मुख्य समाचार
ट्रम्पले रूसी पूर्वराष्ट्रपति दिमित्री मेदवेदेवले उक्साउने खालका अभिव्यक्ति दिएको भन्दै दुईवटा परमाणु पनडुब्बी ‘सही स्थान’मा तैनाथ गर्न आदेश
ट्रम्पले रूसी पूर्वराष्ट्रपति दिमित्री मेदवेदेवले उक्साउने खालका अभिव्यक्ति दिएको भन्दै दुईवटा परमाणु पनडुब्बी ‘सही स्थान’मा तैनाथ गर्न आदेश

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी पूर्वराष्ट्रपति दिमित्री मेदवेदेवले उक्साउने खालका अभिव्यक्ति दिएको भन्दै दुईवटा परमाणु पनडुब्बी ‘सही स्थान’मा तैनाथ गर्न आदेश दिएको बताएका छन् ।

रूसी पूर्वराष्ट्रपति मेदवेदेवले हालै अमेरिकाविरुद्ध टिप्पणी गरेका थिए । ट्रम्पले यसअघि नै रूसलाई युक्रेनमा युद्ध रोक्न अल्टिमेटम दिँदै नमाने कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए ।


तर ट्रम्पले ती पनडुब्बी कहाँ तैनाथ गरिएको हो भन्ने खुलाएका छैनन् । उनले भने, ‘हामीलाई धम्की दिइयो, जुन ठिक लागेन । त्यसैले सतर्क हुनुपर्‍यो, म अमेरिकाका जनताको सुरक्षाका लागि यस्तो निर्णय लिएको हुँ ।’

हालसम्म रूसी सरकारले यो विषयमा कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । तर ट्रम्पका अभिव्यक्तिपछि मस्कोको सेयर बजारमा नराम्रो असर परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।



ट्रम्प र मेदवेदेवबीच पछिल्लो समय सामाजिक सञ्जालमा तीव्र वाकयुद्ध भइरहेको छ । ट्रम्पले रूसी राष्ट्रपति भ्लोदिमिर पुटिनलाई युक्रेनविरुद्धको युद्ध रोक्न ८ अगस्टसम्मको समय दिएका छन् । पुटिनले भने युद्ध रोक्नेबारे कुनै संकेत दिएका छैनन् ।

ट्रंप र मेदवेदेवको वाकयुद्ध

रूसी पूर्वराष्ट्रपति मेदवेदेवले ट्रम्पमाथि बारम्बार ‘अल्टिमेटम’को खेल खेलेको आरोप लगाउँदै आएका छन् । सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘हरेक नयाँ अल्टिमेटम अर्को युद्धतर्फ उठेको कदम हो ।’ जुलाईको सुरुआतमा पनि मेदवेदेवले ट्रम्पका चेतावनीहरूलाई ‘नाटक’ भनेका थिए ।


उसो त मेदवेदेवका टिप्पणीको उतिखेरै जवाफ फर्काउँदै आएका छन् ट्रम्पले । पछिल्लो जवाफमा ट्रम्पले मेदवेदेवलाई ‘रूसको असफल पूर्वराष्ट्रपति’ भन्दै चेतावनी दिँदै भनेका छन्, ‘आफ्नो भाषा सच्चाऊ, तिमी खतरनाक क्षेत्रमा पाइला चाल्दै छौ ।’ मेदवेदेव सन् २००८ देखि २०१२ सम्म रूसको राष्ट्रपति थिए । युक्रेनविरुद्धको रूसी आक्रमणको पनिसमर्थन गर्दै आएका मेदवेदेवले पश्चिमा मुलुकको कडा आलोचना गर्ने गर्छन् ।

परमाणु पनडुब्बी के हो ?

परमाणु पनडुब्बी भन्नेबित्तिकै त्यसमा परमाणु बम भएको भन्ने होइन । यो पनडुब्बी साधारणजस्तै देखिन्छ, तर यसको इन्धन स्रोत फरक हुन्छ । यो युरेनियमबाट निस्किने परमाणु ऊर्जाबाट चल्छ ।

विभिन्न देशले बिजुली उत्पादन गर्न न्यूक्लियर रिएक्टर प्रयोग गर्छन्, ठीक त्यही प्रविधिबाट पनडुब्बी पनि चलेको हुन्छ ।



यो बनाउ निकै महंगो पर्छ । एउटै परमाणु पनडुब्बी बनाउन अर्बौं डलर लाग्छ र अत्यन्त अनुभवी वैज्ञानिक र विशेषज्ञ चाहिन्छ । परम्परागत डिजेलबाट चल्ने पनडुब्बीको तुलनामा परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी लामो समयसम्म तेज गतीले चल्न सक्छ ।

परम्परागत कम्बस्टन इञ्जिनको विपरीत परमाणु ऊर्जाबाट चल्ने पनडुब्बीलाई हावाको समेत आवश्यकता पर्दैन । सोही कारण पनि यसको फाइदा के भने यस्ता पनडुब्बीलाई वर्षौंसम्म इन्धन हाल्नु पर्दैन । एकपटक युरेनियम राखेपछि ३० वर्षसम्म चल्न सक्छ । यो लामो समयसम्म समुन्द्रको गहिराइमा रहन सक्छ ।

विश्वका परमाणु पनडुब्बी भएका देश

हाल चीन, भारत, अमेरिका, बेलायत, फ्रान्स र रूससँग मात्रै परमाणु शक्तिबाट चल्ने पनडुब्बी छन् । जसमध्ये अमेरिकासँग कूल ६८ वटा पनडुब्बी छन् । रूससँग २९, चीनसँग १२, बेलायतसँग ११, फ्रान्ससँग ८ र भारतसँग एउटा पनडुब्बी छ ।

अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको त्रिपक्षीय सम्झौता अनुसार अष्ट्रेलियाले पनि पहिलो पटक अमेरिकाबाट परमाणु पनडुब्बी खरिद गर्न पाउने भएको छ । चीनको प्रभाव रोक्न अमेरिकी र युरोपेली देशले समुन्द्री क्षेत्रमा पनडुब्बी तैनाथ गर्ने साझा रणनीति बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम