मुख्य समाचार
दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक योलका विरुद्ध नयाँ गिरफ्तारी वारेन्ट जारी गरेको छ
दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक योलका विरुद्ध नयाँ गिरफ्तारी वारेन्ट जारी गरेको छ

— दक्षिण कोरियाको एक अदालतले बिहीबार पूर्वराष्ट्रपति युन सुक योलका विरुद्ध नयाँ गिरफ्तारी वारेन्ट जारी गरेको छ । पूर्वराष्ट्रपति युनले अदालतमा उपस्थित हुन पटक–पटक अस्वीकार गरेपछि सोधपुछका लागि उनलाई जबर्जस्ती ल्याउन गिरफ्तारी वारेन्ट जारी गर्नुपरेको अदालतले उल्लेख गरेको छ ।


युन र उनकी श्रीमती किम केओन हीको विषयमा अनुसन्धान गरिरहेका विशेष सल्लाहकारले एक विज्ञप्तिमार्फत भनेका छन्, ‘पूर्वराष्ट्रपति युन सुक येओलका लागि आज गिरफ्तारी वारेन्ट जारी गरिएको छ ।’

गत वर्ष ३ डिसेम्बरमा सैन्य शासनको असफल प्रयासका कारण देशलाई राजनीतिक संकटमा धकेलेका युनलाई १५ जनवरीमा पक्राउ गरिएको थियो । तर अदालतले प्राविधिक कारण देखाउँदै दुई महिनापछि मार्चमा उनलाई रिहा गर्न आदेश दिएको थियो । तर उनले मुद्दासँग सम्बन्धित प्रमाण नष्ट गर्न सक्ने चिन्ताका कारण जुलाईको सुरुमा फेरि हिरासतमा राखिएको थियो । अझै पनि उनले अदालतमा विभिन्न पाँच प्रमुख आरोपको सामना गरिरहेका छन् । खासगरी युनलाई सैन्य शासन लगाउने प्रयास गरी विद्रोहको नेतृत्व गरेको आरोपमा मुद्दा चलाइएको हो । यदि दोषी ठहरिएमा युनलाई आजीवन कारावास वा मृत्युदण्डको सजाय हुन सक्छ ।

गत डिसेम्बर ३ मा युनले नागरिक शासनलाई अन्त्य गर्ने प्रयास गरेपछि दक्षिण कोरियामा राजनीतिक संकट बढेको थियो । युनले हठात् शैलीमा मार्शल कानुन लगाउन खोजेपछि सांसदहरू रातारात संसद्मा भेला भएर उनीविरुद्ध आन्दोलित भएका थिए । पछि मार्शल कानुनको घोषणा हुनबाट रोक्न सांसदहरूले मतदान गर्न खोजेपछि त्यसलाई रोक्न युनले संसद्मा नै सेना परिचालन गरेका थिए ।

संसदीय चुनावमा छेडछाड गरेको आरोपको अनुसन्धान गरिरहेका अभियोजकहरूले युनलाई सोधपुछका लागि बारम्बार बोलाएका थिए । तर उनका वकिलले युनको स्वास्थ्य समस्याको कारण बताउँदै उपस्थित भएका थिएनन् । बुधबार भने अभियोजकले युनलाई नजरबन्दमा राख्नुपर्ने भन्दै वारेन्टका लागि नयाँ अनुरोध दायर गरेका थिए । बिहीबार अदालतले सोहीबमोजिम युनविरुद्ध वारेन्ट जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...