मुख्य समाचार
किसानको उत्पादन सिधै खरिद गर्न धनुषाको ढल्केवरमा ‘कलेक्सन सेन्टर’ बन्ने भएको छ
किसानको उत्पादन सिधै खरिद गर्न धनुषाको ढल्केवरमा ‘कलेक्सन सेन्टर’ बन्ने भएको छ

: किसानको उत्पादन सिधै खरिद गर्न धनुषाको ढल्केवरमा ‘कलेक्सन सेन्टर’ बन्ने भएको छ। शनिबार ढल्केवरमा आयोजित ‘नेपालको कृषि रुपान्तरण: फ्रम सोयल टु सक्सेस’ विषयक एकदिने अन्तरक्रिया तथा छलफल कार्यक्रममा राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडले ढल्केवरमा कलेक्सन सेन्टर निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने योजना अघि सारेको हो।



कृषि क्षेत्रको नीति निर्माणलाई व्यवस्थित र प्रभावकारी बनाउन निरन्तर पहल गर्दै आएको उल्लेख गर्दै कम्पनीका अध्यक्ष विशाल हुमागाईले यहाँका गुणस्तरीय उपज किसानहरूसँग खरिद गर्नको लागि ‘बाई ब्याक ग्यारेन्टी’ गरिने विश्वास दिलाए।


किसानहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न पहल तथा योगदान गरिने उनको भनाइ थियो। उपभोक्ताको भान्सा खर्च कम गर्नका लागि उपज खरिदमा विशेष छुट तथा सहुलियतको योजना समेत ल्याइने अध्यक्ष हुमागाईले जनाए।


कृषि क्षेत्रको समग्र रुपान्तरण, सम्भावित लगानीका अवसरहरूको पहिचान तथा दीर्घकालीन रणनीतिक योजना निर्माणको उद्देश्यले आयोजित कार्यक्रमले कृषक सशक्तीकरण, कृषि व्यवसाय विस्तार र आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास लिएको कम्पनीका सेल्स एण्ड मार्केटिङ म्यानेजर अजय कुमार सिंहले बताए।

कम्पनीका प्रादेशिक कार्यालय जनकपुरका प्रमुख रविन्द्र कुमार पजियारले अनुभवी कृषक, नीति निर्माता, निजी क्षेत्रका लगानीकर्ता तथा कृषि विज्ञहरूको सहभागितामा भएको अन्तरक्रिया तथा छलफलले नवप्रवर्तन, साझेदारी र लगानीका नयाँ ढोका खोल्ने अपेक्षा गरिएको विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गुगलको पिक्सल १० सिरिजको डिभाइसले एप्पलको एयरड्रप पनि सर्पोट गर्नेछ । एन्ड्रोइडबाट आइफोन र आइफोनबाट एन्ड्रोइडमा सिफ्ट हुनु धेरैका लागि कठिन हुन्छ । मुभ टु आईओएसजस्ता एप्सले पहिलेको दाँजोमा डाटा ट्रान्सफरलाई केही सहज बनाइदिएका छन्, तर अझै पनि केही कठिनाई कायम छन् । पुरानो फोनबाट नयाँमा डाटा ट्रान्सफर गर्नमै घण्टौं लाग्नसक्छ । तर अब यी सबै ...
। नेपाल उद्योग परिसंघ (सीएनआई) र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा सञ्चालित मेक इन नेपाल–स्वदेशी अभियानले उद्योग विभागको सहयोग एवम् समन्वयमा स्वदेशी बजार २०२५ आयोजना गर्ने भएको छ । आगामी डिसेम्बर १३ (२७ मंसिर) शनिबार अन्तर्राष्ट्रिय क्लब, सानेपा, ललितपुरमा सञ्चालन हुने एकदिने प्रदर्शनीले नेपालमै बनेका उत्पादन–नेपालकै पहिचान भन्ने अवधारणामा गुणस्तरीय नेपाली उत्पादनको प्रबर्द्धन, स्वदेशी उद्योग ...
चैते धान उत्पादनमा वृद्धिमात्र होइन, क्षेत्रफल र उत्पादकत्वमा समेत उल्लेख्य वृद्धि भएको सरकारी तथ्यांक
— आन्तरिक रूपमा मालवस्तु ढुवानीमा कर तथा शुल्क नलगाउन संघीय सरकारले प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ । प्रदेश सरकार र स्थानीय तहले एक प्रदेशबाट अर्को प्रदेश वा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने वस्तुको ढुवानी वा सेवाको विस्तारमा कुनै पनि किसिमको कर र शुल्क लगाउन पाउने कानुनी व्यवस्था नहरेको भन्दै संघीय सरकारको ...
— मुलुकको प्रमुख स्थलनाका वीरगन्जबाट चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा आयात करिब २० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात र निर्यात दुवैमा वृद्धि भएको हो । तर आयातको तुलनामा निर्यातमा उल्लेख्य वृद्धि भएपछि यो नाकाबाट व्यापार घाटामा कमी आएको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आवको प्रथम चौमासिकमा यो नाका ...