मुख्य समाचार
मुख्य मनसुन सिजनमा पर्यटक आगमन
मुख्य मनसुन सिजनमा पर्यटक आगमन

। मुख्य मनसुन सिजनमा पर्यटक आगमन बढेको छ । सन् २०२५ को जुलाई महिनामा ७० हजार १ सय ९३ पर्यटक नेपाल आएका छन् ।

अघिल्लो वर्ष जुलाईको तुलनामा ८.७ प्रतिशत धेरै पर्यटक आएका छन् । गत वर्ष जुलाईमा ६४ हजार ५ सय ९८ जना पर्यटक नेपाल आएको तथ्यांक छ ।




नेपाल पर्यटन बोर्डका अनुसार २०२५ जनवरीदेखि जुलाईसम्म (७ महिना) मा नेपालमा कुल ६ लाख ४७ हजार ८ सय ८२ अन्तर्राष्ट्रिय पर्यटक आगमन भएको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यो संख्याले नेपालको पर्यटन पुनरुत्थान र विश्वभरि फेरि एकचोटि लोकप्रिय गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखाएको प्रतिक्रिया दिएका छन् ।



जुलाईमा कुल आगमनमध्ये सबैभन्दा बढी भारतबाट मात्रै २७ हजार १ सय ५२ अर्थात् ३८.७ प्रतिशत पर्यटक आएका छन् । दोस्रो स्थानमा चीनबाट ६ हजार ८ सय ९० जना (९.८ प्रतिशत), तेस्रोमा अमेरिकाबाट ६ हजार ६ सय २६ जना (९.४ प्रतिशत), बंगलादेशबाट ४ हजार ४ सय १३ जना (६.३ प्रतिशत) र बेलायतबाट ३ हजार ५ सय ४७ जना (५.१ प्रतिशत) पर्यटक नेपाल आएका छन् ।


क्षेत्रीय विश्लेषण गर्दा दक्षिण एसियाली देशबाट सबैभन्दा बढी ३३ हजार ७ सय ८७ जना (४८.१ प्रतिशत) आएका छन् । अन्य एसियाली देशबाट १३ हजार ५२ जना (१८.६ प्रतिशत), युरोपबाट ९ हजार २ सय ९२ जना (१३.२ प्रतिशत), अमेरिकाबाट १२ हजार ७ सय ७५ जना (११.१ प्रतिशत), ओसिनिया क्षेत्रबाट १ हजार ८ सय ७ जना (२.६ प्रतिशत), मध्यपूर्वबाट ८ सय २६ जना (१.२ प्रतिशत), अफ्रिकाबाट ३ सय १८ जना (०.५ प्रतिशत) र अन्य क्षेत्रबाट ३ हजार ३ सय २९ जना (४.७ प्रतिशत) पर्यटक आगमन भएको छ ।

बोर्डका सीईओ जोशीले भने, ‘भिजिट नेपाल दशक अन्तर्गत सञ्चालन भइरहेका प्रवर्द्धनात्मक कार्यक्रम, निजी क्षेत्रको लगानी प्रवाह र विविध पर्यटन उत्पादनले पछिल्लो समय नेपालमा पर्यटक आकर्षण बढेको छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागू औषध मुक्त बनाउने गरी प्रभावकारी ढंगले काम गर्न जरुरी रहेको बताएका छन् । शुक्रबार काठमाडौंको कोटेश्वरस्थित लागू औषध नियन्त्रण व्युरोको कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागू औषधको उत्पादन, भण्डार र प्रयोग ठूलो चुनौतिका रुपमा देखिएको बताए । उनले भने, ‘लागू औषधको प्रयोगले सडक दुर्घटना, आत्महत्या र साइबर क्राइमका अपराधलाई पनि उत्पति ...
। नेपाल–चीन सीमा क्षेत्रको सुरक्षा व्यवस्थापन, दैवी प्रकोप नियन्त्रण, तिर्थयात्रा, व्यापार प्रवर्द्धन र नाका सञ्चालन लगायत विषयमा दुवै देशका अधिकारीबीच छलफल भएको छ। नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठका अवसरमा शुक्रबार चीनको झाङ्मुस्थित प्रशासनिक भवनमा दुवै देशका सुरक्षा अधिकारीहरूबीच छलफल भएको हो । बैठकमा दुवै पक्षले आपसी सम्बन्ध प्रगाढ बनाउने प्रतिबद्धतासहित विपद् व्यवस्थापन, सीमा सुरक्षा, पर्यटन ...
। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्ने बताएका छन् । रिटर्नी फेडेरेशन नेपालले केही स्वदेशी लगानीकर्ताको सामूहिक लगानीमा स्थापना गरिएको ‘नवयुग इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ को थालनी गर्दै उनले देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्ने धारणा राखे । ‘म बनाउँछु मेरो देश’ भन्ने भावनाका साथ लाग्ने हो भने नेपाललाई समृद्ध मुलुक ...
। सुनकोशी नदीमा हामफाल्दा एक जना बेपत्ता भएका छन् । तेमाल गाउँपालिका–३, सरमथली माझीटोलका ७० वर्षीय गणेश माझी सुनकोशीमा हामफालेर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी मिन घलेका अनुसार शनिबार दिउँसो तेमाल गाउँपालिका–३ को मलुवा भन्ने स्थानबाट उनी नदीमा हामफालेका थिए । प्रत्यक्षदर्शी स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनापछि प्रहरी चौकी ...
। सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले राज्यको लगानी र नीतिमा विपद् प्राथमिकताको विषय नपरेसम्म विपद्जन्य क्षति न्यूनीकरण प्रभावकारी बन्न नसक्ने बताएका छन् । शुक्रबार सशस्त्रले आयोजना गरेको विपद् सम्बन्धी अन्तरक्रिया एवं छलफल बोल्दै उनले सरकारले विपद्सम्बन्धी विषयलाई प्राथमिकतामा नराखेसम्म क्षति न्यूनिकरण गर्न नसकिने बताए । उनले संविधानको रक्षा, मौलिक हकको रक्षा र मानव अधिकारको रक्षा ...