मुख्य समाचार
अमेरिका बसिरहेका नेपाली नागरिकले तत्काल अमेरिका छाड्न नपर्ने
अमेरिका बसिरहेका नेपाली नागरिकले तत्काल अमेरिका छाड्न नपर्ने

: स्थायी बसोबास अनुमति प्राप्त नभइ अस्थायी संरक्षित स्थिति (टीपीएस)को आधारमा अमेरिका बसिरहेका नेपाली नागरिकले तत्काल अमेरिका छाड्न नपर्ने भएको छ । अधिकार प्राप्त सेक्रेटरी अफ होमल्याण्ड सेक्युरिटीले टीपीएस नविकरण नगर्ने घोषणा गरेसँगै टीपीएसमा रहेका धेरै नेपाली अमेरिका छाड्ने अवस्थामा पुगेका थिए ।



तर, अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोस्थित एक संघीय अदालतमा टीपीएससको निरन्तरताको मागसहित मुद्दा दायर गरिएको थियो । जसमा मंगलबार भएको प्रारम्भिक सुनुवाइपछि बिहीबार अदालतले फैसला गर्दै नोभेम्बर १८,२०२५ सम्म पुनः सुनुवाइ गर्ने र तत्कालका लागि टीपीएस खारेजी प्रक्रिया स्थगन गर्न सेक्रेटरी अफ होमल्याण्ड सेक्युरिटीलाई निर्देशन दिएको छ ।


यो टीपीएस खारेज गर्ने निर्णय कार्यन्वयन तत्काललाई स्थगन गर्न आएको आदेशबाट नेपाल,निकरागुवा र होन्डुरसका करिव ६० हजार टिपिएसमा रहेकाहरूलाई राहत मिलेको छ । यदि अदालतले यो आदेश नगरेको भए आउँदो अगस्त ५ भित्रमा उनीहरूले अमेरिका छोड्नुपर्ने थियो । नेशनल टीपीएस अलायन्सलगायतले सरकारको निर्णयविरुद्व मुद्दा जाहेर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उदयपुरको कटारी नगरपालिका– ६ बगवतीका गङ्गाबहादुर दर्नाल वैदेशिक रोजगारीका लागि दुबई उडेको चार महिनापछि दिल्लीमा बेवारिसे अवस्थामा फेला परेका छन् । दर्नाललाई वैदेशिक रोजगार उद्धार नेपालले उद्धार गरी हाल काठमाडौं ल्याएर शिक्षण अस्पतालमा उपचार गरिरहेको छ । एक भारतीय नागरिकले सामाजिक सञ्जालमा दर्नालको अवस्थाबारे सार्वजनिक गरेपछि उद्धार नेपालले तत्काल उद्धार गरी नेपाल ल्याएर उपचार गरिरहेको ...
: संयुक्त अरब इमिरेट्स ‘युएई’स्थित नेपाली दूतावासका श्रम काउन्सिलर दीपेन्द्र पौडेलको जिम्मेवारी खोसिएको छ। युएईमा बस्ने नेपालीहरू तथा श्रमिकहरूले दूतावासमा पठाएको उजुरीको विषयमा श्रम काउन्सिलर पौडेलले काम नै नगरी सिष्टममा पूरा गरिएको बनाएका थिए। परराष्ट मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले दीपेन्द्र पौडेललाई फिर्ता बोलाइएको जानकारी दिए। उनी भन्छन्, 'उहाँलाई परराष्ट्र मन्त्रालयको सरुवा निर्देशिका बमोजिम सरुवा ...
— बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लन्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो । ठगीमा परेको गुनासो गर्नेहरुमा नेपालबाट बेलायत आउन चाहनेहरुको सङ्ख्या धेरै रहेको दुतावासले जनाएको छ । कतिपय बेलायतमै रहेका ...
: वुडसाइडका पुराना बासिन्दा एवं प्रतिष्ठित सामाजिक अभियन्ता सोमनाथ घिमिरेले न्यूयोर्क राज्य सभाको डिस्ट्रिक्ट ३० का लागि उम्मेदवारी घोषणा गरेका छन् । उनका मुख्य एजेन्डाहरूमा सुलभ आवास, गुणस्तरीय सार्वजनिक शिक्षा, श्रमिक हकहितको संरक्षण, र डिस्ट्रिक्ट ३० का सबै बासिन्दाहरूको समावेशी प्रतिनिधित्व रहेको उल्लेख छ। उम्मेदवारी घोषणा गर्दै घिमिरेले भने, "क्विन्स एउटा यस्तो ठाउँ हो जहाँ हरेक ...
— रुसी सेनामा भर्ती भएर रुस–युक्रेन युद्धमा संलग्न बैतडीको मेलौली नगरपालिका–७ काँडाका ३३ वर्षीय मनोजसिंह भाटको मृत्यु भएको पुष्टि भएको छ । करिब दुई वर्षअगाडि रुसी सेनामा भर्ती भएका भाट केही समयदेखि सम्पर्कविहीन भएकामा ‘डिएनए’ परीक्षणबाट भाटको मृत्यु भएको जानकारी आएका मेलौली नगरपालिका–७ का वडाअध्यक्ष रामचन्द्र भट्टले बताए । भाटको कहिले मृत्यु भएको हो भन्नेबारे यकिन ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम