मुख्य समाचार
ब्राजिल कोपा अमेरिका च्याम्पियन
ब्राजिल कोपा अमेरिका च्याम्पियन

— ब्राजिलले वुमेन्स कोपा अमेरिकाको उपाधि आइतबार रक्षा गरेको छ । उसले फाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ५–४ ले हरायो । निर्धारित र अतिरिक्त समयको खेल ४–४ को बराबरीमा समाप्त भएको थियो । ब्राजिलले दक्षिण अमेरिकी महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जितेको यो नवौंपल्ट हो ।


फाइनल पूर्णतः उतारचढावपूर्ण रह्यो । इक्वेडरको स्टाडियो रोड्रिग्व पाज डेलगाडोमा भएको फाइनलमा कोलम्बियाले तीनपल्ट अग्रता लिएको थियो र प्रत्येक अवसरमा ब्राजिल खेलमा फर्कन सफल रह्यो । ब्राजिलका लागि मार्टाले दोस्रो हाफको इन्ज्युरी समयको छैटौं मिनेटमा बराबरी गोल गरिन् । उनले १ सय ५ औं मिनेटमा पनि अर्को गोल थपिन् र पहिलोपल्ट ब्राजिललाई अगाडि राखिन् । तर लेसी सान्टोसले बहादुर कोलम्बियाका लागि बराबरी गोल गरिन् ।

जितपछि ब्राजिली खेलाडी अमान्डा गुटिरेसले भनिन्, ‘मलाई लाग्छ, महिला फुटबल अगाडि अझ बढी विस्तार भइरहेको छ । यसले अन्तर्राष्ट्रिय महिला फुटबललाई अझ बढी प्रतिस्पर्धात्मक बनाएको छ । महिला फुटबललाई अझ बढी लोकप्रिय बनाउन आजको फाइनलजस्तै खेल आवश्यक हुन्छ । यसका लागि सबै खेलाडी हकदार छन् । हामीले यहाँनिर कोलम्बियाली टिमलाई पनि धन्यवाद दिनुपर्छ ।’

दुवै टिमले सुरुदेखि आक्रामक खेलेको थियो । पहिलो गोलका लागि भने २५ मिनेट कुर्नुपरेको थियो र कोलम्बियाका लागि लिनडा काइसेडोले गोलको खाता खोलिन् । पहिलो हाफको अन्त्यतिर एन्जेलिनाले पेनाल्टीबाट गोल गरिन् र खेल बराबरीमा ल्याइन् । खेलले ६९ औं मिनेट छुँदा कोलम्बिया फेरि अग्रता लिन सफल रह्यो, यद्यपि यो ब्राजिली खेलाडी तारसिनाको नाममा आत्मघाती गोल रह्यो ।

त्यसको दस मिनेटपछि गुटिरेसले ब्राजिलका लागि फेरि बराबरी गोल गरिन् । यो उनको प्रतियोगितामा छैटौं व्यक्तिगत गोल रह्यो । यस्तोमा कोलम्बिया आफ्नो महिला फुटबलको इतिहासमै पहिलो महादेशीय उपाधि नजिक देखिएको थियो । तर खेलको अन्त्यतिर आएकी सब्टिच्युट खेलाडी मार्टाले बराबरी गोल फर्काइन् । यससँगै खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो ।

मार्टाले फेरि गोल गरिन् तर यसपल्ट बराबरी गोल फर्काउने काम कोलम्बियाको रह्यो र यो सान्टोसको नाममा रह्यो । टाइब्रेकरमा पनि कोलम्बियाले नै सुरुआती अग्रता लिएको थियो तर फेरि एकपल्ट त्यसलाई कायम राख्न सकेन । सडन डेथमा कोलम्बियाका लागि काराबाली गोल गर्न चुकिन् र यससँगै ब्राजिल कीर्तिमान नवौंपल्ट उपाधि आफ्ना नाममा लेखाउन सक्षम भयो ।

ब्राजिलले पेरिस ओलम्पिक २०२४ मा रजत पदक जितेपछि ३९ वर्षे मार्टाले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएकी थिइन् । तर ब्राजिलका व्यवस्थापक आर्थुस इलिएसले मेमा कोपा अगाडि भएको मैत्रीपूर्ण खेलका लागि डाकेर मार्टालाई राष्ट्रिय टोलीमा फिर्ता बोलाएका थिए ।

पेनाल्टी सुटआउटमा दुवैले पहिलो ६ मध्येको ४ पेनाल्टीमा गोल गरेका थिए । मार्टाले पेनाल्टी सुटआउटमा ब्राजिललाई जिताउने अवसर पाएकी थिइन् । तर उनको पेनाल्टी प्रहारलाई विपक्षी टोलीका गोलरक्षक क्याथरिन टापिआले जोगाएकी थिइन् । मार्टा नै प्रतियोगिताको उत्कृष्ट खेलाडीमा चुनिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...