मुख्य समाचार
म्यान्माको रुबी खानीमा सेनाद्वारा हवाई हमला, १३ को मृत्यु
म्यान्माको रुबी खानीमा सेनाद्वारा हवाई हमला, १३ को मृत्यु

— म्यान्माको सेनाप्रति बफादार (जुन्टा) सरकारले विद्रोहीको कब्जामा रहेको रुबी खानी क्षेत्रमा शनिबार गरेको हवाई हमलामा परी कम्तीमा १३ जनाको मृत्यु भएको सशस्त्र विपक्षी समूहका प्रवक्ताले बताएका छन् ।


२०२१ मा सेनाले सत्ता कब्जा गरेयता म्यान्मामा गृहयुद्ध चर्किएको छ । म्यान्माका प्रजातन्त्र समर्थक समूहहरूले लामो समयदेखि सक्रिय जातीय सशस्त्र समूहहरूसँग नागरिकका सार्वजनिक सरोकारका विषयमा ठाउँ–ठाउँमा सहकार्य गरिरहेका छन् । रुबी व्यापारको केन्द्रसहित मोगोक सहरमा सेनाले गरेको कारबाहीमा खासै प्रभाव नपारे पनि २०२३ को अन्त्यमा सुरु भएको संयुक्त आक्रमणले भने मोगोकसहित धेरै क्षेत्रहरू कब्जा गर्न सफल भएको छ ।

म्यान्माका बहुमूल्य पत्थर र दुर्लभ खनिज तत्त्वहरूका लागि धनी मानिन्छ । सेनाले उक्त क्षेत्रमा आफ्नो उपस्थिति देखाउन चिनियाँ हतियारको सहयोग लिएको छ । सुरक्षाको कारण देखाउँदै नाम नबताउने सर्तमा एक स्थानीयले स्थानीय समयअनुसार बिहान सवा ८ बजे भएको हमलामा परी सात जनाको घटनास्थलमा नै मृत्यु भएको र ६ जना घाइतेको उपचारका क्रममा मृत्यु भएको बताए । उनका अनुसार मृत्यु हुनेमा एक बौद्ध भिक्षु र मोटरसाइकलमा सवार बाबुछोरा पनि परेका थिए । ती प्रत्यक्षदर्शीले भने, ‘सो क्षेत्रबाट अघि बढिरहेको एउटा कार पनि हमलामा पर्दा चालकसहित सात जना घाइते भएका थिए ।’

चार वर्षअघि आङ सान सुकीको सरकार अपदस्थपछि घोषणा गरिएको आपत्कालीन अवस्थालाई जुन्टाले बिहीबार अन्त्य गरेको छ भने डिसेम्बरमा हुने निर्वाचनलाई द्वन्द्वका लागि तयारीको रणनीतिको संज्ञा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर दुर्घटना भएको थियो । मथुराका एसएसपी श्लोक कुमारका अनुसार दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । एसएसपी श्लोक कुमारका अनुसार यमुना एक्सप्रेसवेमा ८ ...
। ब्राजिलको गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ । आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढलेर टुक्रा टुक्रा भएको छ । यो अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो । स्थानीय प्रशासनका अनुसार मूर्ति ढल्दा कुनै पनि किसिमको मानवीय क्षति भएको छैन । गुआइबामा सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आँधी आएको ...
। ‘अवतार ३’ रिलिज हुन केही दिन बाँकी रहँदा प्रतिष्ठित अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले हलिउडका महान निर्देशक जेम्स क्यामरुनलाई अर्बपतिको रुपमा घोषणा गरेको छ । यो सिक्वेल क्यामरुनको ब्लकबस्टर ‘अवतार’ फ्रान्चाइजीको तेस्रो फिल्म हो, जसमा सन् २००९ को “अवतार’ (२.९ बिलियन डलरको साथ सबै समयको सबैभन्दा धेरै कमाउने फिल्म) र सन् २०२२ को “अवतार : द ...
। थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ । थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउँदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारहरूसँगको साक्षातकारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा ‘इमानदारीपूर्वक’ सहयोग गर्नुपर्ने बताएका छन् । यस ...
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...