मुख्य समाचार
चीनकी १२ वर्षीया बालिकाले रचिन् इतिहास
चीनकी १२ वर्षीया बालिकाले रचिन् इतिहास

: चिनियाँ विद्यार्थी यु झिदी विश्व एक्वाटिक्स च्याम्पियनसिपमा पदक जित्ने इतिहासकै सबैभन्दा कान्छो पौडी खेलाडी बनेकी छन्। चिनियाँ टोलीले रिले प्रतियोगितामा कांस्य पदक जित्यो।



१२ वर्षीया यु झिदीले यस हप्ता महिला ४ः२०० मिटर फ्रिस्टाइल रिलेको प्रिलिमिनेरी (हिट्स)मा भाग लिइन्। यद्यपि उनले बिहीबारको फाइनलमा भाग लिइनन्। तर प्रिलिमिनेरीमा पौडी खेलेकाले उनलाई पदकको लागि योग्य मानिएको हो।


सिंगापुरमा भएको फाइनल खेलमा चिनियाँ टोली तेस्रो भयो। अष्ट्रेलिया पहिलो र अमेरिका दोस्रो भयो।


योसँगै यु झिदी पछिल्लो ९० वर्षमा कुनै पनि प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने सबैभन्दा कान्छी खेलाडी बनेकी छन्। यसअघि, १९३६ को ओलम्पिकमा डेनमार्ककी इन्गे सोरेनसेनले आफ्नो १२ औँ जन्मदिनको एक महिनाभन्दा कम समयमा २०० मिटर ब्रेस्टस्ट्रोकमा कांस्य पदक जितेकी थिइन्।

‘यो एकदमै भावनात्मक क्षण हो र यसले साँच्चै राम्रो महसुस भएको छ,’यु झिदीले भने।

अक्टोबरमा १३ वर्ष पुग्ने छात्रा यु झिदी बिहीबार महिला २०० मिटर बटरफ्लाइ फाइनलमा पदक जित्ने नजिक पुगिन्। तर थोरै अन्तरले चौथो स्थानमा रहिन्।

सोमबार भएको व्यक्तिगत मेडले फाइनलमा यु झिदीले पनि पदक जित्नबाट ०.०६ सेकेन्डले चुकिन् र चौथो स्थानमा रहिन्।

मे महिनाको सुरुमा युले २०० मिटर व्यक्तिगत मिडलेमा १२ वर्षका बालबालिकाका लागि विश्व कीर्तिमान कायम गरिन्। उनले केवल २ मिनेट १०.६३ सेकेन्डमा दूरी पूरा गरिन्। उनको प्रदर्शन पछि वर्ल्ड एक्वाटिक्स संस्थाले उनलाई सामाजिक सञ्जालमा सनसनीको संज्ञा दियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...