मुख्य समाचार
आफूलाई पदबाट हटाउनु वैधानिक नभएको दाबी
आफूलाई पदबाट हटाउनु वैधानिक नभएको दाबी

— नागरिक उन्मुक्ति पार्टी(नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले आफूलाई पदबाट हटाउनु वैधानिक नभएको दाबी गरेकी छिन् । पार्टीका संरक्षक रेशमलाल चौधरी पक्षले 'अवैध' भेला गरी नाउपाको नयाँ अध्यक्ष चयन गरेको श्रेष्ठको आरोप छ ।


रेशम पक्षको बिहीबार बसेको राष्ट्रिय भेलाले बर्दिया-२ बाट निर्वाचित सांसद लालवीर चौधरीलाई अध्यक्षको जिम्मा दिएको छ । लालवीर रेशमका बुवासमेत हुन् । लालवीरलाई वैधानिक हिसाबले अध्यक्ष नतोकिएको भन्दै श्रेष्ठले भनिन्, 'यो अवैध छ । म कानुनी प्रक्रियामा जान्छु । यस्तै लफडाले नाउपाका सांसदहरूको कानुनी अवस्था के हुन्छ ?'

यसअघि रेशम पक्षको भेलाले अध्यक्ष रञ्जितालाई पार्टीबाट निष्कासन गरेको थियो। काठमाडौंमा भएको राष्ट्रिय भेलाले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्षबाट हटाएको हो । रञ्जिता पोखराको बाटुलेचौरस्थित लिची बगानको जग्गा हडप्ने बिचौलियाको प्रपञ्चमा समेत मुछिएपछि नाउपाभित्र विवाद देखिएको हो ।

पार्टीको विवाद चर्किँदै गएको अवस्थामा रञ्जिताले संसदीय दलका नेता गंगाराम चौधरीलाई स्पष्टीकरण सोधेकी छन् । पार्टी हितविपरीत, विधान र राजनीतिक दलसम्बन्धी ऐनका प्रावधानविपरीत कार्य गरेकाले कारबाही किन नगर्ने ? भने अध्यक्ष श्रेष्ठले दलका नेता चौधरीलाई स्पष्टीकरण सोधेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले बहुविवाह गर्न पाउने कानुनको मस्यौदा ल्याउन लागेको भन्‍दै उक्त कानुन खारेजी विरूद्ध बिनु यादवले माइतीघरमा आमरण अनशन सुरु गरेकी छिन् । आफ्नै प्रेमीबाट बलात्कृत भएको भन्‍दै ७ वर्षदेखि न्याय माग्दै आइरहेकी बिनु यादवले माइतीघरमा बहुविवाह विरुद्ध सेतो सारी लगाएर आमरण अनसन बसेकी हुन् । प्रहरी, प्रशासन र अदालतमा धाइरहेकी तर कतैबाट न्याय पाउन नसकेकी उनी ...
। बागमती प्रदेशलाई आज पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ । प्रदेश स्वास्थ्य मन्त्रालयले भक्तपुरमा शुक्रबार आयोजना गरेको विशेष कार्यक्रममार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरेका हुन् । यसअघि प्रदेशका १३ जिल्ला र ११९ पालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिएपछि आज प्रदेशलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले ...
। काठमाडौं महानगरपालिकाले बसुन्धरास्थित मोर्गन इन्टरनेसनल सेकेन्डरी स्कुलमा अनुगमन गरेको छ । उक्त विद्यालयमा बिहीबार महानगरभित्रका विभिन्न विभागको अनुगमन टोलीले संयुक्त अनुगमन गरेको थियो । शिक्षा विभागमा प्राप्त उजुरीका आधारमा गरिएको उक्त अनुगमनले विद्यालय सञ्चालनमा गम्भीर अनियमितता फेला पारेको सहरी योजना आयोग सदस्य शैलेन्द्र झाले बताए । महानगरले विद्यालयलाई ३ दिनभित्र २२ क्षेत्रसँग सम्बन्धित कागजात पेस ...
। सुख्खाग्रस्त मधेशका किसानलाई राहत प्रदान गर्न रकारले ढिलासुस्ती गरेको भन्दै विपक्षी दलहरूले मुख्यमन्त्री सतिशकुमार सिंहलाई १० बुँदे ज्ञापनपत्र बुझाएका छन्। विपक्षी दलहरूको संयुक्त प्रतिनिधिमण्डलले दिएको ज्ञापनपत्रमा सुख्खाग्रस्त क्षेत्रको तत्कालीन समस्यालाई सम्बोधन गर्न सरकार असंवेदनशील बनेको आरोप समेत लगाएको छ । सुख्खाग्रस्त क्षेत्रहरूमा तत्काल सिँचाइको व्यवस्था गर्न, किसानहरूलाई कृषि ऋणमा छुट दिलाउन संघीय सरकारलाई सिफारिस गर्न, मल ...
। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको बताएका छन् । इमेज टेलिभिजनमा पत्रकार जगदिश खरेललाई अन्तर्वार्तामा खनालले एमाले विभाजन गलत रहेछ भन्ने ठाउँमा पुगेको बताएका हुन् । ‘जतिबेला यो पार्टी विग्रह वा विभाजन गरियो नि त्यो नै गलत रहेछ भन्ने ठाउँमा पुग्दैछु म’, खनालले भनेका छन्, ‘एमालेमा जुन ...