मुख्य समाचार
आईसीसी महिला टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगिता नेपालमा हुने
आईसीसी महिला टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगिता नेपालमा हुने

— आईसीसी महिला टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगिता नेपालमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले १२ जनवरीदेखि २ फेब्रुअरीसम्म हुने प्रतियोगिताको आयोजकमा नेपाललाई चुनेको हो ।


नेपालमा हुने यो हालसम्मको ठूलो क्रिकेट प्रतियोगिता हो । सन् २०२३ मा पुरुषतर्फ एसियाली टी–२० छनोट प्रतियोगिता भएको थियो । यस पटक विश्व क्रिकेटको सर्वोच्च संस्था आईसीसीले नेपाललाई ग्लोबल छनोट आयोजना गर्न दिएको हो ।

प्रतियोगिता मूलपानीको माथिल्लो र तल्लो क्रिकेट मैदानमा हुनेछ । शीर्ष चार टोलीले इंग्ल्यान्ड र वेल्समा जुनमा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछन् । २०२४ मा दुबईमा भएको प्रतियोगिताबाट बंगलादेश र स्कटल्यान्डले यस पटकको छनोट प्रतियोगितामा आफ्नो सहभागिता निश्चित गरिसकेका छन् ।

एसिया क्षेत्रबाट थाइल्यान्ड र नेपाल तथा अमेरिकी क्षेत्रबाट अमेरिकाले छनोटमा आफ्नो स्थान पक्का गरिसकेका छन् । अब अफ्रिका र युरोपको छनोटबाट २–२ राष्ट्र तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट १ टोलीसहित १० राष्ट्रले प्रतियोगिता खेल्नेछन् ।

सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिनेछ । त्यसपछि सुपर सिक्स हुँदै फाइनल हुनेछ । टी–२० विश्वकप छनोटको पूर्ण खेल तालिका पछि प्रकाशित गरिने आईसीसीले जनाएको छ ।

मेमा थाइल्यान्डमा भएको छनोट प्रतियोगिताबाट थाइल्यान्ड र नेपालले विश्वकप छनोटमा स्थान बनाएका थिए । पहिलो पटक विश्वकप छनोटमा स्थान बनाएको अवस्थामा घरेलु मैदानमै आयोजना हुने नेपाली क्रिकेटका लागि ठूलो महत्त्व भएकाले आफूहरू उत्साही भएको कप्तान इन्दु बर्माले सुनाइन् । यो प्रतियोगिताको आयोजना नेपाललाई चिनाउने अवसर पनि भएको उनको बुझाइ छ ।

‘नेपालमा पहिलो पटक महिला क्रिकेटको यति ठूलो प्रतियोगिता हुन लागेको छ । खेलाडी, समर्थकसहित सबै नेपालीलाई यो गर्व गर्ने क्षण हो, नयाँ पुस्ताले घरमै खेल हेर्ने अवसर पाउनेछन्,’ इन्दुले कान्तिपुरसँग भनिन्, ‘एउटा खेलाडीका रूपमा भन्नुपर्दा ठूलो टिमसँग खेल्न पाइरहेका छौं । घरेलु मैदानमा हामीले अन्तर्राष्ट्रिय क्रिकेट खासै खेल्न पाएका छैनौं, टी–२० विश्वकप छनोट आउन ४–५ महिना अझै बाँकी छ, राम्रो तयारी भयो भने घरेलु मैदानमा नतिजा राम्रो ल्याउन सकिन्छ । आफ्नै अगाडि खेल्न पाउँदा दर्शकले पनि खेलाडीलाई अझ नजिकबाट चिन्न पाउँछन् ।’



महिला क्रिकेटमा नेपालले अहिलेसम्म आईसीसी र एसियाली क्रिकेट परिषद् (एसीसी) को कुनै प्रतियोगिता आयोजना गरेको छैन । सन् २०१९ मा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा महिला क्रिकेट विधा पोखरामा आयोजना भएको थियो । त्यसपछि नेपालले केही द्विपक्षीय र तीन देशीय शृंखला त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आयोजना गरेको थियो ।

यस अर्थमा नेपालले लगातार दुई वर्ष महिला अन्तर्राष्ट्रिय क्रिकेटको दुई ठूला प्रतियोगिता आयोजना गर्नेछ । २०२७ मा नेपालले बंगलादेशसँग मिलेर आईसीसी यू–१९ विश्वकप पनि आयोजना गर्दै छ । आईसीसीले महिला टी–२० छनोट आयोजना गर्न दिने निर्णय नेपाली क्रिकेटका लागि ऐतिहासिक भएको नेपाल क्रिकेट संघका प्रवक्ता छुम्बी लामा बताउँछन् ।

‘आईसीसीको निर्णयपछि हामीले बिहीबारै बोर्डमा यसबारे समीक्षा गर्‍यौं, ग्लोबल क्रिकेटमा नेपालले मञ्च पाउँदै गएको हो कि भन्ने भएको छ,’ लामाले भने, ‘नेपालले यस्तो प्रतियोगिता सफलतासाथ आयोजना गर्न सक्छ भन्ने देखिएको छ । मूलपानीमा पनि क्रिकेट मैदान बन्नाले नेपाललाई थप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्न ढोका खुलेको छ ।’ उनले कीर्तिपुर मैदान पुनर्निर्माणका क्रममा रहेकाले सकियो भने त्यहाँ पनि खेल हुन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम