मुख्य समाचार
एक दशकभित्र चिलीका समुद्री तट हराउने
एक दशकभित्र चिलीका समुद्री तट हराउने

: दक्षिण अमेरिकी देश चिली प्रशान्त महासागरको किनारमा हजारौँ किलोमिटरमा फैलिएको छ। वैज्ञानिकहरूका अनुसार चिलीको मध्य र दक्षिणी तटले क्षयको सामना गरिरहेको छ। यदि यो क्षय यही गतिमा जारी रह्यो भने एक दशकभित्र कम्तीमा १० समुद्र तटहरू गायब हुनेछन्।



तटीय क्षरणमा शक्तिशाली समुद्री छाल, आँधीबेहरी र अन्य कारणले तटबाट बालुवा, माटो र चट्टानहरू बग्नु समावेश छ। अराउकानियाको दक्षिणी क्षेत्र प्यूर्टो साभेद्रामा आँधीबेहरीको कारण सडक र चट्टानमा खाल्डा भएका छन्। नुनिलो पानीले वनलाई पनि क्षति पुर्‍याइरहेको छ।


चिलीको तटमा आँधीबेहरीको तीव्रता र आवृत्ति बढ्दै गएको छ। केही छाल ११ मिटरसम्म अग्ला रेकर्ड गरिएका छन्। यसले तटीय रेखालाई द्रुत गतिमा कटान गरिरहेको छ।


एल निनो र ला निना जस्ता जलवायु चक्रका कारण समुद्री आँधी शक्तिशाली हुँदै गइरहेका छन्। यी आँधीले समुद्रमा बालुवा बोकेर लैजान्छन्। यसका कारण समुद्र तटहरू साँघुरिँदै छन् र समुद्रको सतह बढ्दै गएको छ।

वैज्ञानिकहरूले विगत केही दशकमा समुद्री छालको दिशा पश्चिम–दक्षिणपश्चिमबाट दक्षिण–पश्चिममा परिवर्तन भइरहेको छ। यो परिवर्तन प्रशान्त महासागरीय एन्टिसाइक्लोन दक्षिणतिर सर्दै जानुको कारणले हो। यसले गर्दा तटहरूमा क्षरण बढिरहेको छ।

छालहरूबाट बचाउन समुद्र तटमा पर्खाल बनाइँदै गरेको ठाउँमा मानिसलाई आउनबाट रोक्नका लागि काम भइरहेको छ र अगाडि खतरा साइनबोर्ड राखिएको छ।

चिलीको एल्गारोबो पनि समुद्री तटको कटानको सामना गरिरहेको छ। शक्तिशाली समुद्री छालबाट हुने क्षय रोक्न कामदारले तटमा पर्खाल बनाउँछन्।

होटल, रेस्टुरेन्ट र सडक जस्ता समुद्र तटहरूमा अनियन्त्रित निर्माणले प्राकृतिक बालुवा आपूर्तिलाई बाधा पुर्‍याएको छ।
युनिभर्सिडाड क्याटोलिकाको तटीय वेधशालाले ६७ समुद्र तटमा अध्ययन गरेको थियो।

२०१० को भूकम्प र २०१५–२०२२ को आँधीले समुद्री तटमा सबैभन्दा बढी क्षति पुर्‍याएको छ। ४५ समुद्री तटमा गरिएको एक अध्ययनले ८० प्रतिशत समुद्री तटहरूमा प्रति वर्ष ०.२ मिटरभन्दा बढीको क्षरण दर रहेको पत्ता लगाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम