मुख्य समाचार
आईसीसी महिला टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगिता नेपालमा हुने
आईसीसी महिला टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगिता नेपालमा हुने

— आईसीसी महिला टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगिता नेपालमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले १२ जनवरीदेखि २ फेब्रुअरीसम्म हुने प्रतियोगिताको आयोजकमा नेपाललाई चुनेको हो ।


नेपालमा हुने यो हालसम्मको ठूलो क्रिकेट प्रतियोगिता हो । सन् २०२३ मा पुरुषतर्फ एसियाली टी–२० छनोट प्रतियोगिता भएको थियो । यस पटक विश्व क्रिकेटको सर्वोच्च संस्था आईसीसीले नेपाललाई ग्लोबल छनोट आयोजना गर्न दिएको हो ।

प्रतियोगिता मूलपानीको माथिल्लो र तल्लो क्रिकेट मैदानमा हुनेछ । शीर्ष चार टोलीले इंग्ल्यान्ड र वेल्समा जुनमा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछन् । २०२४ मा दुबईमा भएको प्रतियोगिताबाट बंगलादेश र स्कटल्यान्डले यस पटकको छनोट प्रतियोगितामा आफ्नो सहभागिता निश्चित गरिसकेका छन् ।

एसिया क्षेत्रबाट थाइल्यान्ड र नेपाल तथा अमेरिकी क्षेत्रबाट अमेरिकाले छनोटमा आफ्नो स्थान पक्का गरिसकेका छन् । अब अफ्रिका र युरोपको छनोटबाट २–२ राष्ट्र तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट १ टोलीसहित १० राष्ट्रले प्रतियोगिता खेल्नेछन् ।

सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिनेछ । त्यसपछि सुपर सिक्स हुँदै फाइनल हुनेछ । टी–२० विश्वकप छनोटको पूर्ण खेल तालिका पछि प्रकाशित गरिने आईसीसीले जनाएको छ ।

मेमा थाइल्यान्डमा भएको छनोट प्रतियोगिताबाट थाइल्यान्ड र नेपालले विश्वकप छनोटमा स्थान बनाएका थिए । पहिलो पटक विश्वकप छनोटमा स्थान बनाएको अवस्थामा घरेलु मैदानमै आयोजना हुने नेपाली क्रिकेटका लागि ठूलो महत्त्व भएकाले आफूहरू उत्साही भएको कप्तान इन्दु बर्माले सुनाइन् । यो प्रतियोगिताको आयोजना नेपाललाई चिनाउने अवसर पनि भएको उनको बुझाइ छ ।

‘नेपालमा पहिलो पटक महिला क्रिकेटको यति ठूलो प्रतियोगिता हुन लागेको छ । खेलाडी, समर्थकसहित सबै नेपालीलाई यो गर्व गर्ने क्षण हो, नयाँ पुस्ताले घरमै खेल हेर्ने अवसर पाउनेछन्,’ इन्दुले कान्तिपुरसँग भनिन्, ‘एउटा खेलाडीका रूपमा भन्नुपर्दा ठूलो टिमसँग खेल्न पाइरहेका छौं । घरेलु मैदानमा हामीले अन्तर्राष्ट्रिय क्रिकेट खासै खेल्न पाएका छैनौं, टी–२० विश्वकप छनोट आउन ४–५ महिना अझै बाँकी छ, राम्रो तयारी भयो भने घरेलु मैदानमा नतिजा राम्रो ल्याउन सकिन्छ । आफ्नै अगाडि खेल्न पाउँदा दर्शकले पनि खेलाडीलाई अझ नजिकबाट चिन्न पाउँछन् ।’



महिला क्रिकेटमा नेपालले अहिलेसम्म आईसीसी र एसियाली क्रिकेट परिषद् (एसीसी) को कुनै प्रतियोगिता आयोजना गरेको छैन । सन् २०१९ मा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा महिला क्रिकेट विधा पोखरामा आयोजना भएको थियो । त्यसपछि नेपालले केही द्विपक्षीय र तीन देशीय शृंखला त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आयोजना गरेको थियो ।

यस अर्थमा नेपालले लगातार दुई वर्ष महिला अन्तर्राष्ट्रिय क्रिकेटको दुई ठूला प्रतियोगिता आयोजना गर्नेछ । २०२७ मा नेपालले बंगलादेशसँग मिलेर आईसीसी यू–१९ विश्वकप पनि आयोजना गर्दै छ । आईसीसीले महिला टी–२० छनोट आयोजना गर्न दिने निर्णय नेपाली क्रिकेटका लागि ऐतिहासिक भएको नेपाल क्रिकेट संघका प्रवक्ता छुम्बी लामा बताउँछन् ।

‘आईसीसीको निर्णयपछि हामीले बिहीबारै बोर्डमा यसबारे समीक्षा गर्‍यौं, ग्लोबल क्रिकेटमा नेपालले मञ्च पाउँदै गएको हो कि भन्ने भएको छ,’ लामाले भने, ‘नेपालले यस्तो प्रतियोगिता सफलतासाथ आयोजना गर्न सक्छ भन्ने देखिएको छ । मूलपानीमा पनि क्रिकेट मैदान बन्नाले नेपाललाई थप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्न ढोका खुलेको छ ।’ उनले कीर्तिपुर मैदान पुनर्निर्माणका क्रममा रहेकाले सकियो भने त्यहाँ पनि खेल हुन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...