मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ

: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।



पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१३ बस्ने २६ वर्षीय अक्षय श्रेष्ठ, बुढानिलकण्ठ नगरपालिका-१० बस्ने काठमाडौं महानगरपालिका-३१ घर भएका २४ वर्षीय सुसान चुडाल, काठमाडौं महानगरपालिका-१४ बस्ने सुर्खेत सिम्ता गाउँपालिका-१ घर भएका ३० वर्षीय प्रदिप हमाल र काठमाडौं महानगरपालिका-३१ बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका-६ घर भएका ३६ वर्षीया मञ्जु दाहाल रहेका छन्।


पक्राउ मध्ये अक्षयले युके पठाइदिन्छु भन्दै ३ जना पीडितबाट २७ लाख २९ हजार रुपैयाँ, सुसानले बोस्निया र हर्जगोभिना पठाइदिन्छु भन्दै ६ जना पीडितबाट ३६ लाख ६३ हजार रुपैयाँ, प्रदिपले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख २० हजार रुपैयाँ र मञ्जुले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ४० हजार रुपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले अक्षयलाई काठमाडौं महानगरपालिका-१३ बाट बुधबार तथा सुसानलाई काठमाडौं महानगरपालिका-३२ बाट, प्रदिपलाई काठमाडौं महानगरपालिका-२६ बाट र मञ्जुलाई काठमाडौं महानगरपालिका-१२ बाट बिहीबार पक्राउ गरेको हो।


पक्राउ मध्ये अक्षयलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने सुसान, प्रदिप र मञ्जुलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले रिमोट वर्कका लागि कानुनी तथा प्राविधिक तयारी पूरा भइसकेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले रिमोट वर्कसम्बन्धी सूचना प्रणाली विकास भइसकेको र नीतिगत निर्णय भई कार्यान्वयनको अन्तिम तयारीमा रहेको बताएका हुन् । बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले नेपाललाई ‘टेक हब’ ...
— एक सातायता पाल्पामा विषालु च्याउ सेवन गरेर दुई जनाको मृत्यु भएको छ भने दर्जनभन्दा बढी बिरामी भएका छन् । जंगलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएका रम्भा गाउँपालिका–५, ताहुँ ओमभन्ज्याङ नजिकैका ६६ वर्षीया विनिमाया कामु मगर र ३७ वर्षीया बालकुमारी खाम्चाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवैको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो ...
। पोखराको फेवातालमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–११ काहुँखोला बस्ने अन्दाजी २७ वर्षीय रिवाज गुरुङ्ग छन् । उनी हिजो फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनी हराएको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल २४ नम्बर गण कालिकाबाट गोताखोरसहित १३ जनाको टोली परिचालित भएको थियो । सशस्त्र प्रहरी सहायक निरीक्षक ...
— कांग्रेसका सभापति गगनकुमार थापाले मधेश प्रदेशमा कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने बताएका छन् । बर्दिबासमा बुधबार आयोजित ‘नेपाली कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित मधेस प्रदेशस्तरीय भेला’ एवं ‘जरा अभियान’लाई सम्बोधन गर्दै सभापति थापाले मधेस प्रदेश सरकारको नेतृत्वमा कांग्रेसले निरन्तरता दिने बताएका हुन् । सभापति थापाले कांग्रेस पार्टी र नेताको हरेक गतिविधिलाई सामाजिक आन्दोलनसँग जोडेर अगाडि ...
। सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको निधन भएको छ । उनको बुधबार निधन भएको हो । उनको निधनको शोकमा आज विहीबार सर्वोच्च अदालतका इजलास सञ्चालन नहुने सर्वोच्च प्रशासनले जनाएको छ ।