार्यालय उदयपुरले ताला

— मापदण्डविपरीत सञ्चालनमा रहेको एक मेडिकलमा जिल्ला प्रशासन कार्यालय उदयपुरले ताला लगाएको छ । अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालन गरेको पाइएपछि चौदण्डीगढी नगरपालिका–४ बसाहामा सञ्चालित बीज मेडिकल हलमा प्रशासनले ताला लगाएको हो ।


सोमबार सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेयको नेतृत्वमा रहेको अनुगमन टोलीले चौदण्डीगढी नगरपालिकाभित्रका औषधि पसल तथा मेडिकलमा अनुगमन गरेको छ । अनुगमन टोलीले स्थानीय पाथिभरा डेन्टल क्लिनिक, शुभम डेन्टल प्रालि, दिव्यान्स फार्मेसीलाई समेत जरिवाना गरेको छ । दर्ता प्रमाणपत्र नभएकाले उनीहरूलाई जरिवाना गरिएको सहायक प्रजिअ पाण्डेयले बताए । अवैधानिक रूपमा मापदण्ड विपरीत सञ्चालनमा रहेकाले बीज मेडिकल हलमा भने ताला लगाइएको उनले बताए ।

सहायक प्रजिअसहित स्वास्थ्य कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय गाईघाट र चौदण्डीगढी नगरपालिकाको टोलीले संयुक्त रूपमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा पाइएका म्याद समाप्त भएका औषधि टोलीले जफत गरेको छ । उदयपुरमा सञ्चालित धेरै मेडिकल मापदण्डविपरीत सञ्चालन रहेको गुनासो आउन थालेपछि जिल्ला प्रशासनको नेतृत्वमा अनुगमन गरिएको पाण्डेयले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु
केपी शर्मा ओलीले बैठकमा पार्टीको ११ औँ महाधिवेशन आगामी मङ्सिर २७, २८ र २९ गते गर्ने प्रस्ताव
एमाले बैठकमा ५० जनाले राखे धारणा, दिए यस्ता सुझाव
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज, दिउँसो केन्द्रीय समितिको बैठक बस्दै
— कास्कीको मादी गाउँपालिका–११ बरालडाँडाका ७० वर्षीय चित्रबहादुर गुरुङ सुगर–प्रेसरका दीर्घरोगी हुन् । एक्कासि स्वास्थ्य बिग्रेपछि उनी ३ दिनदेखि पोखरा नयाँबजारस्थित गण्डकी मेडिकल कलेज (जीएमसी) को सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत थिए । उनलाई उपचारका लागि मंगलबार पोखराकै अर्को अस्पताल स्थानान्तरण गरिएको छ । जीएमसीका नर्स आन्दोलित भएपछि उनलाई अर्को अस्पताल लगिएको हो । अस्पतालबाट ...