मुख्य समाचार
विल गेट्सले भने- श्रमिक वर्गका लागि एआई खतरा, यी काममा पार्ने छ प्रभाव
विल गेट्सले भने- श्रमिक वर्गका लागि एआई खतरा, यी काममा पार्ने छ प्रभाव

: पछिल्लो समयमा एआई धेरै उन्नत भएको छ। माइक्रोसफ्टका सह–संस्थापक र अर्बपति विल गेट्सले पनि यसबारे कुरा गरेका छन्।



बिल गेट्सले आफू पनि आर्टिफिसियल इन्टेलिजेन्सको प्रगति देखेर छक्क परेको बताए। तर यो प्रविधिले अहिलेसम्म सबैभन्दा कठिन कोडिङ गर्ने काममा मानिससँग बराबरी गर्न नसकेको उनले बताए।

कठिन काममा एआई पछाडि


विल गेट्सले मानिस कोडिङबारे कुरा गर्ने गरेको भन्दै एआईले पनि सामान्य कोडिङ कार्य गर्न सक्ने बताए। तर उनले अझै पनि सबैभन्दा कठिन कार्यमा एआई धेरै पछाडि रहेको बताए। यसबारे विज्ञको फरक–फरक राय छ। केही कोही विज्ञ यो एक वा दुई वर्षमा पूर्ण रूपमा परिवर्तन हुने बताउँछन्। केही अझै एक दशक भन्दा बढी समय लाग्न सक्ने विश्वास गर्छन्।
तर एआईको यस्तो द्रुत प्रगतिले विल गेट्सलाई साँच्चै आश्चर्यचकित पारेको छ। उनले आफू एआईलाई हरेक दिन केही कठिन प्रश्न सोध्छ गरेको र एआईले सही उत्तर मात्र नभई सारांशमा पनि प्रस्तुत गर्ने गरेको बताए।

एआईले यी काममा पार्ने छ प्रभाव
गेट्सले एआईले जागिरमा पार्ने प्रभावबारे पनि कुरा गरे। उनले एआईले टेलिसेल्स वा टेलि–सपोर्ट जस्ता काममा मानिसलाई प्रतिस्थापन गर्न सक्छ। सस्तो मात्र नभएर यसले अझ कुशलतापूर्वक काम गर्दछ। उनले प्यारालिगल वा एन्ट्री–लेभल एकाउन्टेन्ट जस्ता ढाँचा पहिचान आवश्यक पर्ने जागिरमा पनि एआईले असर पार्न सक्ने बताए।

एआईले श्रमिक वर्गका लागि खतरा
विल गेट्सले ब्लू–कलर जागिरबारे पनि ठुलो कुरा भनेका छन्। रोबोटिक हतियारहरू अहिले त्यति राम्रो नभएको भन्दै गेट्सले सुधार हुँदै जाँदा यस क्षेत्रमा पनि ठुला परिवर्तन देख्न सकिने बताए। थाहा नभएकाहरूका लागि ब्लू–कलर जागिर ती जागिर हुन् जसमा शारीरिक श्रम समावेश हुन्छ। जस्तै उत्पादन, निर्माण, खानी र कृषि आदि।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम