मुख्य समाचार
भारत सरकारले ७१ औं राष्ट्रिय चलचित्र पुरस्कारका विजेताहरूको आधिकारिक घोषणा
भारत सरकारले ७१ औं राष्ट्रिय चलचित्र पुरस्कारका विजेताहरूको आधिकारिक घोषणा

। भारत सरकारले ७१ औं राष्ट्रिय चलचित्र पुरस्कारका विजेताहरूको आधिकारिक घोषणा गरेको छ । आफ्नो ३५ वर्षको करियरमा पहिलो पटक शाहरुख खानले फिल्म ’जवान’ का लागि सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका छन् ।

यस पटक उत्कृष्ट अभिनेताको अवार्ड दुई अभिनेतालाई संयुक्त रूपमा दिइएको छ । विक्रान्त मेस्सीले शाहरुखसँगै यो अवार्ड प्राप्त गरेका छन् । उनलाई उनको सुपरहिट फिल्म ’टुवेल्थ फेल’ को लागि उत्कृष्ट अभिनेताको रूपमा छनोट गरिएको छ ।




रानी मुखर्जीले ’मिसेस चटर्जी भर्सेस नर्वे’का लागि सर्वश्रेष्ठ अभिनेत्रीको राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेकी छिन् । ’टुवेल्थ फेल’ ले सर्वश्रेष्ठ फिचर फिल्मको पुरस्कार पनि प्राप्त गरेको छ ।

’द केरल स्टोरी’ले उत्कृष्ट छायांकन र उत्कृष्ट निर्देशनको पुरस्कार प्राप्त गर्‍यो भने, ओटीटीमा रिलिज भएको सान्या मल्होत्राको ’कटहल’ उत्कृष्ट हिन्दी फिल्मको रूपमा छनोट भयो ।



रणवीर कपूरको ’एनिमल’ले उत्कृष्ट ध्वनि डिजाइनिङ अवार्ड र स्पेसल मेन्स जित्यो । विक्की कौशलको ’साम बहादुर’ले उत्कृष्ट पोशाक, उत्कृष्ट मेकअप र राष्ट्रिय, सामाजिक मूल्यमान्यता प्रवद्र्धन गर्ने उत्कृष्ट फिल्म विधामा ३ अवार्ड जित्यो ।

‘जवान’को गीत ‘चलेया’को लागि शिल्पा रावले उत्कृष्ट महिला पाश्र्व गायिकाको अवार्ड जितेकी छन् भने ‘रकी और रानी की प्रेम कहानी’को ‘धिन्डोरा बाजे’ गीतका लागि वैभवी मर्चेन्टले उत्कृष्ट कोरियोग्राफी जितेकी छन् ।

विजेता सूची :

उत्कृष्ट फिचर फिल्म : टुवेल्थ फेल
सर्वोत्तम बाल फिल्म : नाल २ (मराठी)
राष्ट्रिय, सामाजिक मूल्यमान्यता प्रवद्र्धन गर्ने उत्कृष्ट फिचर फिल्म : साम बहादुर
लोकप्रिय फिल्म : रकी और रानीकी प्रेम कहानी
डेब्यू फिल्म अफ अ निर्देशक: आशिष बेंडे, आत्मप्याम्फ्लेट (मराठी)
उत्कृष्ट फिल्म (एनिमेसन, भिएफएक्स, कमिक): हनुमान (तेलुगु)
सर्वश्रेष्ठ निर्देशन : सुदिप्तो सेन, द केरल स्टोरी
सर्वश्रेष्ठ अभिनेता: शाहरुख खान (जवान), विक्रान्त मेस्सी (१२ वीं फेल)
सर्वश्रेष्ठ अभिनेत्री : रानी मुखर्जी (श्रीमती चटर्जी भर्सेस नर्वे)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बलिउड अभिनेता आमिर खानका भान्जा तथा एक्टर इमरान खानलाई भारतको फरेनर्स रिजनल रजिष्ट्रेशन अफिसले नोटिस जारी गर्दै आगामी अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजना गरिएको एक राजनीतिक विरोध प्रदर्शनमा सहभागी भई 'फरेनर्स एक्ट' (विदेशी सम्बन्धी ऐन) को उलंघन गरेको आरोपमा उनीमाथि यो कारबाही अघि बढाइएको हो। यो मामला ...
: भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। अस्पतालका डाक्टरहरूले उनलाई होसमा ल्याउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने कोसिस गरे पनि कुनै ...
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
। के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ । ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड ...
। गायक एड सिरनले आफ्नो पछिल्लो सांगीतिक कार्यक्रममा मञ्चमा एक्लै उपस्थित भएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। प्यालेस्टाइनको पक्षमा वक्तव्य दिएका अमेरिकी र्‍यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सिर्जित विवादलाई सम्बोधन गर्दै उनले केही ‘गल्ती’ भएको स्वीकारेका छन्। सिरनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल ...