मुख्य समाचार
दक्षिण अफ्रिकी टिमका पूर्वकप्तान तथा उत्कृष्ट ब्याटर एबी डीभिलिर्यसले नेपाली टिमको खुलेर प्रशंसा
दक्षिण अफ्रिकी टिमका पूर्वकप्तान तथा उत्कृष्ट ब्याटर एबी डीभिलिर्यसले नेपाली टिमको खुलेर प्रशंसा

: दक्षिण अफ्रिकी टिमका पूर्वकप्तान तथा उत्कृष्ट ब्याटर एबी डीभिलिर्यसले नेपाली टिमको खुलेर प्रशंसा गरेका छन्। भारतीय पत्रकार शुभाङ्कर मिश्रसँगको कुराकानीमा उनले नेपाली राष्ट्रिय क्रिकेट टिमले लामो दुरी तय गर्ने बताएका हुन्।



उनी भन्छन्, ‘नेपालको टिम निकै राम्रो टिम हो। यो टिमले लामो दुरी तय गर्नेछ।’ उनले नेपाली टिमलाई अझ धेरै एक्सपोजर चाहिएको बताए।


मिश्रले २०२४ को विश्वकपमा नेपाली टिमले दक्षिण अफ्रिकालाई निकै कडा प्रतिस्पर्धा दिएको प्रशंग जोड्दै डिर्भिलियर्सलाई प्रश्न सोधेका थिए। जवाफमा उनले भने, ‘कृपया नेपाली टिमलाई र नेपाली खेलाडीलाई अझ धेरै एक्सपोजर दिनुहोला !’


उनले विश्व क्रिकेटमा नेपाली टिम धेरै सम्भावना बोकेको भएका कारण धेरै खेलहरु खेल्नुपर्ने बताए। उनले भने, ‘नेपाली क्रिकेटलाई अहिले स्थायित्व र निरन्तर क्रिकेट चाहिएको छ।’

मिश्रले उनलाई नेपाल प्रिमियर लिग (एनपीएल) खेल्नेबारे पनि साेधेका थिए। जवाफमा उनी भन्छन्, ‘त्यति बेला मेरो तालिका मिलेन, म अहिले छोटो समयका लागि मात्रै लिगहरु खेल्ने गरेको छु।’

पहिलो सिजन आफूले खेल्न नपाए पनि आगामी सिजनहरूमा खेल्न सक्ने उनले बताए। ‘आशा छ, भविष्यमा मैले खेल्नेछु।’

२०२४ को विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...