मुख्य समाचार
किसानको उत्पादन सिधै खरिद गर्न धनुषाको ढल्केवरमा ‘कलेक्सन सेन्टर’ बन्ने भएको छ
किसानको उत्पादन सिधै खरिद गर्न धनुषाको ढल्केवरमा ‘कलेक्सन सेन्टर’ बन्ने भएको छ

: किसानको उत्पादन सिधै खरिद गर्न धनुषाको ढल्केवरमा ‘कलेक्सन सेन्टर’ बन्ने भएको छ। शनिबार ढल्केवरमा आयोजित ‘नेपालको कृषि रुपान्तरण: फ्रम सोयल टु सक्सेस’ विषयक एकदिने अन्तरक्रिया तथा छलफल कार्यक्रममा राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले ढल्केवरमा कलेक्सन सेन्टर निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने योजना अघि सारेको हो।



कृषि क्षेत्रको नीति निर्माणलाई व्यवस्थित र प्रभावकारी बनाउन निरन्तर पहल गर्दै आएको उल्लेख गर्दै कम्पनीका अध्यक्ष विशाल हुमागाईले यहाँका गुणस्तरीय उपज किसानहरूसँग खरिद गर्नको लागि ‘बाई ब्याक ग्यारेन्टी’ गरिने विश्वास दिलाए।


किसानहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न पहल तथा योगदान गरिने उनको भनाइ थियो। उपभोक्ताको भान्सा खर्च कम गर्नका लागि उपज खरिदमा विशेष छुट तथा सहुलियतको योजना समेत ल्याइने अध्यक्ष हुमागाईले जनाए।


कृषि क्षेत्रको समग्र रुपान्तरण, सम्भावित लगानीका अवसरहरूको पहिचान तथा दीर्घकालीन रणनीतिक योजना निर्माणको उद्देश्यले आयोजित कार्यक्रमले कृषक सशक्तीकरण, कृषि व्यवसाय विस्तार र आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास लिएको कम्पनीका सेल्स एण्ड मार्केटिङ म्यानेजर अजय कुमार सिंहले बताए।

कम्पनीका प्रादेशिक कार्यालय जनकपुरका प्रमुख रविन्द्र कुमार पजियारले अनुभवी कृषक, नीति निर्माता, निजी क्षेत्रका लगानीकर्ता तथा कृषि विज्ञहरूको सहभागितामा भएको अन्तरक्रिया तथा छलफलले नवप्रवर्तन, साझेदारी र लगानीका नयाँ ढोका खोल्ने अपेक्षा गरिएको विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरको नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले साविककै आकारमा रङमा परिवर्तन गरेर नयाँ विशेषतासहितको ‘सिरिज २०२५’ को १ हजार रुपैयाँको नोट चलनचल्तीमा ल्याएको जनाएको छ। एक सूचना जारी गर्दै राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आजदेखि नयाँ नोट चलनचल्तीमा आउने जानकारी दिएको छ। नयाँ नोटमा बैजनी रङको ...
। भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार प्रतिनिधिसभामा बाढीपछिको अवस्था र मन्त्रालयले गरिरहेको कामबारे जानकारी दिँदै समग्र ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि उक्त रकम आवश्यक पर्ने प्रारम्भिक मूल्यांकन भएको बताए ...
। नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन थालेका छन् । लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन चेकपोस्टका अनुसार कोरला नाकाबाट चार हुल भेडाच्याङ्ग्रा नेपाल भित्रिएको हो । गत वर्षको भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यहाँस्थित नेपाल–चीन उत्तरी कोरला नाकाबाट कानुनी प्रावधानअनुसार तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल भित्रिन थालेका हुन् । पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशुचिकित्सक ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी र व्यापारका पर्याप्त अवसर रहेको बताएका छन् । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री वाग्लेले नेपालमा रहेको लगानीको अवसरलाई सदुपयोग गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ । नयाँदिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई)द्वारा शनिबार आयोजित व्यापार तथा लगानी अन्तर्क्रियामा अर्थमन्त्री वाग्लेले उदीयमान ...
। सरकारले धितोपत्रको कारोबारमा हुने लाभमा लाग्ने पुँजीगत लाभ कर घटाउने भएको छ । अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ मार्फत सेयर कारोबारमा पुँजीगत लाभकर अधिकतम ५ प्रतिशत कायम गर्ने घोषणा गरेको हो । कार्ययोजना अनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको सेयरको हकमा व्यक्तिको हकमा तीन सय पैंसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम