मुख्य समाचार
पपस्टार माइकल ज्याक्सनको पुरानो र फोहोर मोजा लाखौंमा बिक्री
पपस्टार माइकल ज्याक्सनको पुरानो र फोहोर मोजा लाखौंमा बिक्री

। दिवगंत पपस्टार माइकल ज्याक्सनको पुरानो र फोहोर मोजा लाखौंमा बिक्री भएको छ । चम्किलो क्रिस्टल जडित यो मोजालाई बुधबार फ्रान्समा बिक्री गरिएको छ ।

पपस्टारले फ्रान्सको नाइसमा आयोजित एक कन्सर्टमा यो मोजा लगाएका थिए, जुन अहिले लाखौंमा बिक्री भएको छ । लामो समयदेखि त्यहाँ रहेको हुनाले यो चम्किलो मोजामा पहेँलोपन र दागहरू देखिन्थे ।




साथै, लिलामीकर्ताले यसलाई ३,४००-४,५०० डलरसम्म बेच्ने अपेक्षा गरिरहेका थिए । प्रशंसक र अनौठा चीज संकलन गर्न इच्छा राख्ने व्यक्तिले महंगो मूल्यमा यसलाई खरिद गरे ।

ज्याक्सनको यो फोहोर र प्रयोग गरिएको मोजा गत बुधबार फ्रान्समा भएको लिलामीमा ८००० अमेरिकी डलरमा विक्री भएको थियो ।



लिलामीकर्ता औरोर इलीले एएफपीलाई बताएअनुसार माइकलले सन् १९९० को दशक (१९९७) मा फ्रान्सको निमेसमा भएको एक संगीत कार्यक्रमको क्रममा मोजा लगाएका थिए ।

यसलाई जुलाई ३०, २०२५ मा फ्रान्समा लिलामीको लागि पनि राखिएको थियो । पपस्टारले सन् १९९७ मा आफ्नो ’हिस्ट्री वल्र्ड टुर’को क्रममा यी मोजा लगाएका थिए ।

’हिस्ट्री वल्र्ड टुर’ प्रस्तुति पछि, एक स्टेज प्राविधिकले ज्याक्सनको ड्रेसिङ रुम नजिकै मोजा फ्याँकिएको भेट्टाए । स्टेज पछाडि फेला परेपछि प्राविधिकले मोजा दशकौंसम्म सुरक्षित राखेका थिए ।

लिलामीकर्ताले मोजालाई असाधारण र माइकल ज्याक्सनका प्रशंसकका लागि एक ‘कल्ट’ वस्तु भएको बताए, जसले ज्याक्सनका प्रशंसकको खजानाको मूल्य देखाउँछ ।

ज्याक्सनले ’बिली जीन’को प्रस्तुतिको क्रममा यी एथलेटिक मोजा लगाएका थिए, जुन यस भिडियोमा देख्न सकिन्छ । ज्याक्सनको मृत्यु सन् २००९ मा ५० वर्षको उमेरमा लागूपदार्थको ओभरडोजका कारण भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
दिल्ली उच्च अदालतले बलिउड अभिनेता अजय देवगनको व्यक्तित्व अधिकारको रक्षा गर्दै उनीबारेका डीपफेक भिडियो तथा उनको नाममा अनधिकृत प्रयोग भएका सामग्री हटाउन आदेश दिएको छ । यसअघि अदालतले ऐश्वर्या राय बच्चन, अभिषेक बच्चन, करण जोहर र कुमार सानुजस्ता सेलिब्रेटीको मुद्दामा पनि यस्तै आदेश दिएको थियो । देवगनले युट्युबलाई “कुनै पनि एआई-मोडेललाई तालिम दिन’ अपलोड गरिएका भिडियो/सामग्री प्रयोग ...
। कृत्रिम बुद्धिमता (एआई) बाट सिर्जना गरिएका ३ गीतले पछिल्लो साता बिलबोर्ड र स्पोटीफाईको ‘ग्लोबल चार्ट’ को शीर्ष स्थान कब्जा गरेका छन् । ‘ब्रेकिङ रस्ट’ नामक एक समूहले सिर्जना गरेको गीतहरू ‘वाक माई वाक’ र ‘लिभिङ अन बरोड टाइम’ले स्पोटीफाईको अमेरिकाको ५० भाइरल गीतको सूचीमा स्थान बनाएका छन् । नयाँ आश्रय स्थल निर्माणको विरोधमा जेडब्लू ब्रोकन भेटेरानद्वारा ...
। बलिउड अभिनेत्री सन्नी लियोनीले चितवन हात्ती महोत्सवमा हुने क्रुरताको अन्त्य गर्न आग्रह गरेकी छिन् । पशु हितको क्षेत्रमा कार्य गर्ने संस्था पेटा एसियामार्फत लियोनीले यस्ता अभ्यासको अन्त्य गर्नुपर्ने बताएकी हुन् । पेटा एसियासँग लामो समयदेखि आबद्ध अभिनेत्रीले भनेकी छिन्, ‘चितवन हात्ती महोत्सव आयोजना हुँदा खुसी हुनुपर्ने कारण केही छैन । किनकी यसैको लागि भनेर हात्तीहरूलाई ...
। बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार ३’ लाई विश्व प्रिमियर गरिएको छ । सन् २००९ को यो फिल्मको शीर्षक छ- अवतार : फायर एन्ड एस ! जेम्स क्यामरुन निर्देशित यो फिल्म ४ पुस (१९ डिसेम्बर, २०२६) मा विश्वभर प्रदर्शन तयारीमा छ । ‘अवतार’ का अघिल्ला दुवै श्रृंखला विश्व बक्सअफिसमा सर्वकालिन धेरै कमाउने उत्कृष्ट ५ को सूचीमा छन् । ...
। कान्सको पाम डी’ओर विजेता फिल्म निर्माता जाफर पनाहीलाई इरानमा उनको अनुपस्थितिमा एक वर्षको जेल सजाय सुनाइएको उनका वकिलले बताएका छन् । पनाहीलाई इरानमा एक वर्षको कारावास र यात्रा प्रतिबन्धको सजाय सुनाइएको उनका वकिलले एएफपीलाई बताएका छन् । यसविरुद्ध पुनरावेदन गरिने वकिल मुस्तफा निलीले समाचार संस्था एएफपीलाई बताए । इरानले उक्त सजाय सुनाइरहँदा पनाही चाहिँ अमेरिकाको न्यूयोर्कमा ...