मुख्य समाचार
महानिरीक्षक राजु अर्यालले राज्यको लगानी र नीतिमा विपद् प्राथमिकताको विषय नपरेसम्म विपद्जन्य क्षति न्यूनीकरण प्रभावकारी बन्न नसक्ने बताए
महानिरीक्षक राजु अर्यालले राज्यको लगानी र नीतिमा विपद् प्राथमिकताको विषय नपरेसम्म विपद्जन्य क्षति न्यूनीकरण प्रभावकारी बन्न नसक्ने बताए

। सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले राज्यको लगानी र नीतिमा विपद् प्राथमिकताको विषय नपरेसम्म विपद्जन्य क्षति न्यूनीकरण प्रभावकारी बन्न नसक्ने बताएका छन् ।

शुक्रबार सशस्त्रले आयोजना गरेको विपद् सम्बन्धी अन्तरक्रिया एवं छलफल बोल्दै उनले सरकारले विपद्सम्बन्धी विषयलाई प्राथमिकतामा नराखेसम्म क्षति न्यूनिकरण गर्न नसकिने बताए ।

उनले संविधानको रक्षा, मौलिक हकको रक्षा र मानव अधिकारको रक्षा गर्न पनि विपद् न्यूनिकरणको विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

अर्यालले नेपालमा वार्षिक रुपमा सबैभन्दा बढी मृत्यु विपद्जन्य घटनाबाट हुने गरेको उल्लेख गर्दै यसलाई गम्भीरताका साथ लिन आग्रह गरे । विपद् न्युनिकरणको विषय राज्यको प्राथमिकतामा पर्न नसकेको बताए ।

विपद् न्यूनिकरणका लागि सबै निकायहरुबीचमा समन्वय गरेर काम गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अब सेयर कारोबारका लागि ब्रोकर कम्पनीमार्फत खोलिने खाताका लागि राष्ट्रिय परिचय पत्र चाहिने भएको छ । नेपाल धितोपत्र बोर्डले ग्राहक पहिचान (केवाईसी)लाई राष्ट्रिय परिचय पत्रसँग आवद्ध गर्न निर्देशन दिएको छ । सोही निर्देशन बमोजिम नेपाल स्टक एक्स्चेन्जले सम्पूर्ण कारोबार सदस्यमार्फत नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र वा परिचयपत्र नम्बर लिने व्यवस्था गर्न अनुरोध गरेको ...
। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संगठनलाई सुदृढ र बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा देउवाले नेपाल विविधताले भरिएको देश भएको र यहाँ सबै जातजाति, भाषाभाषीहरुको उच्च सम्मान हुनुपर्ने धारणा राखे । जातको आधारमा नभइ समावेशी सोच र साझा भविष्यको बाटोमा अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ ...
। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजीनामा दिने भएका छन् । १४ साउनमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि मुख्यमन्त्री पदबाट राजीनामा दिन दबाब खेपेका लामाले आइतबार बिहान हेटौंडा आएर राजीनामा दिने निश्चित गरेका हुन् । शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग बानियाँ र लामाले संयुक्त छलफल गरेका थिए । छलफलमा ...
। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरूबीच शनिबार दिउँसो भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न उनको निवास शीतलनिवास पुगेका थिए । भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा नेपालको सहभागिताका बारेमा जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले ...
। गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन उर्फ मिलन गुरुङको जन्मदिन पाटीबाट पक्राउ परेका १९ जना कम्तीमा ७ दिन हिरासतमा रहने भएका छन् । गएराति महाराजगञ्जको एक होटलबाट पक्राउ परेका उनीहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो । राति ४७ जना समातिए पनि २८ जनालाई प्रहरीले छाडेको थियो । बाँकी ...