मुख्य समाचार
बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा
बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा

। बागमती प्रदेशलाई आज पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ ।

प्रदेश स्वास्थ्य मन्त्रालयले भक्तपुरमा शुक्रबार आयोजना गरेको विशेष कार्यक्रममार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरेका हुन् ।




यसअघि प्रदेशका १३ जिल्ला र ११९ पालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएपछि आज प्रदेशलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले खोप समितिको प्रमाणपत्र प्रदेशका स्वास्थ्यमन्त्री किरण थापालाई हस्तान्तरण गरे ।



प्रधानमन्त्री ओलीले पूर्ण खोपयुक्त प्रदेश घोषणा भएकोमा बधाई दिँदै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य प्राप्तिका लागि निरोगी नेपाल अभियान सञ्चालन गरिएको बताए ।

उनले नेपालमा मानिसका साथै पशुपन्छी र वनस्पति पनि निरोगी हुनका लागि शहर र गाउँ सफा बनाउने सोचका साथ काम गर्नुपर्नेमा जोड दिए ।

‘रोग लाग्न सक्छ तर हामीले रोगका कारण र बाटाहरूलाई बन्द गर्ने प्रयास गर्नुपर्छ । त्यसको एउटा उपाय खोप हो । यो अभियान सफल हुँदै गएकामा म खुसी व्यक्त गर्दछु,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो संविधानले स्वास्थ्य सेवालाई मौलिक हकमा समावेश गरेको छ । उक्त हक प्राप्तिको दिशामा खोप अभियान सार्थक भएको छ । आगामी २०८३ मा हामी विकासशील मुलुकमा स्तरोन्नती हुँदैछौं । त्यसका लागि पनि यो अभियान महत्त्वपूर्ण सावित भएको छ । अरू प्रदेशमा यस्ता अभियान सञ्चालनमा हामीले प्रेरित गर्नुपर्नेछ ।’

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपाली बनाउनेभन्दा ठूलो लक्ष्य अर्को हुन नसक्ने बताए ।

उनले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने बाटोमा सरकार लागिरहेको बताए ।

नेपाललाई समृद्ध आधुनिक देश बनाउने, नेपाली जनतालाई सुखी जनता बनाउने भन्दा ठूलो र महान अर्को गन्तव्य हुन नसक्ने उनको भनाइ छ । त्यसका लागि सरकारले स्वास्थ्य क्षेत्रमा निरोगी नेपालको लक्ष्य राखेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलको नयाँ पुस्ता (जेनजी)लाई कांग्रेससँग नजोडे कांग्रेसको भविष्य नै धरासयी बन्ने खत्तरा रहेको बताएका छन् । कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने उनको धारणा थियो । नेता कोइरालाले लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न नसक्ने स्पष्ट पारे । बलियो कांग्रेसले मात्रै लोकतन्त्रको जगेर्ना गर्न सक्ने बताउँदै कोइरालाले बलियो कांग्रेस बनाउन ...
। रुकुमपूर्वको सदरमुकाम रुकुमकोट तोक्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुनः रिट दायर भएको छ । गत साउन ७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रुकुमपूर्वको सदरमुकाम सिस्ने गाउँपालिका-५ र ६ स्थित रुकुमकोटमा तोक्ने निर्णय गरेको थियो । यो निर्णयविरुद्ध रुकुमपूर्वका प्रमुख दलका स्थानीय, प्रदेश र संघका जनप्रतिनिधिहरुले नै सर्वोच्चमा रिट दायर गरेका हुन् । नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्य कुसुमदेवी ...
। नेपाल नगरपालिका संघले संघीय सरकारले भूमि विधेयकमार्फत स्थानीय सरकारका एकल अधिकार खोस्ने प्रयास गरेको आरोप लगाएको छ । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा विधेयकमाथिको छलफलमा बोल्दै नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले भूमि विधेयकमा रहेका कतिपय प्रावधानमाथि आपत्ति जनाए । उनले संविधानले स्थानीय सरकारलाई दिएका विभिन्न २२ वटा एकल अधिकारहरु छोडिदिए ...
। गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागू औषध मुक्त बनाउने गरी प्रभावकारी ढंगले काम गर्न जरुरी रहेको बताएका छन् । शुक्रबार काठमाडौंको कोटेश्वरस्थित लागू औषध नियन्त्रण व्युरोको कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागू औषधको उत्पादन, भण्डार र प्रयोग ठूलो चुनौतिका रुपमा देखिएको बताए । उनले भने, ‘लागू औषधको प्रयोगले सडक दुर्घटना, आत्महत्या र साइबर क्राइमका अपराधलाई पनि उत्पति ...
। नेपाल–चीन सीमा क्षेत्रको सुरक्षा व्यवस्थापन, दैवी प्रकोप नियन्त्रण, तिर्थयात्रा, व्यापार प्रवर्द्धन र नाका सञ्चालन लगायत विषयमा दुवै देशका अधिकारीबीच छलफल भएको छ। नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठका अवसरमा शुक्रबार चीनको झाङ्मुस्थित प्रशासनिक भवनमा दुवै देशका सुरक्षा अधिकारीहरूबीच छलफल भएको हो । बैठकमा दुवै पक्षले आपसी सम्बन्ध प्रगाढ बनाउने प्रतिबद्धतासहित विपद् व्यवस्थापन, सीमा सुरक्षा, पर्यटन ...