मुख्य समाचार
पपस्टार माइकल ज्याक्सनको पुरानो र फोहोर मोजा लाखौंमा बिक्री
पपस्टार माइकल ज्याक्सनको पुरानो र फोहोर मोजा लाखौंमा बिक्री

। दिवगंत पपस्टार माइकल ज्याक्सनको पुरानो र फोहोर मोजा लाखौंमा बिक्री भएको छ । चम्किलो क्रिस्टल जडित यो मोजालाई बुधबार फ्रान्समा बिक्री गरिएको छ ।

पपस्टारले फ्रान्सको नाइसमा आयोजित एक कन्सर्टमा यो मोजा लगाएका थिए, जुन अहिले लाखौंमा बिक्री भएको छ । लामो समयदेखि त्यहाँ रहेको हुनाले यो चम्किलो मोजामा पहेँलोपन र दागहरू देखिन्थे ।




साथै, लिलामीकर्ताले यसलाई ३,४००-४,५०० डलरसम्म बेच्ने अपेक्षा गरिरहेका थिए । प्रशंसक र अनौठा चीज संकलन गर्न इच्छा राख्ने व्यक्तिले महंगो मूल्यमा यसलाई खरिद गरे ।

ज्याक्सनको यो फोहोर र प्रयोग गरिएको मोजा गत बुधबार फ्रान्समा भएको लिलामीमा ८००० अमेरिकी डलरमा विक्री भएको थियो ।



लिलामीकर्ता औरोर इलीले एएफपीलाई बताएअनुसार माइकलले सन् १९९० को दशक (१९९७) मा फ्रान्सको निमेसमा भएको एक संगीत कार्यक्रमको क्रममा मोजा लगाएका थिए ।

यसलाई जुलाई ३०, २०२५ मा फ्रान्समा लिलामीको लागि पनि राखिएको थियो । पपस्टारले सन् १९९७ मा आफ्नो ’हिस्ट्री वल्र्ड टुर’को क्रममा यी मोजा लगाएका थिए ।

’हिस्ट्री वल्र्ड टुर’ प्रस्तुति पछि, एक स्टेज प्राविधिकले ज्याक्सनको ड्रेसिङ रुम नजिकै मोजा फ्याँकिएको भेट्टाए । स्टेज पछाडि फेला परेपछि प्राविधिकले मोजा दशकौंसम्म सुरक्षित राखेका थिए ।

लिलामीकर्ताले मोजालाई असाधारण र माइकल ज्याक्सनका प्रशंसकका लागि एक ‘कल्ट’ वस्तु भएको बताए, जसले ज्याक्सनका प्रशंसकको खजानाको मूल्य देखाउँछ ।

ज्याक्सनले ’बिली जीन’को प्रस्तुतिको क्रममा यी एथलेटिक मोजा लगाएका थिए, जुन यस भिडियोमा देख्न सकिन्छ । ज्याक्सनको मृत्यु सन् २००९ मा ५० वर्षको उमेरमा लागूपदार्थको ओभरडोजका कारण भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बलिउड अभिनेता आमिर खानका भान्जा तथा एक्टर इमरान खानलाई भारतको फरेनर्स रिजनल रजिष्ट्रेशन अफिसले नोटिस जारी गर्दै आगामी अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजना गरिएको एक राजनीतिक विरोध प्रदर्शनमा सहभागी भई 'फरेनर्स एक्ट' (विदेशी सम्बन्धी ऐन) को उलंघन गरेको आरोपमा उनीमाथि यो कारबाही अघि बढाइएको हो। यो मामला ...
: भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। अस्पतालका डाक्टरहरूले उनलाई होसमा ल्याउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने कोसिस गरे पनि कुनै ...
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
। के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ । ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड ...
। गायक एड सिरनले आफ्नो पछिल्लो सांगीतिक कार्यक्रममा मञ्चमा एक्लै उपस्थित भएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। प्यालेस्टाइनको पक्षमा वक्तव्य दिएका अमेरिकी र्‍यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सिर्जित विवादलाई सम्बोधन गर्दै उनले केही ‘गल्ती’ भएको स्वीकारेका छन्। सिरनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल ...