मुख्य समाचार
भारत र इङ्ग्ल्याण्डबीचको एन्डरसन–तेन्डुलकर ट्रफी २०२५ को अन्तिम टेस्ट खेल लन्डनको ओभल क्रिकेट मैदानमा
भारत र इङ्ग्ल्याण्डबीचको एन्डरसन–तेन्डुलकर ट्रफी २०२५ को अन्तिम टेस्ट खेल लन्डनको ओभल क्रिकेट मैदानमा

: भारत र इङ्ग्ल्याण्डबीचको एन्डरसन–तेन्डुलकर ट्रफी २०२५ को अन्तिम टेस्ट खेल लन्डनको ओभल क्रिकेट मैदानमा भइरहेको छ। यस खेलको चौथो दिन आइतबार समाप्त भएको छ।



इङ्ग्ल्याण्डको स्कोर ३३९ रन छ र यसले ६ विकेट गुमाएको छ। जेमी ओभरटन ० र जेमी स्मिथ २ रनमा अविजित छन्। इङ्ग्ल्याण्ड जितबाट ३५ रन टाढा छ। भारतलाई चार विकेट आवश्यक छ।


अब यो खेलको फैसला पाँचौं दिनमा हुनेछ। वर्षाका कारण चौथो दिनको खेल चाँडै समाप्त गर्नुपरेको थियो।


खेलमा भारतीय टोलीले इङ्ल्यान्डलाई जितका लागि ३७४ रनको लक्ष्य दिएको छ। भारतीय टोलीले आफ्नो पहिलो इनिङमा २२४ रन बनाएको थियो भने इङ्ल्यान्डले आफ्नो पहिलो इनिङमा २४७ रन बनाएको थियो। पहिलो इनिङको आधारमा इङ्ल्यान्डले २३ रनको थोरै अग्रता लिएको थियो। त्यसपछि भारतीय टोलीको दोस्रो इनिङ ३९६ रनमा समाप्त भयो।

शुभमन गिलको नेतृत्वमा रहेको भारतीय टोलीका लागि यो खेल धेरै महत्त्वपूर्ण छ । यो खेल जितेमा मात्र भारतीय टोलीले पाँच खेलको टेस्ट शृङ्खला बराबरी गर्न सक्षम हुनेछ। यदि ओभल टेस्ट बराबरीमा सकियो वा इङ्ल्यान्डले जित्यो भने भारतीय टोलीले शृङ्खला गुमाउनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...