मुख्य समाचार
एमाले पार्टी फुटाउने नेताहरूलाई अहिले पश्चाताप भइरहेको बताएका छन्
एमाले पार्टी फुटाउने नेताहरूलाई अहिले पश्चाताप भइरहेको बताएका छन्

। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले पार्टी फुटाउने नेताहरूलाई अहिले पश्चाताप भइरहेको बताएका छन् ।

ललितपुर च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले एमाले विभाजन गर्ने नेताहरू पश्चातापमा छटपटाइरहेका बताए ।


‘जुन नेताहरूले हिजो एमाले विभाजन गरेर विकल्पमा पार्टी बनाउँछौँ भन्ने ठान्नुभएको थियो, आज एक प्रकारको निराशा र हतासा पनि देखिन्छ, केही नेताहरूले पार्टी फुटाउनु गलत थियो भनेर पनि अभिव्यक्ति दिनुभएको छ, कतिपय नेताहरूले अब पार्टी चलाउन सकिँदैन भनिरहनुभएको छ’, उनले भने ।

महासचिव पोखरेलले विभाजनकारीका कारण जनताको रोजाइको पहिलो पार्टी हुँदाहुँदै पनि एमाले परिणामको हिसाबले दोस्रो पार्टी बन्न पुगेको बताए ।



उनले पार्टी फुटाउने अभियान असफल भएकाले पार्टी छाडेर गएका नेता कार्यकर्तालाई अब आफ्नै घर फर्कन आग्रह गरे । उनले नेताहरू हतास भएर हिँडेका बेला कार्यकर्ताहरू सही बाटोमा हिँड्नुपर्ने भनाइ राखे ।

महासचिव पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पेशागत महासङ्घ बागमती प्रदेशका कार्यवाहक अध्यक्ष डा लछी सिंहसहित मकवानपुरस्थित इन्द्रसरोवर गाउँपालिका अध्यक्ष मनबहादुर स्याङ्तान, उपाध्यक्ष गुणराज रुम्बा, उपसचिव उमेश बस्नेतलाई पार्टीमा प्रवेश गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल नगरपालिका संघले संघीय सरकारले भूमि विधेयकमार्फत स्थानीय सरकारका एकल अधिकार खोस्ने प्रयास गरेको आरोप लगाएको छ । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा विधेयकमाथिको छलफलमा बोल्दै नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले भूमि विधेयकमा रहेका कतिपय प्रावधानमाथि आपत्ति जनाए । उनले संविधानले स्थानीय सरकारलाई दिएका विभिन्न २२ वटा एकल अधिकारहरु छोडिदिए ...
। गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागू औषध मुक्त बनाउने गरी प्रभावकारी ढंगले काम गर्न जरुरी रहेको बताएका छन् । शुक्रबार काठमाडौंको कोटेश्वरस्थित लागू औषध नियन्त्रण व्युरोको कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागू औषधको उत्पादन, भण्डार र प्रयोग ठूलो चुनौतिका रुपमा देखिएको बताए । उनले भने, ‘लागू औषधको प्रयोगले सडक दुर्घटना, आत्महत्या र साइबर क्राइमका अपराधलाई पनि उत्पति ...
। नेपाल–चीन सीमा क्षेत्रको सुरक्षा व्यवस्थापन, दैवी प्रकोप नियन्त्रण, तिर्थयात्रा, व्यापार प्रवर्द्धन र नाका सञ्चालन लगायत विषयमा दुवै देशका अधिकारीबीच छलफल भएको छ। नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठका अवसरमा शुक्रबार चीनको झाङ्मुस्थित प्रशासनिक भवनमा दुवै देशका सुरक्षा अधिकारीहरूबीच छलफल भएको हो । बैठकमा दुवै पक्षले आपसी सम्बन्ध प्रगाढ बनाउने प्रतिबद्धतासहित विपद् व्यवस्थापन, सीमा सुरक्षा, पर्यटन ...
। नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्ने बताएका छन् । रिटर्नी फेडेरेशन नेपालले केही स्वदेशी लगानीकर्ताको सामूहिक लगानीमा स्थापना गरिएको ‘नवयुग इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’ को थालनी गर्दै उनले देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्ने धारणा राखे । ‘म बनाउँछु मेरो देश’ भन्ने भावनाका साथ लाग्ने हो भने नेपाललाई समृद्ध मुलुक ...
। सुनकोशी नदीमा हामफाल्दा एक जना बेपत्ता भएका छन् । तेमाल गाउँपालिका–३, सरमथली माझीटोलका ७० वर्षीय गणेश माझी सुनकोशीमा हामफालेर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी मिन घलेका अनुसार शनिबार दिउँसो तेमाल गाउँपालिका–३ को मलुवा भन्ने स्थानबाट उनी नदीमा हामफालेका थिए । प्रत्यक्षदर्शी स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनापछि प्रहरी चौकी ...