मुख्य समाचार
म्यान्माको रुबी खानीमा सेनाद्वारा हवाई हमला, १३ को मृत्यु
म्यान्माको रुबी खानीमा सेनाद्वारा हवाई हमला, १३ को मृत्यु

— म्यान्माको सेनाप्रति बफादार (जुन्टा) सरकारले विद्रोहीको कब्जामा रहेको रुबी खानी क्षेत्रमा शनिबार गरेको हवाई हमलामा परी कम्तीमा १३ जनाको मृत्यु भएको सशस्त्र विपक्षी समूहका प्रवक्ताले बताएका छन् ।


२०२१ मा सेनाले सत्ता कब्जा गरेयता म्यान्मामा गृहयुद्ध चर्किएको छ । म्यान्माका प्रजातन्त्र समर्थक समूहहरूले लामो समयदेखि सक्रिय जातीय सशस्त्र समूहहरूसँग नागरिकका सार्वजनिक सरोकारका विषयमा ठाउँ–ठाउँमा सहकार्य गरिरहेका छन् । रुबी व्यापारको केन्द्रसहित मोगोक सहरमा सेनाले गरेको कारबाहीमा खासै प्रभाव नपारे पनि २०२३ को अन्त्यमा सुरु भएको संयुक्त आक्रमणले भने मोगोकसहित धेरै क्षेत्रहरू कब्जा गर्न सफल भएको छ ।

म्यान्माका बहुमूल्य पत्थर र दुर्लभ खनिज तत्त्वहरूका लागि धनी मानिन्छ । सेनाले उक्त क्षेत्रमा आफ्नो उपस्थिति देखाउन चिनियाँ हतियारको सहयोग लिएको छ । सुरक्षाको कारण देखाउँदै नाम नबताउने सर्तमा एक स्थानीयले स्थानीय समयअनुसार बिहान सवा ८ बजे भएको हमलामा परी सात जनाको घटनास्थलमा नै मृत्यु भएको र ६ जना घाइतेको उपचारका क्रममा मृत्यु भएको बताए । उनका अनुसार मृत्यु हुनेमा एक बौद्ध भिक्षु र मोटरसाइकलमा सवार बाबुछोरा पनि परेका थिए । ती प्रत्यक्षदर्शीले भने, ‘सो क्षेत्रबाट अघि बढिरहेको एउटा कार पनि हमलामा पर्दा चालकसहित सात जना घाइते भएका थिए ।’

चार वर्षअघि आङ सान सुकीको सरकार अपदस्थपछि घोषणा गरिएको आपत्कालीन अवस्थालाई जुन्टाले बिहीबार अन्त्य गरेको छ भने डिसेम्बरमा हुने निर्वाचनलाई द्वन्द्वका लागि तयारीको रणनीतिको संज्ञा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम