मुख्य समाचार
कम्बोडियाद्वारा थाइल्यान्डलाई आफ्ना सैनिक फिर्ता गर्न आग्रह
कम्बोडियाद्वारा थाइल्यान्डलाई आफ्ना सैनिक फिर्ता गर्न आग्रह

— दशकौंदेखिको सीमा विवादका कारण गत साता लगातार पाँच दिनसम्म चलेको कम्बोडिया–थाइल्यान्ड लडाइँ यतिबेला रोकिएको छ । गत मंगलबार दुवै देशले युद्धविराम घोषणा गरे पनि तनावको स्थिति भने अझै मत्थर भइसकेको छैन ।


पाँच दिनको झडपमा दुवैतर्फ कम्तीमा ४३ जनाको ज्यान गएको थियो । कम्बोडियाले थाइल्यान्डलाई आफ्ना २० सैनिक कब्जामा लिएको दाबीसहित फिर्ता गर्न बिहीबार आग्रह गरेको छ । ती सैनिकलाई युद्धविराम भएको केही घण्टापछि कब्जामा लिइएको कम्बोडियाले बताएको छ । यी दुई देशबीच झन्डै आठ सय किलोमिटर खुला सीमा छ ।

कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता माली सोचेटाले बिहीबार ती सैनिकको रिहाइका लागि वार्ता भइरहेको बताएका छन् । ‘हाम्रा सबै सैनिकलाई सुरक्षित रूपमा र सकेसम्म चाँडो घर फिर्ता ल्याउनका लागि थाई पक्षसँग वार्ता जारी राख्न हामी सक्दो प्रयास गर्नेछौं’, पत्रकार सम्मेलनमा उनले भने, ‘हामी थाई पक्षलाई सबै २० जना सैन्य कर्मचारीलाई सकेसम्म चाँडो कम्बोडिया फिर्ता पठाउन आह्वान गर्दछौं ।’ उनका अनुसार युद्धविराम लागू भएको लगभग आठ घण्टापछि ती सैनिकलाई कब्जा गरिएको थियो ।

थाइल्यान्ड सरकारले बुधबार हिरासतमा लिइएका सैनिकलाई अन्तर्राष्ट्रिय मानवीय कानुन र सैन्य नियमअनुसार व्यवहार गरिएको र सीमास्थित अवस्था स्थिर भएपछि फिर्ता गरिने बताएको छ । संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले दुवै छिमेकी मुलुकलाई आफ्नो युद्धविराम सम्झौता पूर्ण रूपमा कार्यान्वयन गर्न, विश्वास र शान्ति निर्माण गर्न द्रुत कदम चाल्न आग्रह गरेका छन् । ‘द्वन्द्वका मूल कारणहरू समाधान गर्ने प्रयासमा कूटनीतिक प्रयास जारी रहँदा यो महत्त्वपूर्ण सम्झौतालाई दुवै पक्षले सद्भावका साथ पूर्ण रूपमा सम्मान गर्नुपर्छ’, उनले भने ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि मलेसियामा शान्ति सम्झौता गरिएको थियो । थाइल्यान्ड र कम्बोडिया दुवैले भारी भन्सार शुल्कको धम्कीलाई टार्न व्यापारिक सम्झौताका लागि ट्रम्पलाई मनाउन खोजिरहेका छन् । जंगल र कृषि जमिनले घेरिएको पहाडी ग्रामीण सीमा क्षेत्रमा दुवै पक्षले जेट, रकेट र तोप आक्रमणसहित लडाइँ गर्दा करिब तीन लाख मानिस घर छाडेर भागेका थिए ।

थाइल्यान्डले आफ्ना १५ सैनिक र १५ नागरिकको मृत्यु भएको बताएको छ भने कम्बोडियाले आठ नागरिक र पाँच सैनिकको मृत्यु भएको पुष्टि गरेको छ । मृत्यु संख्या सीमामा अन्तिम ठूलो हिंसाको तुलनामा उल्लेखनीय रूपमा बढी छ । यसअघि २००८ देखि २०११ सम्म भएका छिटपुट झडपमा २८ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...
। करोना संक्रमण फैलिएको बेला बन्द गरिएको नाका अहिलेसम्म नखोलिएको भन्दै रौतहटका एक व्यक्ति आमरण अनशन बसेका छन् । रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय खुलाउन सिमाना संघर्ष समितिका अध्यक्ष तजमुल हक (पूर्व शिक्षक) आइतबार दिउँसो ३ बजेदेखि आमरण अनशन बसेका हुन् । कोरोना संक्रमण अघिसम्म खुल्ला रहेको रामपुर खाप सीमाबाट चारपांग्रे सवारी साधन ...
काठमाडौंमा जारी नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हुने मतदान पूर्वनिर्धारित समयभन्दा ढिलो हुने
। चीनको १२औँ राष्ट्रिय अपाङ्गता खेलकुद प्रतियोगिता र ९औँ राष्ट्रिय विशेष ओलम्पिक खेलकुद प्रतियोगितामा प्रविधिले अपाङ्गता भएका खेलाडी र सहभागीहरूको लागि अभूतपूर्व सहयोग पुर्‍याइरहेको छ । यी प्रतियोगिता हाल गुआङ्ग्डोङ, हङकङ र माकाओमा आयोजना भइरहेका छन् । कुल सात हजार ८२४ खेलाडीहरू ३४ टिमबाट सहभागी भएका छन् । मुख्य प्रतिस्पर्धा मङ्गलबारबाट सुरु भएको हो, र यो ...
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...