मुख्य समाचार
खंग दम्पतीको मृत्यु प्रकरण : नागरिक बीमाको सुविधा उपलब्ध गराउन पहल
खंग दम्पतीको मृत्यु प्रकरण : नागरिक बीमाको सुविधा उपलब्ध गराउन पहल

— ई–रिक्सा चार्ज गरिरहँदा करेन्ट लागेर मृत्यु भएका सप्तरीको रूपनी गाउँपालिका–२ पौवाँका खंग दम्पतीका परिवारलाई नागरिक बीमाको सुविधा उपलब्ध गराउन पहल सुरु भएको छ ।


बिहीबार मधेश प्रदेश सरकारका उच्चस्तरीय टोलीले पीडितको घरमा पुगेर घटनाबारे जानकारी लिएको हो । प्रदेश सरकारले गत साउन १ गतेदेखि लागू गरेको नागरिक बीमाको सुविधा उपलब्ध गराउने उद्देश्यले घटनाबारे जानकारी लिनुका साथै आवश्यक कागजात संकलन गर्ने कार्य सुरु गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेशकुमार झाले जानकारी दिए । ‘उहाँहरुको दुःखमा प्रदेश सरकार पनि दुःखी छ,’ उनले भने, ‘थोरै भए पनि हामी मलहम लगाउने प्रयास गरिरहेका छौं, नागरिक बीमाको प्रक्रिया अझ सहज पार्न स्थानीय तह र अन्य निकायसँग समन्वय भइरहेको छ ।’

प्रदेश सरकारको उच्चस्तरीय टोलमा खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जितकुमार यादव, मुख्यमन्त्रीका प्रेस सल्लाहकार झा, मन्त्रालयका उपसचिव धर्मेन्द्रलाल कर्ण र बीमा कम्पनीका प्रतिनिधि लगायतका उपस्थित थिए ।

शनिबार बिहान ४२ वर्षीय बालेश्वर खंग ‘कैला’ आफ्नो ई–रिक्सा चार्ज गरिरहँदा अचानक करेन्ट लागेर ढलेका थिए । केहीबेरसम्म उनलाई नदेखपछि खोज्दै हिँडेकी ३८ वर्षीया पत्नी रामकुमारीले पतिलाई ढलेको देख्नासाथ उठाउन गएकी थिइन् । करेन्ट लागेर उनी पनि त्यहीँ ढलेकी थिइन् ।

दुवैलाई करेन्ट लागेपछि छुटाउन गएकी भतिजी २४ वर्षीया प्रमिलाकुमारीलाई पनि करेन्ट लागेर टाउकोमा चोट लागेको थियो । ई–रिक्सा चलाएर परिवार चलाउँदै आएका खंग दम्पतीको मृत्युपछि मृतकका दुई छोरा १९ वर्षीय सुरज र १० वर्षीय निरज बेसहारा भएर छाक टार्न कठिन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबारबाट सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा सुरु बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समसामयिक राजनीतिक परिस्थितिबारे ब्रिफिङ गरे। बैठकमा पोखरामा पुगेर रोकिएको माओवादीको अभियानलाई निरन्तरता दिने, पार्टीको आन्तरिक एकता बलियो बनाउने, समाजवादी मोर्चाका विषय लगायतमा छलफल गर्ने एजेण्डा तय गरिएको छ। त्यस्तै बैठकले संगठन निर्माण, नेताहरूको कार्यविभाजन र अहिलेको वर्तमान ...
: प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज बागमती प्रदेश पूर्ण खोप घोषणा भएको छ। प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन्। संघ सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय पूर्ण खोप समन्वय समितिबाट प्राप्त प्रमाणपत्रका आधारमा गत साउन २७ गते १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पूर्ण खोप पाएको ...
— सुदूरपश्चिम विश्वविद्यालयको महेन्द्रनगरस्थित केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन अनिश्चित बनेको छ । साउन १४ गते तोकिएको निर्वाचन हुन नसकेपछि अर्को मिति समेत घोषणा हुन नसक्दा निर्वाचन अनिश्चित बनेको हो । विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूमा गत वर्ष नै स्ववियु निर्वाचन भइसकेको छ । तर केन्द्रीय क्याम्पसमा भने गत वर्ष चैत र यस पटक गरेर दुई पटक स्थगित भइसकेको ...
: गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागुऔषध मुक्त बनाउने गरी प्रभावकारी ढंगले काम गर्न जरुरी रहेको बताएका छन् । शुक्रबार काठमाडौंको कोटेश्वरस्थित लागुऔषध नियन्त्रण व्युरोको कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागुऔषधको उत्पादन,भण्डार र प्रयोग ठूलो चुनौतिका रुपमा देखिएको बताए। 'लागुऔषधको प्रयोगले सडक दुर्घटना,आत्महत्या र साइबर क्राइमका अपराधलाई पनि उत्पति गर्छ । त्यसैले हामीले एक वर्षमा लागुऔषधविरुद्धको महाअभियान ...
— राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला र स्थानीय तहको अधिवशेनका लागि केन्द्रीय पर्यवेक्षक तोकेको छ । पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार ७७ वटै जिल्लामा अधिवेशनका लागि केन्द्रीय पर्यवेक्षक तोकिएका हुन् । प्रवक्ता श्रेष्ठले भने, 'राप्रपाले पार्टीको जिल्ला र स्थानीय तहहरूको अधिवेशनलाई व्यवस्थित, मर्यादित र विवादरहित ढंगबाट निर्धारित समयभित्रै गर्नका लागि पार्टीको विधान ...