मुख्य समाचार
साउदी अरबियाको दमाम-काठमाडौं, काठमाडौं-दमाम नियमित रूपमा हप्तामा ३ उडान गर्ने
साउदी अरबियाको दमाम-काठमाडौं, काठमाडौं-दमाम नियमित रूपमा हप्तामा ३ उडान गर्ने

: नेपाल एयरलाइन्सले भोलिदेखि साउदीबाट हप्तामा ३ उडान गर्ने भएको छ। साउदी अरबियाको दमाम-काठमाडौं, काठमाडौं-दमाम नियमित रूपमा हप्तामा ३ उडान भर्ने भएको हो। उडान आइतबार, मंगलबार र बिहीबार हुनेछ।



नेपाल एयरलाइन्सका साउदी कन्ट्री म्यानेजर अन्जु शर्मा मरासिनीका अनुसार हप्तामा तीन पटक उडान हुने बताइन्। यात्रुको बढ्दो चापलाई मध्यनजर गर्दै सो उडान गर्न लागेको उनको भनाइ छ।


यात्रुहरूका लागि टिकटमा ४० केजी चेक-इन लगेज र ७ केजी ह्यान्ड क्यारीको सुविधा, उडानको समय खाना, टिकट मिति परिवर्तन, टिकट रिफन्ड, सिट चयन र अतिरिक्त ब्याग खरिद जस्ता सुविधाहरू उपलब्ध रहेको बताइन। हाललाई एयरलाइन्सको एकातर्फ भाडा दमाम-काठमाडौं १६ हजार ७ सय रुपैयाँ र काठमाडौं-दमाम ३२ हजार ८ सय रुपैयाँसम्म रहेको बताइन्।


साउदीको रियाद सहरबाट पनि पुन उडान सञ्चालनका लागि सम्बन्धित निकायसँग छलफलको अन्तिम चरणमा पुगेको बताइन्। नेपाली राजदूत डा.नरेश विक्रम ढकालले साउदीमा लगभग ४ लाख नेपाली रहेकाले हप्तामा ३ उडान हुनु निकै राम्रो भएको बताए।

नेपाली समुदायलाई उडानमा सहजीकरण भएको र अन्य थप सहरबाट पनि उडानका लागि आफू लगायत दूतावासले सम्बन्धित निकायसँग छलफल गरी आवश्यक प्रक्रिया अघि बढाउने उनको भनाइ छ।

यसअघि विभिन्न कारणले साउदीको रियाद काठमाडौं उडान बन्द भएको थियो। साथै नेपाल कार्गो लैजानको लागि कार्गो एग्रिमेन्ट नभएको कारण साउदी अरबमा मृत्यु भएका नेपालीहरूको शवहरू एयरलाइन्सबाट लान समस्या देखिएकोले सम्बन्धित निकायसँग छलफल भइरहेको समेत बताइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गुगलको पिक्सल १० सिरिजको डिभाइसले एप्पलको एयरड्रप पनि सर्पोट गर्नेछ । एन्ड्रोइडबाट आइफोन र आइफोनबाट एन्ड्रोइडमा सिफ्ट हुनु धेरैका लागि कठिन हुन्छ । मुभ टु आईओएसजस्ता एप्सले पहिलेको दाँजोमा डाटा ट्रान्सफरलाई केही सहज बनाइदिएका छन्, तर अझै पनि केही कठिनाई कायम छन् । पुरानो फोनबाट नयाँमा डाटा ट्रान्सफर गर्नमै घण्टौं लाग्नसक्छ । तर अब यी सबै ...
। नेपाल उद्योग परिसंघ (सीएनआई) र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा सञ्चालित मेक इन नेपाल–स्वदेशी अभियानले उद्योग विभागको सहयोग एवम् समन्वयमा स्वदेशी बजार २०२५ आयोजना गर्ने भएको छ । आगामी डिसेम्बर १३ (२७ मंसिर) शनिबार अन्तर्राष्ट्रिय क्लब, सानेपा, ललितपुरमा सञ्चालन हुने एकदिने प्रदर्शनीले नेपालमै बनेका उत्पादन–नेपालकै पहिचान भन्ने अवधारणामा गुणस्तरीय नेपाली उत्पादनको प्रबर्द्धन, स्वदेशी उद्योग ...
चैते धान उत्पादनमा वृद्धिमात्र होइन, क्षेत्रफल र उत्पादकत्वमा समेत उल्लेख्य वृद्धि भएको सरकारी तथ्यांक
— आन्तरिक रूपमा मालवस्तु ढुवानीमा कर तथा शुल्क नलगाउन संघीय सरकारले प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ । प्रदेश सरकार र स्थानीय तहले एक प्रदेशबाट अर्को प्रदेश वा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने वस्तुको ढुवानी वा सेवाको विस्तारमा कुनै पनि किसिमको कर र शुल्क लगाउन पाउने कानुनी व्यवस्था नहरेको भन्दै संघीय सरकारको ...
— मुलुकको प्रमुख स्थलनाका वीरगन्जबाट चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा आयात करिब २० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात र निर्यात दुवैमा वृद्धि भएको हो । तर आयातको तुलनामा निर्यातमा उल्लेख्य वृद्धि भएपछि यो नाकाबाट व्यापार घाटामा कमी आएको छ । वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आवको प्रथम चौमासिकमा यो नाका ...