मुख्य समाचार
युवा संघबाट निलम्बनमा परेका खरेलको प्रश्न- सत्य बोल्नु अपराध हो ?
युवा संघबाट निलम्बनमा परेका खरेलको प्रश्न- सत्य बोल्नु अपराध हो ?

। नेकपा एमालेभित्र पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भर्सेस पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बीचको अन्तरसंघर्ष जनसंगठनहरुमा पनि देखिएको छ ।

राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु जस्ता ठूला जनसंगठनहरुमा संस्थापन ओलीतिर लाग्दा अर्को पक्ष भण्डारीतर्फ खुल्ने प्रवृत्ति देखिन्छ ।




युवा संघमा त दशौं राष्ट्रिय महाधिवेशनका क्रममा सुमन पुरीका तर्फ उभिएका नेताहरुमाथि युवा संघले कारबाही नै गरेको छ । कारबाही पर्नेमा लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल समेत छन् ।

खरेलले आज पत्रकार सम्मेलन गरेर आफूमाथि भएको कारबाहीलाई ‘फरक विचारमाथिको निषेध’ भनेका छन् ।



‘हाम्रो संगठनभित्र प्रश्न सोध्ने, फरक मत राख्ने र नेतृत्वको आलोचना गर्ने परम्पराको आज हत्या गरिएको छ । यहाँ केवल आदेश चल्छ, प्रश्न चल्दैन’, खरेलको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यहाँ भक्ति चल्छ, विचार चल्दैन ।’

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई घेराबन्दीमा राखेर जनताबाट टाढा गरिँदैछ भन्ने आवाज आफूले उठाएको उनले उल्लेख गरेका छन् ।

‘यिनीहरुले केपी ओली जस्तो अग्लो कदको नेतालाई आफ्नो घेराबन्दीमा पारेर, उहाँको आँखामा पट्टी बाँधेर, जनताबाट टाढा बनाउँदैछन् । जब मैले यही दुर्गन्धविरुद्ध आवाज उठाएँ, तब मलाई नेतृत्वको अपमान गरेको आरोप लगाइयो’, उनले लेखेका छन्, ‘के सत्य बोल्नु अपराध हो ?’

खरेलले सक्रिय राजनीतिमा फर्कने पूर्वराष्ट्रपति भण्डारीको निर्णयलाई भने लामै प्रशंसा गरेका छन् ।

हेर्नुहोस् उनले जारी गरेको विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु
केपी शर्मा ओलीले बैठकमा पार्टीको ११ औँ महाधिवेशन आगामी मङ्सिर २७, २८ र २९ गते गर्ने प्रस्ताव
एमाले बैठकमा ५० जनाले राखे धारणा, दिए यस्ता सुझाव
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज, दिउँसो केन्द्रीय समितिको बैठक बस्दै
— कास्कीको मादी गाउँपालिका–११ बरालडाँडाका ७० वर्षीय चित्रबहादुर गुरुङ सुगर–प्रेसरका दीर्घरोगी हुन् । एक्कासि स्वास्थ्य बिग्रेपछि उनी ३ दिनदेखि पोखरा नयाँबजारस्थित गण्डकी मेडिकल कलेज (जीएमसी) को सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत थिए । उनलाई उपचारका लागि मंगलबार पोखराकै अर्को अस्पताल स्थानान्तरण गरिएको छ । जीएमसीका नर्स आन्दोलित भएपछि उनलाई अर्को अस्पताल लगिएको हो । अस्पतालबाट ...