मुख्य समाचार
'प्रचण्ड'ले समसामयिक राजनीतिक परिस्थितिबारे ब्रिफिङ
'प्रचण्ड'ले समसामयिक राजनीतिक परिस्थितिबारे ब्रिफिङ

: नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबारबाट सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा सुरु बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समसामयिक राजनीतिक परिस्थितिबारे ब्रिफिङ गरे।



बैठकमा पोखरामा पुगेर रोकिएको माओवादीको अभियानलाई निरन्तरता दिने, पार्टीको आन्तरिक एकता बलियो बनाउने, समाजवादी मोर्चाका विषय लगायतमा छलफल गर्ने एजेण्डा तय गरिएको छ।


त्यस्तै बैठकले संगठन निर्माण, नेताहरूको कार्यविभाजन र अहिलेको वर्तमान अवस्थाका साथै समसामयिक प्रस्ताव पारित गर्ने नेताहरूले जनाएको छ। स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको मिति समेत तय गरिने माओवादीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको सहभागिता गराउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम संसदमा सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । ‘पूँजी बजारमा संस्थागत लगानीकर्ता, पेन्सन कोष, बीमा, म्युचुअल फन्ड र गैर आवासीय नेपालीको सहभागिता विस्तार गरिनेछ’ उनले भने । त्यस्तै ...
। सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ मा विशेष आर्थिक क्षेत्रहरूको साझा पूर्वाधार सहित औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको छ । सोमबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । सरकारले उत्पादनमूलक तथा नवप्रवर्तनमा आधारित उद्योगहरूलाई प्रोत्साहन गर्न विभिन्न रणनीतिक योजना अघि सारेको छ । ...
। रास्वपाका सभापति रवि लामिछानेले अदालतको आदेशपछि पनि सुकुमवासी बस्तीमा डोजर चल्नु गलत भएको बताएका छन् । रास्वपाका सांसदलाई प्रशिक्षणपछि पत्रकारसँग कुरा गर्दै सभापति रवि लामिछानेलाई अदालतको आदेशपछि पनि डोजर किन चलाउनु भएको ? भनि प्रश्न गरेका थिए । लामिछानेले अदालतको आदेश मान्नुपर्ने बताउँदै भने,‘त्यो मान्नुपर्दछ । हरेकले मान्नुपर्दछ ।’ अहिलेपनि डोजर चलिरहेको बारे पत्रकारले सोधेपछि उनले ...
। बागमती प्रदेशका श्रम, रोजगार तथा यातयात मन्त्री जयराम थापाले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनमा उनले यातायात क्षेत्रलाई २१औँ शताब्दीको प्रविधिसँग प्रतिस्पर्धी बनाउन नीतिगत सुधार, प्रविधिमैत्री प्रणाली र व्यवसायीहरूको एकता आवश्यक रहेको बताएका हुन् । उनले कुनै पनि देशको विकासको स्तर त्यहाँको यातायात प्रणालीबाट मापन गर्न ...
। सर्वोच्च अदालतले अन्तरदेशीय विद्युत् व्यापार गर्दा स्वदेशमा हुने खपतको कटौती नगर्नू भनी सरकारलाई आदेश दिएको छ । नेपाल र भारतबीच दुई वर्षअघि भएको विद्युत् खरिदबिक्री व्यापारसम्बन्धी सम्झौताविरुद्ध परेको मुद्दामा निर्देशनात्मक आदेश जारी गर्दै सर्वोच्च अदालतले स्वदेशमा पर्याप्त खपत भएपछि बाँकी रहेको विद्युत् बिक्री गर्नु भनी सरकारलाई निर्देशनात्मक आदेश दिएको हो । शुक्रबार प्रकाशित भएको एवं २० ...