मुख्य समाचार
खेलकुदमन्त्री तेजुलाल चौधरीले भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला निर्माणको कार्य अगाडि बढाइएको बताए
खेलकुदमन्त्री तेजुलाल चौधरीले भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला निर्माणको कार्य अगाडि बढाइएको बताए

: खेलकुदमन्त्री तेजुलाल चौधरीले भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको फुटबल रंगशाला निर्माणको कार्य अगाडि बढाइएको बताएका छन्।



शुक्रबार सिंहदरबारमा आफ्नो एक वर्षको कार्यविवरण सार्वजनिक गर्दै मन्त्री चौधरीले भक्तपुरमा ५० हजार सिट क्षमता भएको फुटबल रंगशाला निर्माणको कार्य अगाडि बढाइएको जानकारी दिए। उनले आफ्नो कार्यकालमा राष्ट्रिय खेलकुद नीति, राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लाई समसामयिक संशोधन गर्न बनेको विद्येयक संसदमा दर्ता गरिएको, नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको कार्यविधि २०८२ को मस्यौदा तयारी भएको जानकारी दिए।


मन्त्री चोधरीले जापानमा हुने २०औं एसियाली खेलकुद प्रतियोगिताका लागि मिसन २०२६ खेलाडी प्रशिक्षणअन्तर्गत १० खेलका ८५ जना खेलाडी र १९ जना प्रशिक्षक गरी जम्मा १०४ जनालाई विशेष प्रशिक्षण सञ्चालन भइरहेको बताए। मूलपानी क्रिकेट रंगशाला, काठमाडौं र गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, मोरङको डिपिआर सम्पन्न भएको, कीर्तिपुर क्रिकेट मैदानको निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले बताए।


मन्त्री चौधरीले अहिले २७ मध्ये १६ वटा खेलकुद संघले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको जानकारी दिँदै उक्त संघहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन सरकारले नै सहजीकरण गर्ने बताए। ओलम्पिक कमिटीले गैरकानुनीरूपमा आफ्नो काम गरिरहेको बताउँदै उनले छिटै तदर्थ समिति गठन गर्ने समेत बताए।

मन्त्री चौधरीले छिट्टै राष्ट्रिय खेलकुदको मिति तय हुने र तोकिएको मितिमा नै प्रतियोगिता सम्पन्न गर्ने दाबी गरे। उनले अन्तर्राष्ट्रिय भलिबल कवर्डहल निर्माणका लागि काठमाडौं उपत्यकाभित्र जग्गा प्राप्तिको कार्य छिट्टै हुने उल्लेख गरे। नेपालको दोस्रो पुरानो रंगशाला नारायणी रंगशाला र नारायणी कभर्ड हल निर्माणको कार्य अगाडि बढेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) स्थगित भएको छ । इन्फिनिटी ड्रिम्स प्रालिले मंगलबार सामाजिक सञ्जालमार्फत हालको परिस्थितिमा परिस्थितिमा पीडित परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै लिग स्थगित गर्ने निर्णय भएको जनाएको छ । यसअघि तेस्रो संस्करणको इडब्लुभीएल आउँदो १५–२४ असोजमा दशरथ रंगशाला कभर्डहलमा आयोजना गर्ने निर्णय गरेको थियो । बुधबार रसुवामा आएको बाढीका कारण उत्पन्न ...
। नेपाल भलिबल लिग (एनभीएल) का लागि कर्णाली शिवराजले दोस्रो विदेशी खेलाडीका रूपमा बेलारुसका आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गरेको छ । आउटसाइड हिटर पोजिसनमा खेल्ने कुड्रासोउको आगमनसँगै कर्णाली शिवराजको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको टोलीले जनाएको छ । यसअघि कर्णाली शिवराजले पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।
: अर्जेन्टिनाका कप्तान एवं विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि राष्ट्रिय टिममा बिताएको यात्रापछि मेसीले आफूले अब राष्ट्रिय टिमलाई थप दिन बाँकी नरहेको भन्दै संन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य जारी गर्दै यो निर्णय आफ्ना लागि निकै पीडादायी भए पनि अब समय आएको महसुस गरेको ...
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...