मुख्य समाचार
ट्रम्पले रूसी पूर्वराष्ट्रपति दिमित्री मेदवेदेवले उक्साउने खालका अभिव्यक्ति दिएको भन्दै दुईवटा परमाणु पनडुब्बी ‘सही स्थान’मा तैनाथ गर्न आदेश
ट्रम्पले रूसी पूर्वराष्ट्रपति दिमित्री मेदवेदेवले उक्साउने खालका अभिव्यक्ति दिएको भन्दै दुईवटा परमाणु पनडुब्बी ‘सही स्थान’मा तैनाथ गर्न आदेश

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी पूर्वराष्ट्रपति दिमित्री मेदवेदेवले उक्साउने खालका अभिव्यक्ति दिएको भन्दै दुईवटा परमाणु पनडुब्बी ‘सही स्थान’मा तैनाथ गर्न आदेश दिएको बताएका छन् ।

रूसी पूर्वराष्ट्रपति मेदवेदेवले हालै अमेरिकाविरुद्ध टिप्पणी गरेका थिए । ट्रम्पले यसअघि नै रूसलाई युक्रेनमा युद्ध रोक्न अल्टिमेटम दिँदै नमाने कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए ।


तर ट्रम्पले ती पनडुब्बी कहाँ तैनाथ गरिएको हो भन्ने खुलाएका छैनन् । उनले भने, ‘हामीलाई धम्की दिइयो, जुन ठिक लागेन । त्यसैले सतर्क हुनुपर्‍यो, म अमेरिकाका जनताको सुरक्षाका लागि यस्तो निर्णय लिएको हुँ ।’

हालसम्म रूसी सरकारले यो विषयमा कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । तर ट्रम्पका अभिव्यक्तिपछि मस्कोको सेयर बजारमा नराम्रो असर परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।



ट्रम्प र मेदवेदेवबीच पछिल्लो समय सामाजिक सञ्जालमा तीव्र वाकयुद्ध भइरहेको छ । ट्रम्पले रूसी राष्ट्रपति भ्लोदिमिर पुटिनलाई युक्रेनविरुद्धको युद्ध रोक्न ८ अगस्टसम्मको समय दिएका छन् । पुटिनले भने युद्ध रोक्नेबारे कुनै संकेत दिएका छैनन् ।

ट्रंप र मेदवेदेवको वाकयुद्ध

रूसी पूर्वराष्ट्रपति मेदवेदेवले ट्रम्पमाथि बारम्बार ‘अल्टिमेटम’को खेल खेलेको आरोप लगाउँदै आएका छन् । सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘हरेक नयाँ अल्टिमेटम अर्को युद्धतर्फ उठेको कदम हो ।’ जुलाईको सुरुआतमा पनि मेदवेदेवले ट्रम्पका चेतावनीहरूलाई ‘नाटक’ भनेका थिए ।


उसो त मेदवेदेवका टिप्पणीको उतिखेरै जवाफ फर्काउँदै आएका छन् ट्रम्पले । पछिल्लो जवाफमा ट्रम्पले मेदवेदेवलाई ‘रूसको असफल पूर्वराष्ट्रपति’ भन्दै चेतावनी दिँदै भनेका छन्, ‘आफ्नो भाषा सच्चाऊ, तिमी खतरनाक क्षेत्रमा पाइला चाल्दै छौ ।’ मेदवेदेव सन् २००८ देखि २०१२ सम्म रूसको राष्ट्रपति थिए । युक्रेनविरुद्धको रूसी आक्रमणको पनिसमर्थन गर्दै आएका मेदवेदेवले पश्चिमा मुलुकको कडा आलोचना गर्ने गर्छन् ।

परमाणु पनडुब्बी के हो ?

परमाणु पनडुब्बी भन्नेबित्तिकै त्यसमा परमाणु बम भएको भन्ने होइन । यो पनडुब्बी साधारणजस्तै देखिन्छ, तर यसको इन्धन स्रोत फरक हुन्छ । यो युरेनियमबाट निस्किने परमाणु ऊर्जाबाट चल्छ ।

विभिन्न देशले बिजुली उत्पादन गर्न न्यूक्लियर रिएक्टर प्रयोग गर्छन्, ठीक त्यही प्रविधिबाट पनडुब्बी पनि चलेको हुन्छ ।



यो बनाउ निकै महंगो पर्छ । एउटै परमाणु पनडुब्बी बनाउन अर्बौं डलर लाग्छ र अत्यन्त अनुभवी वैज्ञानिक र विशेषज्ञ चाहिन्छ । परम्परागत डिजेलबाट चल्ने पनडुब्बीको तुलनामा परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी लामो समयसम्म तेज गतीले चल्न सक्छ ।

परम्परागत कम्बस्टन इञ्जिनको विपरीत परमाणु ऊर्जाबाट चल्ने पनडुब्बीलाई हावाको समेत आवश्यकता पर्दैन । सोही कारण पनि यसको फाइदा के भने यस्ता पनडुब्बीलाई वर्षौंसम्म इन्धन हाल्नु पर्दैन । एकपटक युरेनियम राखेपछि ३० वर्षसम्म चल्न सक्छ । यो लामो समयसम्म समुन्द्रको गहिराइमा रहन सक्छ ।

विश्वका परमाणु पनडुब्बी भएका देश

हाल चीन, भारत, अमेरिका, बेलायत, फ्रान्स र रूससँग मात्रै परमाणु शक्तिबाट चल्ने पनडुब्बी छन् । जसमध्ये अमेरिकासँग कूल ६८ वटा पनडुब्बी छन् । रूससँग २९, चीनसँग १२, बेलायतसँग ११, फ्रान्ससँग ८ र भारतसँग एउटा पनडुब्बी छ ।

अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको त्रिपक्षीय सम्झौता अनुसार अष्ट्रेलियाले पनि पहिलो पटक अमेरिकाबाट परमाणु पनडुब्बी खरिद गर्न पाउने भएको छ । चीनको प्रभाव रोक्न अमेरिकी र युरोपेली देशले समुन्द्री क्षेत्रमा पनडुब्बी तैनाथ गर्ने साझा रणनीति बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फासीवाद विरोधी समूह एन्टिफा (फासीवाद विरोधी)लाई आतंकवादी संगठन घोषणा गरेका छन्। एन्टिफाका सदस्य वा यस विचारधारासँग सम्बन्धित व्यक्तिहरूले नव–नाजीवाद, नव–फासीवाद, गोरा सर्वोच्चतावाद र जातीय भेदभाव जस्ता रूढिवादी अति दक्षिणपन्थी विचारधाराविरुद्ध आवाज उठाउँदै आएका छन्। ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै भने,ʻम एक खतरनाक र कट्टरपन्थी वामपन्थी संगठन एन्टिफालाई एक प्रमुख आतंकवादी संगठनको रूपमा ...
: गाजा शहरबाट प्यालेस्टिनीहरूको पलायन जारी छ। एक दिनअघि इजरायलले गाजा सहर कब्जा गर्ने उद्देश्यले आक्रमण सुरु गरेको घोषणा गरेपछि हजारौँ प्यालेस्टिनीहरूले सहर छोड्न थालेका छन्। रातभर बमबारीका बीचमा गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले तीन अलग–अलग आक्रमणमा बाल अस्पताललाई लक्षित गरिएको बताएको छ। मन्त्रालयका अनुसार अस्पतालका आधा बिरामी र उनीहरूका परिवार भाग्न बाध्य भएका ...
: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोन गरेर शुभकामना दिएका छन्। भारतीय प्रधानमन्त्री मोदीलाई फोनबाट शुभकामना दिएको ट्र्म्पले जानकारी दिएका छन्। उनले सोही क्रममा रुस र युक्रेन युद्धबारे पनि आफूहरूबिच छलफल भएको बताएका छन्। ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै भनेका छन्,'मेरो साथी प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा धेरै राम्रो कुराकानी भयो। मैले ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सम्पत्तिबारे अष्ट्रेलियाका पत्रकारले सोधेको प्रश्नको कडा जफा दिएका छन्। एक अष्ट्रेलियाका पत्रकारले राष्ट्रपति ट्रम्पलाई राष्ट्रपतिको कार्यकाल सुरू भएदेखि तपाईं कति धनी भन्दै प्रश्न गरेका थिए। त्यसको जवाफमा ट्रम्पले प्रश्नले नै अष्ट्रेलियालाई ठूलो चोट पु्र्‍याएको प्रतिक्रिया दिएका छन्। उनले भने,'मेरो विचारमा तपाईं अहिले अष्ट्रेलियालाई धेरै क्षति पुर्‍याइरहनु भएको छ।' अष्ट्रेलियाका ब्रोडकास्टिङ ...
: अमेरिकी सेनाले अन्तर्राष्ट्रिय पानी सीमामा भेनेजु्एलाको लागुऔषध बोकेको डुंगामा आक्रमण गरी ध्वस्त बनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकातर्फ गइरहेको उक्त डुंगा आक्रमण गरी ध्वस्त बनाएको बताएका छन्। ट्रमका अनुसार उक्त घटनामा तीनजनाको मृत्यु भएको छ। उनले यो कारवाही 'हिंसक लागुऔषध तस्करी गिरोह'विरुद्ध भएको दावी गरेका छन्। यद्दपि उनले डुंगामा लागुऔषध रहेको कुनै प्रमाण दिएका ...