मुख्य समाचार
भेटेको १५ दिनमै प्रेम सम्बन्ध, अर्कोसँग कुरा गरेको भन्दै हत्या
भेटेको १५ दिनमै प्रेम सम्बन्ध, अर्कोसँग कुरा गरेको भन्दै हत्या

। धनगढीको बर्दगोरिया गाउँपालिका–३ की १७ वर्षीया याचना सेजुवाल १५ दिनअघि बौनिया बजारमा रहेको राजधानी सेकुवा एण्ड म:म सेन्टरमा काम लागेकी थिइन् । उनी त्यहाँ वेटरका रुपमा काम गर्थिन् ।

सोही सेकुवा एण्ड म:म सेन्टरमा कुकको काम गर्दै आएका थिए, बर्दगोरिया–१ का ३३ वर्षीय निरज साउद । काम गर्ने क्रममा उनी निरजसँग नजिक भएकी थिइन् । दुई सन्तानका बुवा समेत रहेका निरजको श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको थियो ।




सेकुवा सेन्टरमा काम थालेकी सेजुवालसँग उनी यहीँ दौरानमा नजिक बने । काम गर्ने क्रममा हाँसोमजाकमै उनीहरूको सम्बन्ध छोटो समयमै प्रेम सम्बन्धमा परिणत भइसकेको थियो । प्रहरीका अनुसार श्रीमतीले सम्बन्ध विच्छेद भएकै कारण साउदले सेजुवालसँग सम्बन्ध अघि बढाएको बताएका छन् ।

उनले विवाह गरेर बाँकी जीवन उनैसँग बिताउने प्रण गरिसकेका थिए । याचना सेजुवाल वेटर मात्र नभएर पछिल्लो समय भान्छामा साउदको सहयोगी कर्मचारीका रुपमा काम गर्न थालिसकेकी थिइन् ।



भेट भएको १५ दिनमै प्रेम सम्बन्धमा बाँधिएका सेजुवाल र साउद शनिबार पनि सदाजस्तै राजधानी सेकुवा एण्ड म:मको भान्छाकोठामा काम गर्दै थिए । काम गर्ने क्रममा उनीहरुबीच विवाद भयो । विवादकैबीच साउदले याचना सेजुवालको घाँटीमा नजिकै रहेको चक्कुले प्रहार गरिदिए ।

त्यतिबेला उनीहरू दुई जना मात्र सेकुवा सेन्टरको भान्छा कोठामा रहेको खुलेको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले प्रारम्भिक अनुसन्धानबाट साउदले आपसी विवादका क्रममा सेजुवालमाथि चक्कु प्रहार गरेको खुलेको बताए । चक्कु प्रहारबाट गम्भीर सेजुवाल सेकुवा सेन्टरको भान्छामै ढलेपछि मात्र काउन्टरमा रहेका होटल सञ्चालकले थाहा पाएका थिए ।

‘दुई जनाबीच सेकुवा सेन्टरमै चिनजान भएदेखि प्रेम सम्बन्धमा रहेछ । शनिबार बिहान भान्छा कोठामा काम गर्ने बेला उनीहरुबीच विवाद भएको देखिन्छ,’ डीएसपी सिंहले भने, ‘विवादबीच साउदले सेजुवालमाथि चक्कु प्रहार गरेछन् । किशोरी भान्छामै ढलेपछि मात्र काउन्टरमा रहेका सञ्चालकले थाहा पाएछन् । उनलाई तत्कालै अस्पताल लगिएपनि बचाउन सकिएन ।’

गम्भीर अवस्थामा उपचारका लागि धनगढीको निसर्ग अस्पताल ल्याइएकी सेजुवालको त्यही मृत्यु भएको थियो । उनीमाथि चक्कु प्रहार गर्ने साउदलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।

इलाका प्रहरी कार्यालय सुखडको नियन्त्रणमा रहेका साउदले सेजुवालसँग विवाह गर्ने समझदारी भइसकेको दाबी गरेका छन् । साउदले आफूसँग विवाह गर्ने वाचा गरेकी सेजुवालले अरूसँग पनि फोनमा कुराकानी गर्ने गरेको थाहा पाएपछि आवेगमा आएर चक्कु प्रहार गरेर हत्या गरेको बयान दिएका छन् ।

‘म सँग प्रेम र विवाह गर्छु भनिसकेपछि पनि याचनाले अरु केटासँग पनि फोन र भिडियो कलमा कुरा गरिरहन्थिन् । अरुलाई किन कल गर्छौ भनेर भन्दा विवाद भयो,’ साउदले प्रहरीलाई भनेका छन्, ‘रिसको झोंकमा सहन नसकेर नजिकै रहेको चक्कु समातेर हिर्काउन पुगेछु । अहिले गल्ती गरेको अनुभूती भइरहेको छ ।’

साउदलाई इलाका प्रहरी कार्यालय सुखडको हिरासतमा राखिएको छ भने मृतक सेजुवालको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अब सेयर कारोबारका लागि ब्रोकर कम्पनीमार्फत खोलिने खाताका लागि राष्ट्रिय परिचय पत्र चाहिने भएको छ । नेपाल धितोपत्र बोर्डले ग्राहक पहिचान (केवाईसी)लाई राष्ट्रिय परिचय पत्रसँग आवद्ध गर्न निर्देशन दिएको छ । सोही निर्देशन बमोजिम नेपाल स्टक एक्स्चेन्जले सम्पूर्ण कारोबार सदस्यमार्फत नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र वा परिचयपत्र नम्बर लिने व्यवस्था गर्न अनुरोध गरेको ...
। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संगठनलाई सुदृढ र बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा देउवाले नेपाल विविधताले भरिएको देश भएको र यहाँ सबै जातजाति, भाषाभाषीहरुको उच्च सम्मान हुनुपर्ने धारणा राखे । जातको आधारमा नभइ समावेशी सोच र साझा भविष्यको बाटोमा अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ ...
। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिने भएका छन् । १४ साउनमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि मुख्यमन्त्री पदबाट राजीनामा दिन दबाब खेपेका लामाले आइतबार बिहान हेटौंडा आएर राजीनामा दिने निश्चित गरेका हुन् । शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग बानियाँ र लामाले संयुक्त छलफल गरेका थिए । छलफलमा ...
। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरूबीच शनिबार दिउँसो भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न उनको निवास शीतलनिवास पुगेका थिए । भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा नेपालको सहभागिताका बारेमा जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले ...
। गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन उर्फ मिलन गुरुङको जन्मदिन पाटीबाट पक्राउ परेका १९ जना कम्तीमा ७ दिन हिरासतमा रहने भएका छन् । गएराति महाराजगञ्जको एक होटलबाट पक्राउ परेका उनीहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो । राति ४७ जना समातिए पनि २८ जनालाई प्रहरीले छाडेको थियो । बाँकी ...