मुख्य समाचार
माधवकुमार नेपालले आफ्नै पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति कटाक्ष गरेका छन्
माधवकुमार नेपालले आफ्नै पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति कटाक्ष गरेका छन्

: पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नै पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति कटाक्ष गरेका छन्। विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले खनालप्रति कटाक्ष गरेका हुन्।



‘पार्टी फुटाएर गल्ती भयो’भन्ने खनालको पछिल्लो टिप्पणीलाई लक्षित गर्दै नेपालले खनाल ‘पार्टी निर्णय नमान्नेमा नम्बर वान’भएको दाबी गरे। नेपालले सार्वजनिक रूपमै जथाभबी नबोल्न भन्दै खुरुक्क राजीनामा दिएर पार्टी छाड्न पनि खनाललाई सुझाव दिएका छन्। एमालेबाट एकीकृत समाजवादी फुटाएयता पहिलोपटक नेपालले खनालप्रति यस्तो कडा टिप्पणी गरेका हुन्।


वरिष्ठ नेता खनालले एउटा अन्तर्वार्तामा एमाले फुटाउनु गल्ती भएको बताएका थिए। त्यसको जवाफस्वरूप अध्यक्ष नेपालले खनालको उक्त टिप्पणी विश्वास गर्न लायकको नभएको बताए। उनले भने,‘उहाँले त्यो भन्नुभएको हो भन्ने मलाई विश्वास लागेको छैन। अचेल त एआईको जमाना छ। नबोलेको कुरा पनि बोलेको जस्तो देखाइन्छ ।’


साथसाथै उनले खनाल पार्टी निर्णयको उल्लंघन गर्ने नेताहरूको सूचीमा पहिलो स्थानमा रहेको दाबी गरे। ‘पार्टीमा बस्ने उहाँको अधिकार पनि छैन,’नेपालको टिप्पणी थियो।

खनालको भनाइपछि पार्टीभित्र तरंग ल्याउने प्रयास भएको भन्दै अध्यक्ष नेपालले यस्ता ‘अवज्ञा’ स्वीकार्य नहुने जिकिर गरे । ‘हाम्रो पार्टीको संस्थागत निर्णय अनुसार माओवादीसँग समाजवादी मोर्चाको निरन्तरता, विश्वासको आधारमा सहकार्य र सहमतिको विस्तार गर्ने हो । यसमा कोही एकजनाको असहमति चल्दैन,’उनले भने ।

अध्यक्ष नेपालले माओवादीसँग पार्टी एकीकरणको कुनै छलफल नभएको पनि स्पष्ट पारे। उनले भने,‘हामी अहिले सहकार्यको मात्र कुरा गर्दैछौं । हल्ला फैलाउने जस्तो गरेर भ्रम सिर्जना गर्नु ठीक होइन ।’ उनका अनुसार हालको प्राथमिकता मोर्चाको सुदृढीकरण र साझा कार्यदिशा तय गर्नु हो।

उनले वर्तमान सत्ता गठबन्धनलाई पनि निशाना बनाएका छन्। ‘यो सरकार सबै हिसाबले असफल भएको छ,’अध्यक्ष नेपालले भने, ‘केपी ओलीको अहंकारले देश पीडित छ ।’ उनले प्रधानमन्त्री ओलीको रवैयाले मुलुकको राजनीतिक र प्रशासनिक स्थिति बिग्रिएको आरोप लगाए ।

आफूमाथि लागेको भ्रष्टाचारसम्बन्धी मुद्दालाई लिएर पनि उनले स्पष्टीकरणसमेत दिएका छन्। उनले भने,‘यो राजनीतिक प्रतिशोधको निहुँमा लगाइएको मुद्दा हो । ममाथि लागेको मुद्दा भ्रष्टाचारको हो भन्ने मान्दिन । सबै प्रक्रियागत निर्णयहरू मन्त्रालयदेखि क्याबिनेटसम्म सहमतिमा भएका छन् । कसैको फरक मत थिएन ।’

पतञ्जलि समूहसँग जोडिएको सार्वजनिक जग्गा विवादसम्बन्धी आरोपबारे उनले एक टुक्रा सार्वजनिक जग्गा पनि नदिएको दाबी गरे । ‘पतञ्जलिले किनेको जग्गा हदबन्दीभित्रै छ । कानुनले अनुमतिपूर्वक खरीद गर्न दिएको जग्गा हो,’उनले स्पष्ट पारे । आफूले एक पैसा नखाएको उनको दाबी छ । ‘मैले एक पैसा पनि तलमाथि गरेको छैन । सबै प्रक्रिया कानुनी ढंगबाट भएको छ । यो विषय मुद्दा होइन । बदनियत हो,’नेपालले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले बहुविवाह गर्न पाउने कानुनको मस्यौदा ल्याउन लागेको भन्‍दै उक्त कानुन खारेजी विरूद्ध बिनु यादवले माइतीघरमा आमरण अनशन सुरु गरेकी छिन् । आफ्नै प्रेमीबाट बलात्कृत भएको भन्‍दै ७ वर्षदेखि न्याय माग्दै आइरहेकी बिनु यादवले माइतीघरमा बहुविवाह विरुद्ध सेतो सारी लगाएर आमरण अनसन बसेकी हुन् । प्रहरी, प्रशासन र अदालतमा धाइरहेकी तर कतैबाट न्याय पाउन नसकेकी उनी ...
। बागमती प्रदेशलाई आज पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले भक्तपुरमा शुक्रबार आयोजना गरेको विशेष कार्यक्रममार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरेका हुन् । यसअघि प्रदेशका १३ जिल्ला र ११९ पालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएपछि आज प्रदेशलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले ...
। काठमाडौं महानगरपालिकाले बसुन्धरास्थित मोर्गन इन्टरनेसनल सेकेन्डरी स्कुलमा अनुगमन गरेको छ । उक्त विद्यालयमा बिहीबार महानगरभित्रका विभिन्न विभागको अनुगमन टोलीले संयुक्त अनुगमन गरेको थियो । शिक्षा विभागमा प्राप्त उजुरीका आधारमा गरिएको उक्त अनुगमनले विद्यालय सञ्चालनमा गम्भीर अनियमितता फेला पारेको सहरी योजना आयोग सदस्य शैलेन्द्र झाले बताए । महानगरले विद्यालयलाई ३ दिनभित्र २२ क्षेत्रसँग सम्बन्धित कागजात पेस ...
। सुख्खाग्रस्त मधेशका किसानलाई राहत प्रदान गर्न रकारले ढिलासुस्ती गरेको भन्दै विपक्षी दलहरूले मुख्यमन्त्री सतिशकुमार सिंहलाई १० बुँदे ज्ञापनपत्र बुझाएका छन्। विपक्षी दलहरूको संयुक्त प्रतिनिधिमण्डलले दिएको ज्ञापनपत्रमा सुख्खाग्रस्त क्षेत्रको तत्कालीन समस्यालाई सम्बोधन गर्न सरकार असंवेदनशील बनेको आरोप समेत लगाएको छ । सुख्खाग्रस्त क्षेत्रहरूमा तत्काल सिँचाइको व्यवस्था गर्न, किसानहरूलाई कृषि ऋणमा छुट दिलाउन संघीय सरकारलाई सिफारिस गर्न, मल ...
। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको बताएका छन् । इमेज टेलिभिजनमा पत्रकार जगदिश खरेललाई अन्तर्वार्तामा खनालले एमाले विभाजन गलत रहेछ भन्ने ठाउँमा पुगेको बताएका हुन् । ‘जतिबेला यो पार्टी विग्रह वा विभाजन गरियो नि त्यो नै गलत रहेछ भन्ने ठाउँमा पुग्दैछु म’, खनालले भनेका छन्, ‘एमालेमा जुन ...