मुख्य समाचार
कम्बोडियाद्वारा थाइल्यान्डलाई आफ्ना सैनिक फिर्ता गर्न आग्रह
कम्बोडियाद्वारा थाइल्यान्डलाई आफ्ना सैनिक फिर्ता गर्न आग्रह

— दशकौंदेखिको सीमा विवादका कारण गत साता लगातार पाँच दिनसम्म चलेको कम्बोडिया–थाइल्यान्ड लडाइँ यतिबेला रोकिएको छ । गत मंगलबार दुवै देशले युद्धविराम घोषणा गरे पनि तनावको स्थिति भने अझै मत्थर भइसकेको छैन ।


पाँच दिनको झडपमा दुवैतर्फ कम्तीमा ४३ जनाको ज्यान गएको थियो । कम्बोडियाले थाइल्यान्डलाई आफ्ना २० सैनिक कब्जामा लिएको दाबीसहित फिर्ता गर्न बिहीबार आग्रह गरेको छ । ती सैनिकलाई युद्धविराम भएको केही घण्टापछि कब्जामा लिइएको कम्बोडियाले बताएको छ । यी दुई देशबीच झन्डै आठ सय किलोमिटर खुला सीमा छ ।

कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेटाले बिहीबार ती सैनिकको रिहाइका लागि वार्ता भइरहेको बताएका छन् । ‘हाम्रा सबै सैनिकलाई सुरक्षित रूपमा र सकेसम्म चाँडो घर फिर्ता ल्याउनका लागि थाई पक्षसँग वार्ता जारी राख्न हामी सक्दो प्रयास गर्नेछौं’, पत्रकार सम्मेलनमा उनले भने, ‘हामी थाई पक्षलाई सबै २० जना सैन्य कर्मचारीलाई सकेसम्म चाँडो कम्बोडिया फिर्ता पठाउन आह्वान गर्दछौं ।’ उनका अनुसार युद्धविराम लागू भएको लगभग आठ घण्टापछि ती सैनिकलाई कब्जा गरिएको थियो ।

थाइल्यान्ड सरकारले बुधबार हिरासतमा लिइएका सैनिकलाई अन्तर्राष्ट्रिय मानवीय कानुन र सैन्य नियमअनुसार व्यवहार गरिएको र सीमास्थित अवस्था स्थिर भएपछि फिर्ता गरिने बताएको छ । संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले दुवै छिमेकी मुलुकलाई आफ्नो युद्धविराम सम्झौता पूर्ण रूपमा कार्यान्वयन गर्न, विश्वास र शान्ति निर्माण गर्न द्रुत कदम चाल्न आग्रह गरेका छन् । ‘द्वन्द्वका मूल कारणहरू समाधान गर्ने प्रयासमा कूटनीतिक प्रयास जारी रहँदा यो महत्त्वपूर्ण सम्झौतालाई दुवै पक्षले सद्भावका साथ पूर्ण रूपमा सम्मान गर्नुपर्छ’, उनले भने ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि मलेसियामा शान्ति सम्झौता गरिएको थियो । थाइल्यान्ड र कम्बोडिया दुवैले भारी भन्सार शुल्कको धम्कीलाई टार्न व्यापारिक सम्झौताका लागि ट्रम्पलाई मनाउन खोजिरहेका छन् । जंगल र कृषि जमिनले घेरिएको पहाडी ग्रामीण सीमा क्षेत्रमा दुवै पक्षले जेट, रकेट र तोप आक्रमणसहित लडाइँ गर्दा करिब तीन लाख मानिस घर छाडेर भागेका थिए ।

थाइल्यान्डले आफ्ना १५ सैनिक र १५ नागरिकको मृत्यु भएको बताएको छ भने कम्बोडियाले आठ नागरिक र पाँच सैनिकको मृत्यु भएको पुष्टि गरेको छ । मृत्यु संख्या सीमामा अन्तिम ठूलो हिंसाको तुलनामा उल्लेखनीय रूपमा बढी छ । यसअघि २००८ देखि २०११ सम्म भएका छिटपुट झडपमा २८ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम